गण्डक न्यूज डटकम सन् २०१७ देखि सञ्चालित प्रेस काउन्सिलमा सूचीकृत र सूचना विभागमा दर्ता गरिएको गण्डक नेपाल मिडिया (प्रा.) लि. को अनलाइन न्यूज पोर्टल हो । मूख्यतः यस प्रदेशको गतिविधिमा केन्द्रित रही पोखराबाट सञ्चालनमा रहेको छ ।
गण्डक न्यूज ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गरिरहेको छ । यो निरपेक्ष रुपमा निष्पक्षताको नारा दिएर अघि बढेको छ । ‘हामी कोहि एक्लैको होइनौं, हाम्रो कोहि एक मात्र छैन’ भन्ने मूलमन्त्र आत्मसात् गरी समाचार सम्प्रेषण गरिरहेको छ ।
शारीरिक सुगठनका खेलाडी कमल भण्डारी वर्ष २०७४ मा सर्वोत्कृष्ट खेलाडी बनेका छन् । तेस्रो टिभिएस अपाचे पोखरा स्पोर्टस् अवार्डमा वर्ष उत्कृष्ट खेलाडी पुरुषतर्फ अवार्डका साथ उनले टिभिएस अपाचे मोटरसाइकल जित्न सफल बने ।
मनोनयनमा परेका तीन जना मध्ये प्रत्येक विधाबाट सर्वोत्कृष्ट चयन गरी अवार्ड प्रदान गरिएको हो । वर्ष उत्कृष्ट पुरुष खेलाडीमा भण्डारी सहित क्रिकेटका करण केसी, आर्चरीका तिलकबहादुर पुन मनोनयनमा परेका थिए ।
नेपाल खेलकुद पत्रकार मञ्च, कास्कीको आयोजनामा पोखरा सभागृहमा भएको कार्यक्रममा युवा तथा खेलकुद मन्त्री जगत विश्वकर्मा, मुख्य प्रायोजक टिभिएसका नेपालकै आधिकारिक विक्रेता जगदम्बा मोटर्स प्रा.लि.का उपाध्यक्ष दीपक कुमार अग्रवाल, गण्डकी धौलागिरी अधिकृत विक्रेता बतास ब्रदर्श प्रालिका निर्देशक प्रमेश पराजुली, क्षेत्रीय खेलकुद विकास समितिका अध्यक्ष खगराज पौडेल लगायतले पुरस्कार वितरण गरे ।
१७ वर्ष अघिदेखि बडि बिल्डिङमा होमिएका कमल भण्डारी गत वर्ष मंगोलियामा आयोजित शारीरिक सुगठनको वल्र्ड च्याम्पियनशीपमा सहभागी भए । र छैटौं स्थानमा रहे । २०७४ सालमै दक्षिण कोरियामा ५५ केजी तौल समूहमा काँस्य पदक जित्दै नेपालको नाम लेखाएर फर्किए ।
पोखरामा जिम हल औंलामा गन्न सकिने बेलामा यस क्षेत्रमा होमिएका भण्डारीले पहिलो पटक २०६० सालमा मिस्टर पोखरामा ५५ केजी तौल समूहमा काँस्य पदक जितेका थिए । त्यसपछि अहिलेसम्म खेल दौरानमा १६ स्वर्ण, ६ रजत र ५ काँस्य जितिसकेका छन् । २०७३ सालमा दोस्रो मिस्टर बुल्समेनमा ५५ केजी तौल समूहमा स्वर्ण जिते । १४ औं धर्मश्रीमा आफ्नो तौल समूहमा प्रथम भएका थिए । मिस्टर हिमालयमा समेत स्वर्ण जित्दै एकै वर्षमा ह्याट्रिक गरेका थिए । पाँचौ राष्ट्रिय शारीरिक सुगठनमा उनले काँस्य जितेका थिए ।
गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युबलगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।
सम्बन्धित खबर
‘मिडिया कप फुटसल’को तयारी पूरा, बचत रकम बाढी प्रभावितलाई
नेपाल एसीसी प्रिमियर कप जित्दै एसिया कपमा छनोट
पोखरामा असोज २ र ३ गते गण्डकी प्रदेशस्तरीय ‘मिडिया कप फुटसल प्रतियोगिता’
नेपालका रवीन्द्र ढाँट इतिहास रच्दै रोड टु युएफसी सिजन–५ को फाइनलमा
प्रथम पीसीएम राष्ट्रिय जुनियर टेनिसको उपाधि शास्वत र आर्याशलाई
पोखरामा पीसीएम राष्ट्रिय जुनियर टेनिस प्रतियोगिता जारी, यू १६ तर्फ सुरेन्द्र च्याम्पियन
यो पनि पढौँ
अष्ट्रेलियामा अन्तर्राष्ट्रिय विद्यार्थीलाई थप कडाई, परिवार लैजान रोक !
रवि लामिछानेको मुद्दा फिर्ता गर्न अनुमति दिने न्यायाधीश अवकासको चार दिनअघि बढुवा
सुजल डेरीद्वारा पोखराको लेकसाइडमा ‘लभबर्ड्स प्रिमियम आइसक्रिम’ को चौथो पार्लर सञ्चालन
नुहाउने क्रममा आँधीखोलामा बेपत्ता भएकी महिला मृत फेला