अवैध रूपमा कंक्रिट ओसारपसार गर्ने टिप्परलाई २५ हजार जरिवाना

अवैध रूपमा कंक्रिट ओसारपसार गर्ने टिप्परलाई २५ हजार जरिवाना

Tipper fined for walling-6736

स्याङ्जाको वालिङ नगरपालिकामा अवैध रूपमा कंक्रिट ओसारपसार गर्ने टिप्परलाई २५ हजार रुपैयाँ जरिवाना गरिएको छ ।

जिल्ला प्रहरी कार्यालय स्याङ्जाका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक रमेश दत्त अवस्थीका अनुसार गत बिहीबार राति करिब ९ बजे वडा प्रहरी कार्यालय वालिङबाट खटिएको प्रहरी टोलीले वालिङ नगरपालिका–९ नाकेडाँडास्थित वालिङ–हुवास भित्री सडकखण्डमा टिप्पर नियन्त्रणमा लिएको थियो ।

डुम्रे भञ्ज्याङबाट वालिङतर्फ आउँदै गरेको बा–प्र–०१००४ क ६७३६ नम्बरको टिप्परले ढुङ्गा, माटो र गिट्टी मिश्रित कंक्रिट अवैध रूपमा ओसारपसार गरिरहेको अवस्थामा फेला पारिएको प्रहरीले जनाएको छ ।

प्रहरीले नियन्त्रणमा लिएको टिप्परलाई आवश्यक अनुसन्धान तथा कानुनी कारबाहीका लागि सोमबार वालिङ नगरपालिकाको कार्यालयमा पठाएको थियो । नगरपालिकाले २५ हजार रुपैयाँ जरिवाना गरेपछि टिप्पर छाडिएको प्रहरीले जनाएको छ ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

राम बहादुर रोकाहा

राम बहादुर रोकाहा

रोकाहा स्याङ्जा केन्द्रित पत्रकारिता गर्छन् ।

ट्रेन्डिङ


This will close in 4 seconds