१०० वर्षका दाइलाई ९३ वर्षकी बहिनीले लगाइन् भाइटीका

१०० वर्षका दाइलाई ९३ वर्षकी बहिनीले लगाइन् भाइटीका

bhai-tika-1024×500

उमेरले सय वर्ष पुगेका दाइ खेमप्रसाद सापकोटालाई ९३ वर्षीया बहिनी कौशिला अर्यालले भाइटीका लगाइदिएकी छन् । स्याङ्जाको गल्याङ नगरपालिका–७ पड्काङमा तिहारका अवसरमा देखिएको यो दृश्यले दाजुभाइबीचको आत्मीयता र मायालाई झल्काएको छ ।

भाइटीकाका दिन बहिनीले दाइलाई सप्तरङ्गी टीका लगाएर दीर्घायु, सुख, शान्ति र समृद्धिको कामना गरिन् । उमेरले दुवैलाई शताब्दीको नजिक पुर्‍याए पनि उनीहरूबीचको स्नेह र आत्मीयता भने उस्तै देखिएको छ ।

तिहार अर्थात् यमपञ्चकमा भाइटीकालाई विशेष महत्त्वका साथ मनाउने गरिन्छ । यस दिन दिदीबहिनीले दाजुभाइलाई सप्तरङ्गी टीका लगाएर माला पहिर्‍याउने र सुख, शान्ति तथा दीर्घायुको कामना गर्ने परम्परा छ ।

समयसँगै उमेर ढल्किए पनि दाजुभाइबीचको सम्बन्ध र मायामा कमी नआएको पड्काङको यो दृश्यले भाइटीकाको सांस्कृतिक र भावनात्मक महत्त्वलाई सम्झाएको छ । यो केवल चाडपर्वको परम्परा मात्रै नभई जीवनभर कायम रहने पारिवारिक प्रेम, सम्मान र आत्मीयताको उदाहरण बनेको छ ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

राम बहादुर रोकाहा

राम बहादुर रोकाहा

रोकाहा स्याङ्जा केन्द्रित पत्रकारिता गर्छन् ।

ट्रेन्डिङ