तनहुँ । नेकपा एमाले गण्डकी प्रदेश कमिटीले तनहुँको बन्दीपुरमा २ दिने संगठनात्मक कार्यशाला सोमवार सम्पन्न गरेको छ।
कार्यशालाको समापन गर्दै उपमहासचिव एवम् गण्डकीका संस्थापक मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङले पार्टीको आन्तरिक एकतालाई मजबुद पार्दै नेपाली कम्युनिष्ट आन्दोलनको मुल प्रवाह नेकपा एमालेलाई पुनः बहुमतसहित पहिलो पार्टी बनाउनुपर्नेमा जोड दिए।
कार्यशालामा एमाले सचिव पद्मा अर्याल र स्थायी कमिटी सदस्य खगराज अधिकारीले कार्यपत्र प्रस्तुत गर्दै दक्षिणपन्थी अवसरवाद र संगठनात्मक अराजकतालाई परास्त गर्दै पार्टी एक हुनुपर्ने उल्लेख गरे। कार्यपत्रमाथि ११ जिल्ला र मोर्चा संगठनले समुहगत छलफल गर्दै सुझाव दिएका थिए।
प्रदेश कमिटी अध्यक्ष नवराज शर्माको अध्यक्षतामा भएको कार्यक्रममा स्थायी कमिटी सदस्यहरु कर्ण थापा, भानुभक्त ढकाल, गण्डकी प्रदेश कमिटी उपाध्यक्ष मोहन प्रसाद रेग्मी, सचिव धनञ्जय दवाडी, उपसचिव रश्मी आचार्य लगायतले बोलेका थिए। आइतबार शुरु कार्यशालामा प्रदेशका ११ वटै जिल्लाका अध्यक्ष, सचिव, संगठन विभाग प्रमुख, प्रदेशमा रहेका केन्द्रिय सदस्य, प्रदेश कमिटीका पदाधिकारी, २२ वटै जनवर्गिय संगठनका प्रदेश अध्यक्ष लगायतको सहभागिता रहेको थियो।
सम्बन्धित खबर
तनहुँको छिर्कनेमा हाईस दुर्घटना, ८ जना घाइते
तनहुँ गाछेपानीमा ओभर स्पीड भ्यानले डिभाइडर नाघेर स्कूटरलाई ठक्कर दिँदा दुईको मृत्यु
तनहुँमा टिप्परको ठक्करबाट मोटरसाइकल चालक रूपाका धर्मराजको मृत्यु
त्रिशूली नदीमा पौडी खेल्नेक्रममा एक बालक बेपत्ता, एकको सकुशल उद्धार
पोखरा-बन्दीपुरबीच पर्यटकीय साझेदारी
डुम्रेमा भएको दुर्घटनामा २१ जना घाइते, दुईको अवस्था गम्भीर
यो पनि पढौँ
मर्दी हिमाल पदयात्रामा गएका पोखराका तीन युवक बादलडाँडा क्षेत्रबाट सम्पर्कविहीन
दुई किशोरीलाई गेस्ट हाउसमा लगेर सामूहिक बलात्कार गरेको आरोपमा दुई जना पक्राउ
बसले ठक्कर दिँदा सुनकोशीमा खसेकाे कारभित्र ४ यात्रु रहेको खुल्यो
गण्डकीका प्रदेश प्रमुख भट्टले गरे गाँजा विधेयक प्रमाणीकरण