पोखराको लामाचौरस्थित गण्डकी बोर्डिङ स्कुलमा कक्षा ८ मा अध्ययनरत एक विद्यार्थी सम्पर्कविहीन भएका छन् । केदारराज गौतम र प्रमिला गौतमका १३ वर्षीय छोरा समर्पण गौतम आज विहान साढे ९ बजेदेखि हराइरहेको पोखरा १६ का वडाध्यक्ष अमृत शर्मा तिमिल्सिनाले जानकारी दिएका छन् ।
बेपत्ता बालक समर्पणले घरमा एउटा चिट्ठी लेखेर छाडेको भेटिएको उनको ठुलो बुबा लेखनाथ गौतमलाई उदृत गर्दै समाचार सार्वजनिक भएको छ । उक्त चिठीमार्फत आफूलाई “पढ्न गाह्रो भएकाले घर छाडेको र खोजी नगर्न” आफन्तलाई उनले आग्रह गरेका छन्।
स्कूल हिँडेका छोराले लेखेको चिठी घरमा भेटेपछि उनका बुबा केदारराज गौतमले छोरो हराएको भन्दै खोजी गरिदिन प्रहरी तथा आफन्त र शुभेच्छुकहरुसँग आग्रह गरेका छन् । समर्पण पढाइमा मध्यम स्तरका विद्यार्थी रहेको बुझिएको छ ।
प्रहरी, स्थानीय बासिन्दा र आफन्तले उनी जान सक्ने स्थानहरुको पहिचान गरी खोजी गरिरहेका छन्। यदि कोहि कसैले उनलाई देखे वा फेला पारेमा नजिकको प्रहरीमा खबर गरिदिन वडाध्यक्ष तिमिल्सिनाले सामाजिक सञ्जाल फेसबुकमार्फत् आम जनसमुदायसमक्ष अनुरोध गरेका छन्।
यो घटनाले बालमनोविज्ञानमा पढाईले कति असर पु¥याएको छ भन्ने स्पष्ट पार्दछ । कलिला बच्चाहरुलाई उमेरले धान्न नसक्ने औपचारिक पढाईलेखाई कार्यकलापले निकै दबाब दिएको पुष्टि हुन्छ । अहिले बच्चाबच्चीहरु आफू भन्दा ठूला झोला बोकेर घोकन्ते पढाई आर्जन गर्न स्कूल जाने हो भन्दा अत्युक्ति नहोला । यसतर्फ विद्यालय, शिक्षक र स्वयं अभिभावक पनि सचेत हुन जरुरी छ ।
सम्बन्धित खबर
एन प्याब्सनको बृहत् बाल प्रतिभा पहिचान महोत्सव तथा खेलकुद, १५ सय विद्यार्थी प्रतिस्पर्धा गर्दै
पोखराका मेयरको घरमा आगजनी र लुटपाट गर्ने रास्वपाका वडा सभापतिसहित ४ जना कारागार चलान
पश्चिमाञ्चल इन्जिनियरिङ क्याम्पसमा पहिलो सेमेस्टरका नयाँ विद्यार्थीलाई अभिमुखीकरण
पोखरा उद्योग व्यापार मेलाको आकर्षण: क्यान इन्फोटेक-२०८२, UNV ले गर्यो सहकार्य
पर्यटन प्रवर्द्धन गर्न पोखरामा दाइँ महोत्सव
शान्ति निकेतन विद्यालयमा वार्षिक खेलकुद महोत्सव सुरु
यो पनि पढौँ
पोखराका मेयरको घरमा आगजनी र लुटपाट गर्ने रास्वपाका वडा सभापतिसहित ४ जना कारागार चलान
कास्कीका प्रमोद ढकाललाई यौन दुरुपयोग गरेको अभियोगमा बेलायतमा २५ वर्षको जेल सजाय
प्रेमीको हत्या गरेपछि २० वर्षीया युवतीले गरिन् शवसँग बिहे
एभरग्रीन एकेडेमीका विद्यार्थीले प्रस्तुत गरे ‘कल्चरल शो’