पोखरा । पोखराको पुरानो टुंडिखेलमा आयोजित खुल्ला छेलो खेलको उपाधि किरण सुनारले हात पारेका छन । उपाधिसंगै सुनारले नगद १५ हजार, मेडल र प्रमाण पत्र सहित प्याराग्लाइडिङ उडानको टिकट हात पारे । परम्परागत खेललाई संरक्षण गर्ने उद्देश्य सहित नेपालीहरुको महान पर्व जनैपूर्णिमाको अवसर पारी नेपाल खेलकुद महासंघ कास्कीले शनिवार आयोजना गरेको छेलो (ठेलो) खेलमा ३६ जना प्रतिस्पर्धीलाई पछि पार्दै सुनारले खेलको उपाधी हात पारेका हुन ।
सुनारले ११ केजीको ठेलोलाई ४६.४ फिट पर फ्याक्दा उनका प्रतिस्पर्धी रोहित सुनारले ४२.२ फिट दुरीमा ठेलो फाली द्धितिय स्थान हात पारे । द्धितिय स्थान संगै १० हजार नगद, मेडल र प्रमाणपत्र हात पारेका थिए । त्यसैगरी प्रतियोगितामा ४२ फिट दुरीमा ठेलो फ्याक्ने टेक गुरुङले तृतिय स्नान सहित नगद ५ हजार, मेडल र प्रमाणपत्र प्राप्त गर्न सफल भए ।
ठेलो क्लव पोखरा गण्डकी प्रदेशको प्राविधिक सहयोग रहेको उक्त प्रतियोगितामा महिला तर्फ ५ केजीको ठेलो २०.८ फिट दुरीमा पु¥याइ हरि कुमारी गुरुङले प्रथम स्थान हासिल गरिन । गुरुङले नगद १ हजार मेडल र प्रमाणपत्र हात पार्न सफल भइनभने प्रतियोगितामा कमला केसीले १९ .२ फिट दुरीमा ठेलो पु¥याइ द्धितिय स्थान हासिल गर्न सफल भइन । महिला तर्फको खेलमा ७ जनाको सहभागीता रहेको थियो । प्रतियोगिताका बिजेताहरुलाई नेकपा एमाले कास्कीका अध्यक्ष मन बहादुर गुरुङ, नेपाल खेलकुद महासंघ कास्कीका अध्यक्ष दूर्गा दत्त पोख्रेल लगायतले पुरस्कार राशी, मेडल र प्रमाण पत्र प्रदान गरेका थिए ।
उक्त प्रतियोगिताको उद्घाटन गर्दै नेकपा एमालेका स्थायी कमिटि सदस्य एवं प्रचार विभाग प्रमुख खगराज अधिकारीले अहिलेको सरकारले परम्परागत खेललाई त्यति चासो नदिएको वताउदै यस्ता खेलहरुलाई राष्ट्रिय खेलमा सहभागी गराइ अन्तराष्ट्रिय स्तरमा समेत सहाभागीता गराउनका लागी दवाव दिन आवश्यक रहेको वताए । एमाले सरकारको पालोमा पोखरा रंगशालाले पूर्णता पाएको भएतापनि राष्ट्रिय खेलकुद प्रतियोगिता खेलाइने खेलहरु पोखरातिर पार्नलाई अझैपनि राष्ट्रिय खेलकुद परिषदले आनाकानी गरिरहेको उनको आरोप रहेको थियो ।
त्यसैैगरी नेकपा एमालेका पोलिट ब्युरो सदस्य एवं पूर्व खेलकुद मन्त्री जगत विश्वकर्माले आफु खेलकुद मन्त्री हुदाखेरी एक पालिका एक खेलकुद कार्यक्रमको नारा लिएर अगाडी वढिरहदा परम्परागत खेलकुदहरुलाई समेत जगेर्ना गर्ने गरी कार्यक्रमहरु ल्याइएको र त्यसैको फलत पछिल्लो समय परम्परागत खेलहरु तारोखेल, घोडचढी खेल, छेलो हान्ने खेलहरु समेत प्रतियोगिताको रुपमा आयोजना भइरहेको र यसलार्य राष्ट्रिय खेलकुद प्रतियोगितामा समेत समेटेर अगाडी वढ्नुपर्ने वताए ।
त्यसैगरी गण्डकी प्रदेश खेलकुद परिषदका सदस्य सचिव तेज बहादुर गुरुङले गण्डकी प्रेदशमा परम्परागत खेलकुदको संरक्षण र प्रवद्र्धनमा आफुहरु लागिपरेको वताए । प्रदेश खेलकुद परिषद सम्हालेदेखी प्रदेशभित्र रहेका परम्परागत खेलहरु घोडचढी, तारा हान्ने खेल, छेलो हान्ने खेल लगायतका खेल प्रतियोगिताहरु गर्दै आइरहेको र यस्ता परम्परागत खेलको संरक्षण र प्रवद्र्धनलाई जोड दिने उनको भनाइ रहेको थियो ।
कार्यक्रममा नेकपा एमाले कास्कीका इन्चार्ज कृष्ण बहादुर थापा, कास्की जिल्ला सचिव बैन बहादुर अधिकारी, नेपाल खेलकुद महासंघ गण्डकी अध्यक्ष विष्णु पुन लगायतले परम्परागत खेलको संरक्षण र प्रवद्र्धनमा जोड दिएका थिए । यसैविच नेपाल खेलकुद महासंघ कास्कीले महिलाहरुको महान पर्व हरितालिका तीजको अवसर पारी भदौको पहिलो हप्ता पोखराको भण्डारढिकमा रहेको रंगशालामा डोरी तान्ने प्रतियोगिताको आयोजना गर्ने जनाएको छ ।
सम्बन्धित खबर
पोखरामा ग्यास लुकाउने व्यापारीलाई ५० हजार जरिवाना
एमाले नेता एवं पोखराका पूर्वमेयर कृष्ण थापाको हृदयघातले निधन
फुटपाथमा किताब नबेच्न महावीर पुनलाई पोखराका मेयरको अनुरोध
रास्वपालाई कास्कीमा प्रत्यक्षभन्दा पनि समानुपातिकमा बढी मत
भायानेटद्वारा फेवा डुंगा व्यवसायी र बैदाम प्रहरीलाई २ सय लाइफ ज्याकेट प्रदान
आयोजक सहाराले १२ वर्षपछि जित्यो आहा ! रारा पोखरा गोल्डकपको उपाधि
यो पनि पढौँ
मनकामना दर्शन गरी फर्केको ईभी माइक्रो गोरखामा दुर्घटना, ७ जनाको मृत्यु
रास्वपाका नवनिर्वाचित दुई सांसदविरुद्ध सर्वोच्चमा रिट
राजस्व अनुसन्धान विभागका तत्कालीन महानिर्देशक झलकराम अधिकारीसहित तीन जनाविरुद्ध आरोपपत्र दायर
आगामी तीन दिन भारी वर्षा र हुरीको सम्भावना, सचेत रहन आग्रह