गण्डक न्यूजमा यहाँलाई हार्दिक स्वागत छ ।
गण्डक न्यूज डटकम सन् २०१७ देखि सञ्चालित प्रेस काउन्सिलमा सूचीकृत र सूचना विभागमा दर्ता गरिएको गण्डक नेपाल मिडिया (प्रा.) लि. को अनलाइन न्यूज पोर्टल हो । मूख्यतः यस प्रदेशको गतिविधिमा केन्द्रित रही पोखराबाट सञ्चालनमा रहेको छ ।
गण्डक न्यूज ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गरिरहेको छ । यो निरपेक्ष रुपमा निष्पक्षताको नारा दिएर अघि बढेको छ । ‘हामी कोहि एक्लैको होइनौं, हाम्रो कोहि एक मात्र छैन’ भन्ने मूलमन्त्र आत्मसात् गरी समाचार सम्प्रेषण गरिरहेको छ ।
म्याग्दी । म्याग्दीको मालिका गाउँपालिका–२, रुमको तामेङ गाउँमा पहिरोमा परी हराइरहेका थप तीन जनाको शव भेटिएको छ।
मंगलबार बिहान करिब ३ बजे बस्तीमाथिबाट खसेको पहिरोले दुई घर बगाएपछि सम्पर्कविहीन भएका एकै परिवारका तीन जनाको शव पुरिएको अवस्थामा भेटिएको हो।
यससँगै उक्त पहिरोमा परेर मृत्यु हुनेको संख्या ५ पुगेको छ। यसअघि बिहान दुई जनाको शव भेटिएको थियो ।
मृत्यु हुनेमा ३६ वर्षीय घामबहादुर विक, ३४ वर्षीया राममाया विक, ७ वर्षीया अस्मी पटेल, १८ वर्षीय नवीन विक र १४ वर्षीय राजन विक रहेका छन्।
पहिरोमा परेर ६५ वर्षीय गोठे विक र ६३ वर्षीया गोरी विक गम्भीर घाइते भएका छन्।
जिल्ला प्रहरी कार्यालय म्याग्दीले घाइते दुई जनालाई रुम स्वास्थ्यचौकीमा उपचार गरी मौसम अनुकूल भएपछि थप उपचारका लागि दरबाङ पठाउने तयारी भइरहेको जानकारी दिएको छ।
सम्बन्धित खबर
म्याग्दीमा बोलेरो जीप दुर्घटना हुदाँ २ जनाको मृत्यु
जेठो हिमालको मनमोहक आधार शिविर ‘नर्थ एबीसी’ [फोटो फिचर]
बेनीमा दुध डेरी र चिया पसलमा पनि सुर्तीजन्य पदार्थ बिक्रीमा रोक
म्याग्दीमा भलिबल खेलको विकास गर्न यूकेबाट साढे ४३ लाख सहयोग
म्याग्दीको बेनीमा हुक्का सेवन गर्न निषेध
चरेश बनाउने मेसिनसहित म्याग्दीमा बिक पक्राउ
यो पनि पढौँ
स्याङ्जामा विवाहकै दिन बेहुलाबेहुली पक्राउ
आँखामा राख्दा पनि नबिझाउने ‘बिनोद सर’ अब सम्झनामा
जनकपुरको होटलमा बेहोस भेटिएकी पोखराकी युवतीको मृत्यु, सँगै बसेका २ युवक फरार
बालकुमारीमा मारिएकाका परिवारलाई कोरियाबाट आर्थिक सहयोग