पोखरा । नेपाली काँग्रेसका महामन्त्री गगन थापा काठमाण्डाै छाडेर कास्कीबाट चुनाव लड्न अघि सरेका छन् । कास्की क्षेत्र नम्बर १ बाट प्रतिनिधिसभा सदस्य उम्मेदवारका लागि थापाकाे आवेदन परेको छ ।
काँग्रेस कास्की १ क्षेत्रीय समितिको बैठकमा थापालाई उम्मेदवार बनाउन प्रस्ताव गरिएको हो । समितिले आकांक्षीहरूलाई बुधबार ३ बजेसम्म नाम प्रस्ताव गर्न आह्वान गरेको थियाे । प्रतिनिधिसभाकाे प्रत्यक्षतर्फ १७ जनाकाे आवेदन परेको छ ।
थापाको तर्फबाट नेपाली कांग्रेस कास्कीका सचिव भानु ढकालले हस्ते दस्तखत गरी आवेदन हालेका छन् । सचिव ढकालले स्थानीय नेता कार्यकर्ताको चाहना अनुसार महामन्त्री थापालाई कास्की १ बाट प्रत्यक्ष उम्मेदवार बनाउन आवेदन दिएकाे जानकारी दिए ।
कास्की १ बाट प्रत्यक्ष उम्मेदवार बन्न सहमहामन्त्री जीवन परियार, पूर्वमन्त्री यज्ञबहादुर थापा लगायतले इच्छा जाहेर गरेका छन् । पूर्वसभामुख तारानाथ रानाभाट समानुपातिकमा नाम पठाएका छन् ।
थापा काठमाडौं क्षेत्र नम्बर ४ बाट चुनाव जित्दै आएका छन्। कास्कीकाे १ नम्बर क्षेत्र एमालेले जितेकाे क्षेत्र हाे । पछिल्लाे निर्वाचनमा पूर्वमन्त्री खगराज अधिकारीले जितेका हुन् ।
थापाको सचिवालयका अनुसार थापा यसपालि पनि काठमाडौं क्षेत्र नम्बर ४ मै उम्मेदवारी दिने तयारीमा छन्। थापाले काठमाडौं ४ मा उम्मेदवार हुन क्षेत्रीय समितमा स्वयं आवेदन पनि दिइसकेका छन्। तर, कास्कीमा सचिव भानु ढकालले किन हस्ते आवेदन दर्ता गरे ? कार्यकर्ता पंक्ति जिल्ल परेका छन् ।


प्रतिनिधिसभा कास्की क्षेत्र न. १ मा नेपाली कांग्रेसबाट प्रत्यक्ष तर्फका आकांक्षी उम्मेदवारहरु :
१, कृष्ण बहादुर केसी
२, गुरु प्रसाद बराल
३, सुदिप मोहन भट्टराई
४, जीबन परियार
५, तिलक बहादुर रानाभाट
६, बिश्व घिमिरे
७, वीर बहादुर बुढाथोकी
८, कृष्ण कार्की
९, राम बाबु भण्डारी
१०, डा दीपक सुवेदी
११, होम बहादुर बसेल बिमल
१२, सुनिल गुरुङ्ग
१३, किशोरदत्त बराल
१४, चतुराखर अधिकारी
१५, सरस्वती गुरुङ्ग
१६, गगन कुमार थापा
१७, यज्ञ बहादुर थापा
समानुपातिक तर्फ :
१, तारानाथ रानाभाट
२, सरस्वती गुरुङ्ग
३, तिर्थ जङ्गली
४, राज कुमार गुरुङ्ग
५, सुर्य प्रसाद भण्डारी
६, खलिल मिया
७, बिन्दु भण्डारी
८, ई.राम बहादुर केसी
९, तर्क जङ्ग गुरुङ्ग
सम्बन्धित खबर
प्रतिभा सुपर लिग क्रिकेट सुरू, प्रतिभा र बाल मन्दिरको विजयी सुरूवात
पुलिसलाई हराउँदै न्यू डायमण्डले जित्यो टाइगर कपको महिलातर्फको उपाधि
होराइजन क्लब वालिङ्ले जित्यो २६ औं आदर्श कप
प्रेस चौतारी पत्रकारिता पुरस्कार रामजीलाई, विष्णुलाई सम्मान
पोखराका पत्रकारद्वय धन र सागरलाई टंकादेवी–तुलसीप्रसाद पत्रकारिता पुरस्कार
प्रतिभा माविमा गणित हाजिरीजवाफ
यो पनि पढौँ
स्याङ्जाको बैंकमा सुरक्षा गार्डमाथि चक्कु प्रहार, एक युवक पक्राउ
प्रतिभा माविमा गणित हाजिरीजवाफ
जसले संसद भवन जलायो, रास्वपाले मोरङ–२ मा उसैलाई उम्मेदवार बनायो
कान चुँडाएर सुन लुट्ने गिरोह पक्राउ, मुख्य नाइके जेन-जी आन्दोलनमा हिरासतबाट भागेका तामाङ