पाेखरा । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) ले आफू नचाहेर प्रधानमन्त्री नभएको बताएका छन् । शुक्रबार प्रेस सेन्टर नेपालले पोखरामा आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा बोल्दै प्रचण्डले आफूले चाहने हो भने अहिले तुरुन्तै प्रधानमन्त्री हुन सक्ने बताए ।
प्रचण्डले आउने चुनाव पछि पनि आफ्नो प्रधानमन्त्री बन्ने हाल कुनै सोच नरहेको बताए । यस विषयमा कुनै छलफल पनि नभएको उनको भनाइ छ । निर्वाचनको परिणामले मात्र त्यो कुरा निर्धारण गर्ने उनले बताए ।
‘मैले धेरै पहिलेदेखि भनेको छु, प्रधानमन्त्रीकै इच्छा गरेको भए २०७४ मै पाँचै वर्षका लागि म प्रधानमन्त्री हुन सक्थें। मेरा लागि त्यो ढोका खुला थियो। तर मैले वाम एकतालाई ठूलो माने र विकास ठूलो भनेर त्यसबेला प्रधानमन्त्री छाडेको हो,’ उनले भने, ‘प्रधानमन्त्री को बन्ने भन्ने विषयमा हाम्रो छलफल भएको पनि छैन गर्ने पक्षमा पनि अहिले छैन। अहिले पनि प्रधानमन्त्री बन्न चाहने हो भने बन्ने स्थिति छ तर म बन्न हुन्न। देशका लागि फाइदाजनक हुन्न। त्यसकारण म अहिले प्रधानमन्त्रीको रेसमा छैन भनेको छु। अब चुनावपछि के हुन्छ चुनावी परिणामले देखाउँछ।’
उनले प्रधानमन्त्री हुने इच्छा गरेको भए २०७४ मा पाँचै वर्षका लागि आफू प्रधानमन्त्री हुन सक्ने दाबी गरेका थिए। तर पार्टी र विकास हेरेर आफू त्यसबेला प्रधानमन्त्री नबनेको प्रचण्डको दाबी थियो।
वर्तमान निर्वाचन प्रणालीमा दलालहरूकै हाबी हुने भएकोले यसले परिवर्तन नहुने उनले बताए । त्यसैले यो शासन प्रणालीलाई बदल्न कार्यकारी प्रमुख हुने निर्वाचन प्रणाली आवश्यक रहेको उनको भनाइ छ । त्यसको लागि माओवादीले संघर्ष गर्ने उनले बताए ।
आफूले गर्ने भनेको संघर्ष सशस्त्र नभई शान्तिपूर्ण हुने उनले बताए । अहिलेको शासन व्यवस्थाको गलत पक्षको बारेमा जनतालाई बुझाएर निर्वाचन प्रणाली र शासकीय स्वरूप परिवर्तनका लागि शान्तिपूर्ण आन्दोलन गर्ने उनले प्रष्ट पारे ।
कास्कीबाट चुनाव लड्नेबारे साेधिएकाे प्रश्नमा उनले अहिले विभिन्न जिल्लाबाट माओवादी पार्टीले मात्र होइन आफूलाई अन्य पार्टीका नेताले पनि आफ्नो जिल्लामा चुनाव लड्न आइदिनु पर्यो भनेर बोलाईरहेका सुनाए । तर, यस पटक आफू चितवन–३ बाटै चुनाव लड्ने बताए । यस पटक चितवनमा आफूले चुनाव जित्ने कुरामा झण्डै झण्डै कन्फिडेन्स जस्तै भएको उनकाे भनाई छ ।
सम्बन्धित खबर
पुस्तकालय व्यवस्थापन सम्बन्धी तालिम सम्पन्न
‘निट पत्रकारिता पुरस्कार’बाट कोइराला पुरस्कृत
पोखरामा सँगै मदिरा पिएपछि विवाद हुँदा साथीको हत्या, दुई जना पक्राउ
चरक मेमोरियल हस्पिटलको १३ औं वार्षिकोत्सवमा विविध कार्यक्रम
एन प्याब्सनको बृहत् बाल प्रतिभा पहिचान महोत्सव तथा खेलकुद, १५ सय विद्यार्थी प्रतिस्पर्धा गर्दै
पोखराका मेयरको घरमा आगजनी र लुटपाट गर्ने रास्वपाका वडा सभापतिसहित ४ जना कारागार चलान
यो पनि पढौँ
चरक मेमोरियल हस्पिटलको १३ औं वार्षिकोत्सवमा विविध कार्यक्रम
‘पोखरा विन्टर फेष्ट’ आगामी शनिबार, चर्चित भारतीय कलाकार सञ्जु राठोडको प्रस्तुती रहने
इन्धनबाट चल्ने गाडीहरु विस्थापन हुँदा सयौँ मजदुरहरु पलायन हुने स्थिति आयोः श्रेष्ठ
पोखरेललाई फकाउँदै ओली- घच्चमच्च भएको भए सरी, विरोधीले लखेटेका बेला साथ खोजेको हुँ