गण्डकी सरकार–यातायात व्यवसायीबीच सहमति, आन्दोलन फिर्ता

गण्डकी सरकार–यातायात व्यवसायीबीच सहमति, आन्दोलन फिर्ता

bus-youn-durbabahar

पोखरा । यातायात व्यवसायीहरुले आज आइतबारदेखि सवारी बन्द गर्ने निर्णय फिर्ता लिएका छन्।

यातायात व्यवसायी र गण्डकी प्रदेश सरकारबीच दुई बुँदे सहमति भएसँगै आन्दोलन फिर्ता भएको हो।

गण्डकी प्रदेशका भौतिक पूर्वाधार, शहरी विकास तथा यातायात व्यवस्था मन्त्री कुमार खड्कासँग यातायात व्यवसायीबीच शनिबार छलफल भएको थियो।

छलफलमा मुख्यमन्त्री सहित विभागीय मन्त्रीहरु सम्मिलित बैठक छिट्टै बस्ने र यातायात व्यवसायीहरुको माग सम्बोधन गर्ने सहमति भएको जनाइएको छ।

यातायात करमा भएको व्यापक वृद्धिको विरोध गर्दै महासंघले आइतबारदेखि आन्दोलन घोषणा गरेको थियो ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