नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले आफू, नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल र नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवालाई थुनेर देखाउन चेतावनी दिएका छन्।
आजदेखि सुरु भएको एमालेको राष्ट्रिय भेलालाई सम्बोधन गर्दै उनले भने, ‘आईजीले भनेको सुन्छु । म केपी ओलीलाई थुन्दिन्छु । प्रचण्डलाई थुन्दिन्छु । केपी ओली, प्रचण्ड र शेरबहादुर देउवा भनेका मजाकका पात्र हुन् यिनका ?’
तर, ओलीले यस्ताे भनाइ कुन आइजीले, कहिले भनेका हुन् भन्ने चाहिँ खुलाएनन्।
ओलीले सिपाहीले आफूहरूमाथि मजाक गरेको भन्दै आक्रोशसमेत पोखे। ‘निरंकुश राजतन्त्रका विरुद्ध लडेर आएका हौं । छ महिना जागिर खाने एउटा सिपाहीले हामीमाथि मजाक गर्ने ? जो आयो थुन्दिन्छु भन्छन्, प्रमाण भेटिए उनी पनि थुनिन्छन् ! सबै थुनिए को रहन्छन् ?’
त्यस्तै, ओलीले संविधानको रक्षाका लागि जनता उठ्नुपर्ने जिकिरसमेत गरे। राष्ट्रिय भेलामा उनले भने, ‘जनता उठ्नुपर्ने अवस्था आएको छ । जुनजुन शक्तिहरू र आम नेपाली जनता राष्ट्रियताको पक्षमा छ । राष्ट्रिय स्वतन्त्रता र स्वाधीनताको पक्षमा छ । संविधान मिच्ने काम भएको छ ।’
राजनीतिक दलहरूलाई एक ठाउँमा ल्याएर एमालेले आन्दोलनको नेतृत्व गर्नुपर्नेमा समेत ओलीको जोड छ।
यो देशको विकास गर्ने नायक एमाले हो, फेरि सरकारमा आउँछौं
अध्यक्ष ओलीले एमाले कायर भएर नभई आन्दोलनकारी ढंगले अगाडि बढ्नुपर्ने बताए । ओलीले एमाले देशको विकास गर्ने नायक भएको बताएका हुन्।
ओलीले भने,‘एमाले यो देशको भविष्य हो। राष्ट्रियताको रक्षा गर्ने रक्षक हो। यो देशको विकास गर्ने नायक हो। त्यसकारण एमाले दृढताकासाथ अगाडि बढ्नेछ।’
उनले संवैधानिक बाटोबाट फेरि पनि सरकारमा जाने उल्लेख गरे। उनले राष्ट्रिय भेला संकल्पको भेला भएको टिप्पणी गरे।
ओलीले भने,‘ओलीले देशमा एकपछि अर्को निर्वाचन आइरहेको बताए। उनले भने,‘स्थानीय निकायको निर्वाचन आउँदैछ। त्यसपछि प्रदेशको निर्वाचन, त्यसपछि राष्ट्रिय सभा,राष्ट्रपतिको निर्वाचन आउँदैछ। गत वर्ष अलिकति पराजय भोग्नुपर्यो। हाम्राविरुद्ध भित्र र बाहिरी तत्वले हमला गरे। आगामी दिनमा नयाँ ढंगले अगाडि बढ्नुपर्छ।’
ओलीले सरकारले दमन गरे अब एमाले चुप लागेर नबस्ने स्पष्ट पारे। ओलीले गृहमन्त्री सुधन गुरुङले समेत फाइल खुल्दै गरेको र सबै थुनिन्छ भनेको भन्दै कसलाई भनेको हो ? धम्याएको हो भन्दै प्रश्न गरे। गृहमन्त्रीले फाइल खोल्दै छु, पख्नुस्, सबै थुनिन्छ। एकसे एक थुनिन्छ। कसलाई भनेको हो ?,’ ओलीले भने।
अहिलेको सरकार जनताप्रति उत्तरदायी छैन
अध्यक्ष ओलीले अहिलेको सरकार जनताप्रति उत्तरदायी नभएको बताए। ओलीले निर्वाचनपश्चात बनेको सरकारको कामबाट सबै क्षेत्रमा निराशा मात्र बढिरहेको बताएका हुन्।
ओलीले भने,‘अहिले देश राजनीतिकरुपमा एउटा आतंकको छाँयामुनि,भय र त्रासको वातावरणमा पनि। असंवैधानिक, गैह्रकानुनी क्रियाकलापहरुको पेलाइमा स्वेच्छाचारी शासनअन्तर्गत देश चलिरहेको छ। फाँसिवादतर्फ र दमनकारी प्रतिशोधि व्यवहार अगाडि बढिरहेको छ। आर्थिक हिसाबले देश लगातार अघोगतिमा गइरहेको छ। सामाजिक मूल्य मान्यता खस्किरहेका छन्।’
उनले असंवैधानिक ढंगले भएको संसद् विघटन भएको दोहोर्याए। ओलीले अदालतले केही नभएजस्तो गरी असंवैधानिक ढंगले विघटन भएको संसद्को मुद्दा केही नभएजस्तो गरी अदालतमा थन्किएको भन्दै आपत्ति जनाए। उनले देशलाई लोकतन्त्रको मार्गमा फर्काउनन आवश्यक रहेको बताए। त्यसका लागि नेपाली अगाडि आउनुपर्ने बताए।
उनले जनतालाई झुक्याएर छलेर जेनजी विद्रोहको बहाना बनाएर तालिम प्राप्त अपराधी भित्र्याएर देशमा वितण्डता मच्चाइएको स्मरण गराए। उनले राज्यका तीनै अंगमाथि हमला भएको स्मरण गरे।
सम्बन्धित खबर
जो आउँछ, ओली, प्रचण्ड र देउवालाई थुन्दिन्छु भन्छ, हामीमाथि मजाक गर्ने: ओली
एमालेको राष्ट्रिय भेलामा सहभागी हुन थाले टोपबहादुर रायमाझी
गृहमन्त्री गुरुङको आमा दावी गर्ने महिलाको भिडियो पोस्ट गर्ने पक्राउ
काठमाडौंको मेयरमा उम्मेदवारी दिने सुमनाको घोषणा
पोखराका विवेक थापा: चलचित्रप्रतिको मोहले व्यवसायीबाट बने फिल्म निर्माता
‘स्थानीय तहको फाउण्डर नेकपा एमाले हो, बलियो बनाउन निरन्तर लाग्छौं’
यो पनि पढौँ
पोखराका विवेक थापा: चलचित्रप्रतिको मोहले व्यवसायीबाट बने फिल्म निर्माता
पोखरामा जिपमा स्कुटर ठोक्किँदा दुई युवाको ज्यान गयो
सिक्लेसमा पर्यटकको ओइरो, एकैदिन १ हजार ३८४ पर्यटक पुगे
भीमफेदी माइक्रो दुर्घटना अपडेट: मृत्यु हुने १४ जनाकै सनाखत, एउटै गाउँका छिमेकी र आफन्त परे