पोखरा । पोखरा थिएटरको गन्धर्व नाटकघरमा शुक्रबारबाट नाटक ’सुनकेशरी’ मञ्चन सुरु भएको छ । कर्णाली प्रदेशको प्रचलित लोक कथामा आधारित यो नाटक संस्कृतिविद् सत्यमोहन जोशीले लेखेका हुन्। मण्डला थिएटर नेपालद्धारा सञ्चालित थिएटर ल्याब दशौं व्याचका प्रशिक्षार्थीहरुको प्रस्तुतीमा तयार भएको नाटक असोज १ गतेसम्म मञ्चन हुनेछ । हरेक दिन साँझ ५ बजे र शनिबार अतिरिक्त्त सो दिउँसो १ बजे मञ्चन हुने पोखरा थिएटरका अध्यक्ष परिवर्तनले जानकारी दिए ।
नाटकमा प्रीतिसा अधिकारी, कृष्ण चौधरी, परिक्षा लिम्बु, खगेन्द्र साउद, रिता सैंजु, सुवास गिरी, मिलन कार्की, सुजिता सिवाकोटी, बलबहादुर राई, सञ्जिबजंग क्षेत्री, आर्य सुमन खड्का, रोशन लोहोरुङ राई, सुनील राई, उज्ववल राई, विवेक कट्वाल, नोर्देन ख्यूङ्वा लामा, रक्षा पाण्डे, अनुज्ञा रेग्मी, सविन गिरी, सलिना खत्री, किसम विर विक्रम थापा, अभिषेक राई, सुनील खड्का र रोसन अधिकारीको अभिनय हेर्न पाइन्छ । नाटकलाई आकर्षक बनाउन उनीहरुले गरेको मेहनत तारिफयोग्य छ ।
प्रत्यक्ष संगीतमा अंकित खड्का, सागर खाती, मिलन कार्की, सुदीप खतिवडा र विक्रम श्रेष्ठले साथ दिएका छन्। यो नाटकको परिकल्पना तथा निर्देशन राजन खतिवडाले गरेका हुन्।

सुनकेशरी कर्णाली प्रदेशको प्रचलित लोक कथामा आधारित नाटक हो । एक युवतिले आफ्नो सुन्दरताको कारण भोग्नुपरेका तितामिठा संघर्ष तथा अनुभवहरुको कथालाई नाटकमा बुनिएको छ । यो कथा लेखक जोशीले २०२७ सालमा कर्णालीमा सम्पन्न भएको लोक संस्कृति सर्वेक्षणको क्रममा कथा वस्तुको संकलन गरेका हुन् । जनजिब्रोमा जीवन्त भइरहेको कथालाई जोशीले नाटकीय रुप दिएका हुन्।
पोखरा थिएटरको आयोजनामा पोखरामा मण्डला थिएटर नेपालले नाटक मञ्चन गरेको हो । नाटक मञ्चनमा गण्डकी प्रज्ञा प्रतिष्ठान, पोखरा प्रज्ञा प्रतिष्ठान र पोखरा महानगरपालिका वडा नं.४ लगायतको सहकार्य रहेको छ । पहिलो सो हेर्न गण्डकी प्रज्ञा प्रतिष्ठानका कुलपति सुर्य खड्का बिखर्ची र पोखरा प्रज्ञा प्रतिष्ठानका कुलपति पदमराज ढकाल समेत थिएटर पुगेका थिए ।
यो नाटक १० वर्ष अगाडि मण्डला थिएटरले राजन खतिवडाकै निर्देशनमा मञ्चन गरेको थियो । नेपालका अलावा भारत र बंगलादेशमा समेत यो नाटक मञ्चन भइसकेको छ ।
यो नाटक आगामी कार्तिक १८ गतेदेखि मंसिर ४ गतेसम्म मण्डला नाटकघर काठमाडौंमा समेत मञ्चन हुनेछ ।
सम्बन्धित खबर
अवैध सालको काठसहित मिनि ट्रक नियन्त्रणमा
पुस ७ देखि अर्जुनचौपारीमा तीनदिने राष्ट्रपति रनिङ शिल्ड तथा शैक्षिक महोत्सव
रानीथुम्का आधारभूत विद्यालयमा महायज्ञ हुँदै
लामो समयदेखि फरार रहेका दुई प्रतिवादी पक्राउ
अर्जुनचौपारीमा एकदिने स्वास्थ्य शिविर
६ विद्यालयका एक सय १२ विद्यार्थीलाई न्यानो कपडा
यो पनि पढौँ
पोखरा रंगशालामा पनि फ्लडलाइट जडान गरिनेछः कुलमान घिसिङ
पोखरेललाई फकाउँदै ओली- घच्चमच्च भएको भए सरी, विरोधीले लखेटेका बेला साथ खोजेको हुँ
एमालेका युवराज र अष्टलक्ष्मीसहित तीन शीर्ष नेताले सक्रिय राजनीति छाडे
नवनियुक्त ४ मन्त्रीले लिए शपथ, को हुन् नयाँ मन्त्री?