पोखरामा शुक्रबार भिषण वर्षाको कारण नालीले बगाएर एक बालकको ज्यान गएको छ । वडा नम्बर १६ सुन्दरफिड नजिकैको नालामा परी पोखरा १९ काउरेका ११ वर्षीय बालक रविन तिवारीको मृत्यु भएको हो ।
राति ८ बजे रविन सडकबाट चिप्लिएर नालामा खसेका थिए । रविन आफ्नी आमा र दिदीसँग दर खाएर फर्कने क्रममा उक्त घटना भएको हो । प्रत्यक्षदर्शीका अनुसार बाटोमा हिँडिरहँदा रबिन निर्माणाधीन सडकको नालीमा सिधै खसेर बेपत्ता भएका थिए । स्ल्याबले नछोपिएको उक्त नाली पानीको भेलले सडककै तहमा भरिएको थियो । बाटो नदेखिएकाले अकस्मात् नालीमा खसेर बालकलाई बगाएको स्थानियबासीले बताएका छन् । घार्मीदेखि आएको भलले नाली पुरै पुरिएको थियो ।

तिवारी फर्निचरका संचालक राम्जी तिवारीको छोरा रबिनलाई २ घण्टा खोजीकार्य गरेपछि तल भेटिएका थिए । उनलाई लगत्तै मनिपाल अस्पताल लगिएकोमा पहिल्यै निधन भइसकेको बताएको वडा अध्यक्ष अमृत तिमिल्सिना शर्माले जानकारी दिएका छन् ।
पोखरा १६ दीप देखि लामाचौर, बाटुलेचौर सडक खण्डका नाली अत्यन्त असुरक्षित छ । यसअघि पनि २ जनाको ज्यान गएको समाचार सार्वजनिक भइसकेको छ ।
२०७४ असोज १ गते पोखरा १६ लामाचौर, गैराबारीका ५६ वर्षिय कृष्णबहादुर थापाको खत्री डहरको भेलमा परेर नालीमा डुबेर ज्यान गएको थियो । यस्तै, सोहि वर्ष कार्तिक ४ गते पोखरा १९ का पिजन पुन र श्रवण पुन ग१३प ३११० नम्बरको बाईकमा चढेर लामाचारको डब्लूआरसी पुग्ने बेला नालीमा खस्न पुग्दा पिजन गायब भएका थिए भने श्रवण उछिट्टएिर बाँच्न सफल भएका थिए । बाइक उपल्लो दीपमा फेला परेको थियो ।
सम्बन्धित खबर
छैटौं टाइगर कपमा २२ लाख ६५ हजार रुपैयाँ बचत
आलु महोत्सव सकियाे, ५ करोडको कारोबार
यसरी फेरिँदैछ रुपाको रुप
१० औं पोखरा स्पोर्ट्स अवार्डको टाइटल स्पोन्सर ‘रारा तयारी चाउचाउ’
गण्डकीमा मन्त्रिमण्डल पुनर्गठनः एमाले र कांग्रेसबाट यी हुन् नयाँ मन्त्री
गण्डकी मन्त्रिपरिषद् हेरफेरः मुख्यमन्त्रीबाहेक सबै मन्त्री फेरिए
यो पनि पढौँ
सुदनले साधारण सदस्य समेत नरहने गरी पार्टी छाडे
सरकारको उल्टो कदमः पहिले विद्यालयमा डोजर लगायो, ४ दिनपछि सहयोग गर्ने सूचना निकाल्यो
भारत नरकको ढोका हो: अमेरिकी राष्ट्रपति ट्रम्प
सरकारले हटायो काठमाडौं महानगरका अव्यवस्थित बस्ती