कालीगण्डकी जलविद्युत ‘ए’बाट विद्युत् उत्पादन बन्द

कालीगण्डकी जलविद्युत ‘ए’बाट विद्युत् उत्पादन बन्द

Kaligandaki-Hydropower-A

तीन दिनदेखि लगातार परेको वर्षाका कारण कालीगण्डकी नदीमा पानीको बहाव बढेपछि स्याङ्जामा रहेको कालीगण्डकी ‘ए’ जलविद्युत् केन्द्रको विद्युत् उत्पादन बन्द गरिएको छ ।

नदीमा पानीको बहाव उच्च भएपछि बेल्टारीबाट हुँदै आएको १४४ मेगावाट विद्युत् उत्पादन शुक्रबार राति ८:४५ बजेदेखि रोकिएको हो । मिर्मीस्थित बाँधका तीनवटै ढोका खोलिएको आयोजनाले जनाएको छ ।

असार–साउनमा भन्दा असोजमा कालीगण्डकी नदीमा पानीको बहाव अस्वाभाविक रूपमा बढेपछि बाँधको अवस्था र आसपासका बस्तीमा हुन सक्ने डुबानको जोखिमलाई ध्यानमा राख्दै उत्पादन बन्द गरिएको कालीगण्डकी ‘ए’ जलविद्युत् केन्द्रका प्रमुख आत्मेस पौडेलले बताए ।

उनका अनुसार नदीमा पानीको बहाव घटेपछि आयोजनाबाट पुनः नियमित रूपमा विद्युत् उत्पादन सुरु गरिनेछ ।

लगातारको वर्षासँगै कालीगण्डकी आसपासका बस्ती तथा संरचनामा जोखिम बढेको छ । वर्षाका कारण जनजीवनसमेत प्रभावित भएको छ ।

स्याङ्जा, पर्वत र गुल्मी तीन जिल्लाको संगमस्थल सेतीबेणीमा समेत कालीगण्डकी नदीको पानी बढेपछि केही घर डुबानमा परेका छन् ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

राम बहादुर रोकाहा

राम बहादुर रोकाहा

रोकाहा स्याङ्जा केन्द्रित पत्रकारिता गर्छन् ।

ट्रेन्डिङ