देशभर थप ७१० जनामा कोरोना संक्रमण, २ को मृत्यु पुष्टि

देशभर थप ७१० जनामा कोरोना संक्रमण, २ को मृत्यु पुष्टि

corona covidd

काठमाण्डौ। पछिल्लो २४ घण्टामा देशभरका थप ७१० जनामा कोरोना पुष्टि भएको छ।

स्वास्थ्य तथा जनसँख्या मन्त्रालयको कोभिड सम्बन्धी दैनिक अपडेट अनुसार देशभरका २५४१ पिसिआर र २४८४ जनाको एन्टिजेन गरी जम्मा ५०२५ जनाको परीक्षण गर्दा उक्त संख्याका मानिसको रिपोर्ट पोजेटिभ आएको हो।

यस्तै, पछिल्लो २४ घण्टामा २१५ जना संक्रमणमुक्त हुँदा २ जनाले संक्रमणकै कारण ज्यान गुमाएका छन्।

आज थपिएकासँगै नेपालमा सक्रिय संक्रमितको संख्या ४२३६ पुगेको मन्त्रालयले जनाएको छ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ


This will close in 3 seconds