पोखरा। कास्की प्रहरीले एटिएम मेशिन फोड्दै गरेको अवस्थामा एक जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा पर्वत जिल्ला कुश्मा नगरपालिका -३ निवासी २३ वर्षीय कृष्ण बहादुर विक रहेका छन्।
प्रहरीका अनुसार गएको साउन २० गते शुक्रबार राति अन्दाजी ११ बजेको समयमा पोखराको बिरौटास्थित एनआईसी एसिया बैंकको एटिएम मेशिन फोडी नगद चोरी गरिरहेको भन्ने सूचना पश्चात तत्काल खटिएको प्रहरीको टोलीले विकलाई पक्राउ गरेको कास्कीका प्रहरी नायव उपरीक्षक तथा प्रहरी प्रवक्ता सुन्दर तिवारीले जानकारी दिए।
तिवारीका अनुसार पक्राउ परेका विक यस अगाडि पनि माछापुछ्रे बैंकको एटिएम मेशिन फोड्दै गरेको अवस्थामा पक्राउ परी चोरी उद्योग मुद्धामा जिल्ला अदालत कास्कीबाट रू एक लाख धरौटी जम्मा गर्न नसकी पुर्पक्षको लागी थुनामा पठाएकोमा पछि अदालतबाट मुद्दा फैसला पश्चात तोकिएको कैद भुक्तानी गरी छुटेको थाहा भएको छ।
हाल उनीमाथि जिल्ला अदालत कास्कीबाट ७ दिन म्याद थपको अनुमति लिएर चोरी उद्योग कसुरमा आवश्यक अनुसन्धान शुरु गरिएको प्रवक्ता तिवारीले जानकारी दिए ।
पछिल्लो समय पोखरामा एटिएम मेशिन फोडेर चोरी गर्ने क्रम बढेको छ। गत असार ३१ गते पोखराको सभागृह चोकमा रहेको एनआईसी बैंकको एटीएम फोडिएकोमा पुनः साउन ४ गते पोखरा -२६ अर्घोचोकमा रहेको एनएमबी बैंकको एटिएम मेसिन फोडेर १५ लाख चोरी भएको थियो।
सम्बन्धित खबर
१८ वर्षअघि गर्भवती महिलाको मृत्यु प्रकरणमा एक महिला थुनामा, अर्की धरौटीमा छुटिन्
बालिका बेचबिखनको आरोपमा एक जना कारागार चलान
बालेनसँगको बैठकबाट निस्किएलगत्तै समातिए किस्पाङ गाउँपालिका अध्यक्ष तामाङ
बाढीका मृतकको गहना लुट्नेहरू पक्राउ, हुनसक्छ ७ वर्षसम्म जेल
गरिमा चौधरीको हत्याका मुख्य अभियुक्त नाबालकको बयान भिडियो बाहिरिएपछि तरङ्ग
दुई किशोरीलाई गेस्ट हाउसमा लगेर सामूहिक बलात्कार गरेको आरोपमा दुई जना पक्राउ
यो पनि पढौँ
तीज मनाउन भदैसँग माइत हिँडेकी महिलाको दुपट्टा मोटरसाइकल चक्कामा बेरिएर बाटैमा ज्यान गयो
स्याङ्जामा गोठमा अचेत भेटिएकी महिलाको मृत्यु
अष्ट्रेलियामा अन्तर्राष्ट्रिय विद्यार्थीलाई थप कडाई, परिवार लैजान रोक !
सुजल डेरीद्वारा पोखराको लेकसाइडमा ‘लभबर्ड्स प्रिमियम आइसक्रिम’ को चौथो पार्लर सञ्चालन