पोखरा । पोखरा थिएटरको गन्धर्व नाटकघरमा शुक्रबारबाट नाटक ’सुनकेशरी’ मञ्चन सुरु भएको छ । कर्णाली प्रदेशको प्रचलित लोक कथामा आधारित यो नाटक संस्कृतिविद् सत्यमोहन जोशीले लेखेका हुन्। मण्डला थिएटर नेपालद्धारा सञ्चालित थिएटर ल्याब दशौं व्याचका प्रशिक्षार्थीहरुको प्रस्तुतीमा तयार भएको नाटक असोज १ गतेसम्म मञ्चन हुनेछ । हरेक दिन साँझ ५ बजे र शनिबार अतिरिक्त्त सो दिउँसो १ बजे मञ्चन हुने पोखरा थिएटरका अध्यक्ष परिवर्तनले जानकारी दिए ।
नाटकमा प्रीतिसा अधिकारी, कृष्ण चौधरी, परिक्षा लिम्बु, खगेन्द्र साउद, रिता सैंजु, सुवास गिरी, मिलन कार्की, सुजिता सिवाकोटी, बलबहादुर राई, सञ्जिबजंग क्षेत्री, आर्य सुमन खड्का, रोशन लोहोरुङ राई, सुनील राई, उज्ववल राई, विवेक कट्वाल, नोर्देन ख्यूङ्वा लामा, रक्षा पाण्डे, अनुज्ञा रेग्मी, सविन गिरी, सलिना खत्री, किसम विर विक्रम थापा, अभिषेक राई, सुनील खड्का र रोसन अधिकारीको अभिनय हेर्न पाइन्छ । नाटकलाई आकर्षक बनाउन उनीहरुले गरेको मेहनत तारिफयोग्य छ ।
प्रत्यक्ष संगीतमा अंकित खड्का, सागर खाती, मिलन कार्की, सुदीप खतिवडा र विक्रम श्रेष्ठले साथ दिएका छन्। यो नाटकको परिकल्पना तथा निर्देशन राजन खतिवडाले गरेका हुन्।

सुनकेशरी कर्णाली प्रदेशको प्रचलित लोक कथामा आधारित नाटक हो । एक युवतिले आफ्नो सुन्दरताको कारण भोग्नुपरेका तितामिठा संघर्ष तथा अनुभवहरुको कथालाई नाटकमा बुनिएको छ । यो कथा लेखक जोशीले २०२७ सालमा कर्णालीमा सम्पन्न भएको लोक संस्कृति सर्वेक्षणको क्रममा कथा वस्तुको संकलन गरेका हुन् । जनजिब्रोमा जीवन्त भइरहेको कथालाई जोशीले नाटकीय रुप दिएका हुन्।
पोखरा थिएटरको आयोजनामा पोखरामा मण्डला थिएटर नेपालले नाटक मञ्चन गरेको हो । नाटक मञ्चनमा गण्डकी प्रज्ञा प्रतिष्ठान, पोखरा प्रज्ञा प्रतिष्ठान र पोखरा महानगरपालिका वडा नं.४ लगायतको सहकार्य रहेको छ । पहिलो सो हेर्न गण्डकी प्रज्ञा प्रतिष्ठानका कुलपति सुर्य खड्का बिखर्ची र पोखरा प्रज्ञा प्रतिष्ठानका कुलपति पदमराज ढकाल समेत थिएटर पुगेका थिए ।
यो नाटक १० वर्ष अगाडि मण्डला थिएटरले राजन खतिवडाकै निर्देशनमा मञ्चन गरेको थियो । नेपालका अलावा भारत र बंगलादेशमा समेत यो नाटक मञ्चन भइसकेको छ ।
यो नाटक आगामी कार्तिक १८ गतेदेखि मंसिर ४ गतेसम्म मण्डला नाटकघर काठमाडौंमा समेत मञ्चन हुनेछ ।
सम्बन्धित खबर
चाङ्गान नेभो Q05 पोखरामा सार्वजनिक, डीपल शोरुम पोखरामा ४ दिने टेस्ट ड्राइभ कार्यक्रम
कोरियाली कलाकार किमद्वारा बाढीपीडितलाई ५ हजार किलो चामल सहयोग
स्याङ्जामा चिप्लिएर नहरमा खसेका वृद्धको मृत्यु
माइक्रो बस र मोटरसाइकल ठोक्किँदा दुई जना घाइते
१८ वर्षअघि गर्भवती महिलाको मृत्यु प्रकरणमा एक महिला थुनामा, अर्की धरौटीमा छुटिन्
बालिका बेचबिखनको आरोपमा एक जना कारागार चलान
यो पनि पढौँ
तीज मनाउन भदैसँग माइत हिँडेकी महिलाको दुपट्टा मोटरसाइकल चक्कामा बेरिएर बाटैमा ज्यान गयो
स्याङ्जामा गोठमा अचेत भेटिएकी महिलाको मृत्यु
अष्ट्रेलियामा अन्तर्राष्ट्रिय विद्यार्थीलाई थप कडाई, परिवार लैजान रोक !
सुजल डेरीद्वारा पोखराको लेकसाइडमा ‘लभबर्ड्स प्रिमियम आइसक्रिम’ को चौथो पार्लर सञ्चालन