पोखरा । एसोसियसन अफ प्राइभेट हेल्थ इन्स्टिच्युट अफ नेपाल (अफिन) गण्डकी प्रदेशले नवनिर्वाचित केन्द्रीय समितिलाई बधाई तथा शुभकामना दिएको छ । साउन २८ भएको अफिनको केन्द्रीय महाधिवेशनमा गण्डकी प्रदेशका डा. पदमबहादुर खड्का अध्यक्षमा निर्वाचित भएका थिए ।
अफिन गण्डकीले पोखरामा एक कार्यक्रमको आयोजना गरी केन्द्रीय समितिमा गण्डकीबाट प्रतिनिधित्व गर्नेहरुलाई बधाई तथा शुभकामना व्यक्त गरेको हो । केन्द्रीय अध्यक्ष खड्कासहित केन्द्रीय उपाध्यक्ष (गण्डकी) हरिबहादुर खड्का र सदस्य सुशील पौडेललाई अफिन गण्डकीका अध्यक्ष अशोक पालिखे, सल्लाहकार ऋषि ढकाल, महासचिव ऋषि खतिवडा, सदस्य अधिवक्ता विश्व घिमिरेले माला र खादा लगाएर शुभकामना दिएका हुन् ।
‘हस्पिटलमा शव तेर्साएर आन्दोलन गर्ने एकथरीको नयाँ व्यवसाय छ’
कार्यक्रममा अफिन गण्डकीका अध्यक्ष अशोक पालिखेले पोखरामा मृतकको शव प्रयोग गरेर विना लगानी पैसा कमाउने नयाँ व्यवसाय फस्टाएको बताए ।
‘‘अहिले एउटा नयाँ व्यवसाय आइरहेको छ पोखरामा, बिना लगानी पैसा कमाउने । त्यो भनेको कुनै हस्पिटलमा कुनै बिरामी म¥यो भने उसको अभिभावक या नातेदारहरू बिरामी लैजान तयार हुन्छन्, शव पनि लगिसक्छन् । बीचमा केही व्यक्तिहरू निस्किन्छन्, शव हस्पिटल फर्काउँछन् अनि पैसा माग्छन्’, अध्यक्ष पालिखेले भने ।

उपचारको क्रममा मृत्यु भएका व्यक्तिका आफन्तलाई उचालेर यति पैसा दिने भए देऊ नत्र हस्पिटल तोडफोड गर्छौ भनेर गैह्र कानुनी तवरले बार्गेनिङ गर्ने कार्यमा केही व्यक्तिहरू लागेको आरोप पालिखेको छ। फिस्टेल हस्पिटलका सञ्चालकसमेत रहेका पालिखेले हस्पिटलले गल्ती गरेको भए हस्पिटललाई कारबाही हुनुपर्ने र डाक्टरको गल्ती प्रमाणित भए लाइसेन्स नै खारेज गर्नुपर्ने तर हल्ला फैलाएर बार्गेनिङ गर्ने कार्यलाई निरुत्साहित गर्नुपर्ने बताए ।
‘यदि हस्पिटलले गल्ती गरेको छ भने हस्पिटललाई कारबाही गरियोस् । डाक्टरले गल्ती गरेको छ भने स्पष्टीकरण सोधियोस् । डाक्टरको १०० प्रतिशत गल्ती छ भने लाइसेन्स खोसियोस् । हामी त्यो भन्छौँ तर बीचमा बसेर पैसा माग्ने बोकेर लागेको लासलाई फिर्ता ल्याएर हस्पिटलमा राखिदिने अनि विभिन्न हल्ला गरिदिने यस्ता खालका परिपाटीलाई निरुत्साहन गर्न जरुरी छ’, अध्यक्ष पालिखेको भनाई छ ।
