पोखरा । पर्वतको कुस्मा नगरपालिका वडा नम्बर २ खुुर्कोटकी मिर्गौला पीडितलाई आर्थिक सहयोग हस्तान्तरण गरिएको छ । दुबै मिर्गौला फेल भएकी जुनाकुमारी रेग्मी बचाउ अभियानबाट संकलन भएको रकम पीडितलाई हस्तान्तरण भएको हो ।
पोखरामा शनिबार आयोजित एक कार्यक्रमका बीच कृष्ण कडेंल इन्द्रेणी फाउण्डेशन मार्फत् सहयोगी मनहरुले संकलन गरी पठाएका २० लाख बढी रकम हस्तान्तरण गरिएको यमबहादुर रेग्मीले जानकारी दिए ।
अमेरिकाबाट नेपालीहरुले संकलन गरेको उक्त रकम फाउण्डेशनको रोहवरमा अध्यक्ष कृष्ण कंडेलले पीडितलाई हस्तान्तरण गरे । आर्थिक संकलन अभियान संयोजक गंगाबहादुर क्षेत्री, सुरेश बहादुर क्षेत्री लगायतको सक्रियतामा संकलित २० लाख २९ हजार ९ सय २५ रुपैयाँ हस्तान्तरण गरिएको हो ।
यसबाहेक कतार र काेरियाबाट करिब ३ लाख संकलन गरी पठाइसकिएकाे छ । सुरूमै दाजुभाइले १ लाख प्रदान गरी रेग्मीलाई उपचारका लागि काठमाण्डाै पठाएका थिए ।

हस्तान्तरण कार्यक्रममा वरिष्ठ लाेक गायिकाहरू तारा थापा र कविता आले, लोक दोहोरी गायिका पार्वती जिसी लगायतका कलाकारहरु सहभागी भएका थिए ।
गुराँस पौडेल र राजेन्द्र रेग्मीले ईन्द्रेणी मार्फत् हस्तान्तरण गराउन भूमिका खेलेका थिए । पोखरामा आयोजित राष्ट्रिय खुल्ला दोहोरी गीत प्रतियोगिताका लागि ईन्द्रेणी टीम अहिले पोखरामै छ ।
यसैबीच, ईन्द्रेणी फाउण्डेशनलाई अमेरिकामा रहेका तेजेन्द्र बहादुर रेग्मी, राजन रेग्मी, लोकबहादुर क्षेत्री, प्रकाश क्षेत्री, गंगाबहादुर क्षेत्री, राजेन्द्र रेग्मी, सुरेश रेग्मी र धनबहादुर खत्रीले ८५ हजार सहयोग पनि गरेका छन् । उनीहरूले पठाएका उक्त रकम यमबहादुर रेग्मीले फाउण्डेशनका अध्यक्ष कँडेललाई हस्तान्तरण गरे ।
सम्बन्धित खबर
आगलागीबाट डेरी उद्योग गुमाएका पर्वत कटुवाचौपारीका लामिछानेलाई अमेरिकाबाट सहयोग
प्रहरीले पिछा गरेपछि मालढुङ्गा पुलबाट हामफालेका विशालको खोजी जारी
पर्वतमा मोदीखोला संकटमा, लहरै चार वटा जलविद्युतका कारण सुख्खा
पर्वत जिल्ला इन्टर स्कुल टि-२० क्रिकेट प्रतियोगिताको उपाधि मङ्गोलदय माविलाई
पर्वत जिल्ला ईन्टर स्कुल टि–२० क्रिकेट प्रतियोगिता सुरुः नारायण मावि र सरस्वती माविको विजय सुरुवात
पर्वतका ३१ विद्यालयमा विद्यार्थी शून्य, रित्ता विद्यालयमा अझै शिक्षक
यो पनि पढौँ
कास्कीको रुपामा बुबाको हत्या गरेको आरोपमा छोरा पक्राउ
पाेखरामा सुकुम्बासीको आन्दोलन घोषणा
थापाथलीका अर्का सुकुम्बासीले पनि गरे आत्महत्या, एक महिला बेहोस
सुदनको आरोप- ‘बालेनमा हिटलर र मुसोलिनी बन्ने सपना जागेको देखिन्छ’