हेटौँडा । मकवानपुरको भीमफेदी गाउँपालिका–६, चिसापानीगढीमा बिहीबार बिहान भएको यात्रुवाहक विद्युतीय गाडी (इभी) दुर्घटनामा ज्यान गुमाउने १४ जनाकै सनाखत भएको छ। दुर्घटनामा अन्य ६ जना यात्रु घाइते भएका छन्।
मकवानपुरका प्रमुख जिल्ला अधिकारी वसन्त अधिकारीका अनुसार दुर्घटनामा परी मृत्यु हुनेको संख्या १४ पुगेको हो। काठमाडौंबाट सर्लाहीतर्फ जाँदै गरेको मधेश प्रदेश ०३–००१ ज ०८८० नम्बरको यात्रुवाहक इभी बिहीबार बिहान करिब ५ः४५ बजे भीमफेदी–कुलेखानी–काठमाडौं सडकखण्डबाट करिब ५०० मिटर तल खसेर दुर्घटनाग्रस्त भएको थियो।
मकवानपुर प्रहरीका अनुसार दुर्घटनामा परेका यात्रुहरू छठ पर्व मनाउन ललितपुरको टीकाथलीबाट सर्लाहीस्थित आफ्नो घर फर्किँदै थिए। गाडीमा सवार सबै यात्रु एउटै गाउँका छिमेकी तथा आफन्त रहेको प्रहरीले जनाएको छ।
प्रहरीका अनुसार दुर्घटनामा मृत्यु हुनेमा गाडीचालक सर्लाहीको कविलासी नगरपालिका–८ का ३० वर्षीय रविशङ्कर कुमार मण्डल रहेका छन्। यस्तै, सर्लाहीको चक्रघट्टा गाउँपालिका–४, सुन्दरपुरका २६ वर्षीय विकेश यादव, ३५ वर्षीया पुनमदेवी यादव, ७ वर्षीया दीक्षा यादव, ५ वर्षीया दीपिका यादव, १० वर्षीया अनुकुमारी यादव, ३६ वर्षीय गुड्डु यादव, ३२ वर्षीया गायत्री देवी यादव, २६ वर्षीय रामदुलार यादव, २५ वर्षीय सुबोध यादव र १५ वर्षीय रोहन यादवको मृत्यु भएको छ।
यसैगरी, मृत्यु हुने अन्य तीनजनामा राकेश यादव, छोटु यादव र सुदेश यादव रहेका छन्। मृतकमध्ये छोटु राकेशका साला हुन्। त्यस्तै, पुनमदेवी यादव अवधेश यादवकी श्रीमती हुन् भने दीक्षा, दीपिका र अनुकुमारी यादव उनका तीन छोरीहरू हुन्। मृतक गायत्री देवी अर्का मृतक गुड्डु यादवकी श्रीमती रहेको प्रहरीले पुष्टि गरेको छ।
दुर्घटनामा घाइते भएका ६ जनामध्ये तीनजना उपचारपछि अस्पतालबाट डिस्चार्ज भइसकेका छन्। हेटौँडा अस्पतालमा सामान्य उपचारपछि मुकेश यादव, सक्षमकुमार यादव र देवेन्द्र राय डिस्चार्ज भएका हुन्।
गम्भीर घाइते भएका ३० वर्षीय सुजन यादव र १४ महिनाका बालक सुदीप यादवलाई थप उपचारका लागि काठमाडौंस्थित मेडिसिटी अस्पताल रेफर गरिएको छ। त्यसैगरी, अर्का घाइते ३१ वर्षीय बेचु भनिने देवेन्द्र रायलाई थप उपचारका लागि चितवनको भरतपुरस्थित मनकामना अस्पताल पठाइएको मकवानपुर प्रहरीले जनाएको छ।
सम्बन्धित खबर
भीमफेदी माइक्रो दुर्घटना अपडेट: मृत्यु हुने १४ जनाकै सनाखत, एउटै गाउँका छिमेकी र आफन्त परे
स्याङ्जामा ट्याक्टर दुर्घटना हुँदा दुई जनाको मृत्यु, तीन घाइते
पोखरामा स्कुटर दुर्घटना हुँदा कुँवरको मृत्यु
दसैँ अवधिमा सवारी दुर्घटनाबाट देशभर १२४ जनाको मृत्यु, दुई हजार ९८८ घाइते
गुल्मीमा जिप दुर्घटना हुँदा ६ जनाको मृत्यु, ३ जना घाइते
स्याङ्जामा तीन महिनामा १८ सवारी दुर्घटना, ६ जनाको मृत्यु
यो पनि पढौँ
भाइटीकाको उत्तम साइत कात्तिक २५ गते बिहान ११ः०७ बजे
गण्डकी प्रदेश खेलकुद परिषद्का सदस्य सचिव श्रीधर शर्मा बर्खास्त, उपसचिव परियारलाई जिम्मेवारी
पर्सामा पटाका पड्काउने क्रममा ८ वर्षीय बालकको मृत्यु
सरुभक्त राष्ट्रिय बालप्रतिभा पुरस्कारबाट बाल सामाजिक अभियन्ता प्रेन्सा रेग्मी सम्मानित