फरक प्रसङ्गमा अध्यक्ष पालिखेले अहिले हस्पिटल अस्थायी तर त्यहाँ काम गर्ने कर्मचारी स्थायी जस्तो अवस्थामा देखिएको बताए । श्रम ऐनले हस्पिटल अस्थायी तर त्यहाँ काम गर्ने कर्मचारी स्थायी गरिदिनुपर्ने भनेको भन्दै उनले हस्पिटल बन्द भए पनि कर्मचारी पाल्दिन पर्ने हो कि भन्ने जस्तो व्यवस्था श्रम ऐनमा देखिएको बताए ।
श्रम ऐन सँगै अस्पतालहरू हरेक वर्ष नवीकरण गर्नुपर्ने, बेड क्षमताअनुसारका मापदण्ड लगायतका नेपाल सरकार र स्वास्थ्य मन्त्रालयका नीतिहरू व्यवहारिक नभएको भन्दै उनले त्यस्ता कुराहरूमा परिमार्जन गरिनुपर्ने बताए । स्वास्थ्य सेवा विभागले अस्पतालमा गर्ने निरीक्षण स्वास्थ्य र बिरामीको उपचारसँग सम्बन्धित नभई अनावश्यक कुरा तर्फ हुने गरेको आरोप समेत उनले लगाए ।
कार्यक्रममा अफिनका नवनिर्वाचित केन्द्रीय अध्यक्ष पदमबहादुर खड्काले आफूलाई जिम्मेवारी प्रदान गर्ने सबैलाई आभार प्रकट गर्दै अबको २ वर्ष दत्तचित्त भएर निजी अस्पतालको हितमा काम गर्ने प्रतिबद्धता जनाए ।
चुनावका क्रममा तय गरेका ७ बुँदे घोषणापत्र मध्येका हस्पिटल नवीकरण, मापदण्ड लगायतका मुख्य प्राथमिकताका कुराहरू तीन महिनाभित्रमा परिपत्र गराउन सक्ने अवस्थामा रहेको खड्काले बताए । त्यसका लागि प्रधानमन्त्री र स्वास्थ्य मन्त्रीलाई भेटेर ज्ञापन पत्र बुझाइसकेको भन्दै अध्यक्ष खड्काले छिटो भन्दा छिटो समस्याको समाधान हुने विश्वास व्यक्त गरे ।
बझाङबाट पोखरा आएर २८ वर्ष बिताएको र पोखरामै सक्रिय हिसाबले निरन्तर लागिरहेको अवस्थामा सबैको विश्वासले आफ्नो जीत भएको भन्दै उनले जीतले थप जिम्मेवारी महसुस गराएको बताए ।
पोखराका निजी अस्पतालका डाक्टर तथा प्रतिनिधिहरू सहभागी रहेको कार्यक्रमको सञ्चालन अफिन गण्डकीका महासचिव ऋषि खतिवडाले गरेका थिए ।
सम्बन्धित खबर
छैटौं टाइगर कपमा २२ लाख ६५ हजार रुपैयाँ बचत
आलु महोत्सव सकियाे, ५ करोडको कारोबार
यसरी फेरिँदैछ रुपाको रुप
१० औं पोखरा स्पोर्ट्स अवार्डको टाइटल स्पोन्सर ‘रारा तयारी चाउचाउ’
गण्डकीमा मन्त्रिमण्डल पुनर्गठनः एमाले र कांग्रेसबाट यी हुन् नयाँ मन्त्री
गण्डकी मन्त्रिपरिषद् हेरफेरः मुख्यमन्त्रीबाहेक सबै मन्त्री फेरिए
यो पनि पढौँ
ओली र लेखकलाई पक्राउ गर्न ‘हतार’ भएको गृहमन्त्री सुधन गुरुङद्वारा स्वीकार
सुदनले साधारण सदस्य समेत नरहने गरी पार्टी छाडे
शेखरले गगनलाई स्वीकार्दै , शशांक र धनराजसहितले छोडे देउवा समूह
अनुभवहीन नयाँ पात्रको उदयले लोकतन्त्र र राष्ट्रिय स्वाभिमानमाथि प्रश्न उठ्यो: पूर्वराष्ट्रपति भण्डारी