नेपाल खेलकुद पत्रकार मञ्च, कास्कीको आयोजनामा पोखरा सभागृहमा भएको तेस्रो टिभिएस अपाचे पोखरा स्पोर्टस् अवार्ड समारोहमा चर्चित गायक विनोद बानियाँलाई सम्मान गरियो ।
राजधानीमा रहेर यहाँ भन्दा बढी चर्चा बटुल्ने ज्ञात रहँदा रहँदै आफ्नो गाउँठाउँ नछाडि आफूलाई अरु सरह स्थापित गर्न सफल गायक बानियाँले खेलकुदका विभिन्न गीतहरु पनि गाएका छन् । खेल क्षेत्रमा गायनका तर्फबाट योगदान दिएको भन्दै गायक बानियाँलाई मञ्चले सो अवसरमा सम्मान गरेको हो ।

सो अवसरमा गायिका अजुदा थापाको साथमा बानियाँले आफ्ना प्रस्तुति पनि राखे । अवार्ड समारोहमा उपस्थित दर्शकलाई उनको प्रस्तुतिले भरपूर मनोरञ्जन प्रदान गर्यो ।

२०५८ साल तिरै ‘माया देखायौ’ भन्ने गीतमा आवाज दिएर गायन यात्रा थालेका विनोदले ‘मान्छे’, ‘डाउट’, ‘प्रोफाइल’ एल्बम ल्याइसकेका छन् ।
जीवनमा धेरै उतारचढावहरु खेप्दै भएपनि यो क्षेत्रमा लागिरहेका छन् । गायन यात्रा सुरु गरि चर्चा हुन थालेसँगे उनलाई धेरैले काठमाडौं गएर प्रतिभालाई उजागर गर्न र आफ्नो उज्ज्वल भविष्य खोज्न सल्लाह दिन्थे । उनले सबैको सल्लाह सुने तर, निर्णय आफ्नो गरे र पोखरामा संघर्ष गरे । गायक बानियाँले अहिलेसम्म थुप्रै गीतमा आवाज भरेका छन् ।
बानियाले खेलकुदका साथै राष्ट्रिय गीत पनि गाएका छन् । लामो समय व्यावसायिक रुपमा ओपन हाउसमा रहेर गजल तथा सुगम संगीतमा आवाज दिएका बानियाँले आफु समेत सञ्चालकका रुपमा मेलोडी क्याफे खोलेका छन् । जहाँ उनले अहिले पनि निरन्तर गीत गाउँछन् ।

सम्बन्धित समाचारः
सम्बन्धित खबर
फुटबलको महाकुम्भ विश्वकप आज मध्यरातमा सुरु हुँदै
श्याम स्मृति फुटबल प्रतियोगिता २६ वर्षपछि पुनः सञ्चालनमा
पिसिएम कप प्लस टु फुटसलको उपाधि तालपारी टीमले जित्यो
गण्डकी फायरलाई प्रथम चापाकोट क्रिकेट लिगको उपाधि
चापाकोट क्रिकेट लिगको उपाधिका लागि आज गण्डकी फायर र साँखर वरियर भिड्दै
१० औं पोखरा स्पोर्टस् अवार्ड: प्रदीप र नारायणी वर्ष खेलाडी घोषित
यो पनि पढौँ
उच्चतम् ४ जीपीए ल्याउने २८ जना विद्यार्थीले रोजे प्रतिभा मावि
शान्ति निकेतनमा कक्षा ११ का पहिलो ब्याचका विद्यार्थीलाई स्वागत र अभिमुखीकरण
प्रतिभाले नयाँ विद्यार्थीलाई सपथ खुवाउँदै गर्यो स्वागत
बेगनास तालमा पौडी खेल्ने क्रममा डुबेर युवकको मृत्यु