पोखरा । पवनकुमार प्रजापति समूहले उद्योगी व्यवसायीहरुको लागि समर्पित भएर लाग्ने प्रतिबद्धता जनाएको छ । पोखरा उद्योग वाणिज्य संघको आयोजनामा भएको उम्मेदवार परिचय कार्यक्रममा बोल्दै अध्यक्ष प्रत्यासी पवनकुमार प्रजापतिसहित सम्पूर्ण पदाधिकारी र सदस्यहरुले आफ्नो प्रतिबद्धता सुनाएका हुन् ।
परिचय कार्यक्रममा उनीहरुले संघको गरिमा र उद्योगी व्यवसायीहरुको समस्या समाधानमा सदैव लाग्ने भन्दै आफ्नो समूहको पक्षमा मत मागेका थिए ।
पोखरा उद्योग वाणिज्य संघको आसन्न ३४ औँ महाधिवेशनमा आफ्नो प्यानलसहित प्रतिस्पर्धामा उत्रिएका अध्यक्ष प्रत्यासी पवनकुमार प्रजापतिले १७ बुंदे घोषणापत्रमा उल्लेख सबै प्रतिबद्धताहरु अक्षरस कार्यान्वयन गर्ने बताए । म महासंघमा लामो समयदेखि विभिन्न पदमा रहेर काम गर्दै आएको छु । र, उद्योगी व्यवसायीहरुको समस्याप्रति मैले यसअगाडि पनि गम्भिर भएर काम गर्ने गरेको छु । यो पटक मैले अध्यक्षमा उम्मेदवारी दिईरहँदा अझै बढि जिम्मेवार भएर उद्योगी व्यवसायीको पक्षमा काम गर्ने प्रतिबद्धता व्यक्त गर्न चाहन्छु । प्रजापतिले भने सबै उद्योगी व्यवसायीहरुलाई म लगाएत मेरो टिममा रहेका पदाधिकारी र सदस्यहरुलाई मत दिएर जिताउन अनुरोध पनि गर्दछु ।
त्यस्तै वरिष्ठ उपाध्यक्षका प्रत्यासी गोकर्ण कार्कीले सबैभन्दा उपयुक्त नेतृत्वलाई आफूहरुले समर्थन गरेर प्यानल बनाएको उल्लेख गर्दै समूहमा रहेका सबैजना संघका लागि आवश्यक र सक्षम व्यक्ति भएको दाबी गरे । उपाध्यक्ष उद्योग तर्फका उम्मेदवार हिरामणी पण्डितले संघका लागि सोँच्ने र काम गर्ने नेतृत्वसहितको समूहलाई रोज्न मतदाताहरुसमक्ष आग्रह गरे । वाणिज्यतर्फ उपाध्यक्षमा उम्मेदवारी दिएका उत्तममान बुद्धाचार्यले संघको समुन्नत विकासका लागि पवनकुमार प्रजापति समूह नै सबैभन्दा उत्कृष्ट समूह भएको बताए ।

प्रजापति प्यानलबाट महासचिव पदमा उम्मेदवारी दिएका बलराम आचार्यले संघको गरिमा कायम गरि आर्थिक स्रोत बढाउन आफूहरुलाई जिताउन आग्रह गरेका थिए । त्यस्तै कोषाध्यक्ष पदका उमेदवार दिनेशचन्द्र बाँस्तोलाले संघको आर्थिक स्रोत विकासमा आफूहरु दत्तचित्त भएर लाग्ने प्रतिबद्धता सुनाए । उपमहासचिव पदमा उम्मेदवारी दिएकी शोभा गौतमले संघलाई समानुपातिक र व्यवस्थित गराउन आफूहरुले उम्मेदवारी दिएको बताईन् ।
पवनकुमार प्रजापति समूहबाट सदस्य पदका लागि उम्मेदवारी दिएका प्रभा सुवेदी, बालकृष्ण कोईराला, बिनोद केसी, भीम गौतम, मनोजकुमार श्रेष्ठ, यमनाथ तिमिल्सिना, रामचन्द्र शर्मा, ललितबहादुर कुँवर, सुदीप ओझा र सुदीप प्रधानांगले आ आफ्ना प्रतिबद्धताहरु सुनाएका थिए । प्रजापति समूहबाट सदस्य पदमा उम्मेदवारी दिएका सुदीप ओझाले भने आफू आइटी क्षेत्रको व्यवसायी भएकोले संघलाई प्रविधिमैत्री बनाउन आफूले भुमिका खेल्ने बताए ।
भदौको २४ र २४ गते पोखरा उद्योग वाणिज्य संघको ३४ औँ महाधिवेशनमा प्रजापति समूहलाई अधिकांश उद्योगी व्यवसायीहरुले समर्थन जनाएको चुनाव प्रसार सचिवालयले जनाएको छ ।

सम्बन्धित खबर
एन प्याब्सनको बृहत् बाल प्रतिभा पहिचान महोत्सव तथा खेलकुद, १५ सय विद्यार्थी प्रतिस्पर्धा गर्दै
पोखराका मेयरको घरमा आगजनी र लुटपाट गर्ने रास्वपाका वडा सभापतिसहित ४ जना कारागार चलान
पश्चिमाञ्चल इन्जिनियरिङ क्याम्पसमा पहिलो सेमेस्टरका नयाँ विद्यार्थीलाई अभिमुखीकरण
पोखरा उद्योग व्यापार मेलाको आकर्षण: क्यान इन्फोटेक-२०८२, UNV ले गर्यो सहकार्य
पर्यटन प्रवर्द्धन गर्न पोखरामा दाइँ महोत्सव
शान्ति निकेतन विद्यालयमा वार्षिक खेलकुद महोत्सव सुरु
यो पनि पढौँ
पोखराका मेयरको घरमा आगजनी र लुटपाट गर्ने रास्वपाका वडा सभापतिसहित ४ जना कारागार चलान
कास्कीका प्रमोद ढकाललाई यौन दुरुपयोग गरेको अभियोगमा बेलायतमा २५ वर्षको जेल सजाय
प्रेमीको हत्या गरेपछि २० वर्षीया युवतीले गरिन् शवसँग बिहे
एभरग्रीन एकेडेमीका विद्यार्थीले प्रस्तुत गरे ‘कल्चरल शो’