कास्कीको माछापुच्छ्रे गाउँपालिका, घाचोक स्थित एक बंगुर फार्ममा गत भदौ १४ गते युवतीमाथि सामूहिक बलात्कार गर्ने ९ जनामध्ये १ जना अझै प्रहरीले पक्रन सकेको छैन । त्यसैले, कास्की प्रहरीले यो घटना अहिलेसम्म सार्वजनिक गरेको छैन ।
भदौ १४ गते बिहान पोखरा मासबार स्थित शान्तिनगर चोकबाट युवतीलाई लिफ्ट दिँदा गन्तव्यमा नलगी सिधै घाचोक लगेर ९ जनाले सामूहिक बलात्कार गरेको २६ वर्षीया पीडित युवतीको जाहेरी छ ।
घटना के हो ?
प्रहरीमा पुगेको जाहेरी अनुसार रातमा लेकसाइड बसेपछि बिहानै डेरासम्म पुग्न चाहिरहेका बेला युवतीको अघि एउटा निजी गाडी आएर रोकियो । अनुप अधिकारीको नाममा रहेको बाग्मती प्रदेश ०१–०२६ च ९२१० नम्बरको गाडी थियो त्यो । चालकले बगरस्थित डेरासम्म पु¥याइदिने आश्वासनपछि उनी गाडी चढिन् । तर उनलाई घाचोक लगियो र माछापुच्छ्रे गाउँपालिका वडा नम्बर ३ स्थित राजीव जिसीको बंगुर फार्ममा लागि कर्मचारी बस्ने कोठाभित्र खाटमा ९ जनाले नै पटकपटक बलात्कार गरेको युवतीको जाहेरी छ ।
युवतीको भनाई उदृत गर्दै प्रहरी श्रोतले भनेको छ – भदौ १४ गते बिहान ६ बजेदेखि १५ गते दिउँसोसम्म ९ जनाले नै पटकपटक बलात्कार गरेको युवतीको भनाई छ ।
पक्राउ पर्नेमा माछापुच्छ्रे गाउँपालिका ३ घाचोक भलाबोटका २९ वर्षीय अनुप अधिकारी, वर्ष ३१ का अमृतज्यु ठकुरी, वडा नम्बर ३ घाचोक क्षेत्रीथर बस्ने वर्ष ३० का राजिब जिसी, घाचोक ३ भलाबोट बस्ने वर्ष २४ का सञ्जीत नेपाली, लाहाचोक ठकुरीथर बस्ने वर्ष २४ का सञ्जीव सञ्जु शाही, घाचोक लम्साल टोल बस्ने वर्ष ३० का सन्तोष दवाडी, घाचोक लम्साल टोलकै २० वर्षीय साजन दवाडी, घाचोक बस्ने वर्ष २८ का रामेश्वर धिताल छन् । एक जना अझै फरार छन् । लमजुङका ईश्वर श्रेष्ठ हालसम्म फरार रहेका हुन् । बलात्कारमा संलग्नहरु घाचोक र लाहाचोकका युवाहरु हुन् । पक्राउ परेका अधिकांश युवाहरु ठेकेदार र कामदार रहेको बताइएको छ।
पीडित ती युवतीले जिल्ला प्रहरी कार्यालय कास्कीमा १५ गते बेलुकी उजुरी दिएकी हुन् । कास्की जिल्ला अदालतमा उनीहरुलाई पहिलो पटक ७ दिन र दोस्रोपटक ५ दिन म्याद थप गरी अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
प्राप्त विवरण अनुसार, १३ गते दिउँसो घरबाट निस्केकी युवती नफर्किएपछि भदौ १४ गते खोजी गरिदिन प्रहरीकोमा खबर गरेका थिए । तर, प्रहरीले खोजी गरेन । सोहि दिन उनी सामूहिक बलात्कारमा परिन् । भोलिपल्ट १५ गते स्वयं युवती नै प्रहरीको सम्पर्कमा आएर उजुरी दिइन् ।
पक्राउ परेका युवाहरुले पीडित युवतीलाई ‘जहाँ गएर उजुरी गरे नि गर्’ भन्दै धम्क्याएको युवतीले बयान दिएकी छन् ।
सम्बन्धित खबर
१८ वर्षअघि गर्भवती महिलाको मृत्यु प्रकरणमा एक महिला थुनामा, अर्की धरौटीमा छुटिन्
बालिका बेचबिखनको आरोपमा एक जना कारागार चलान
बालेनसँगको बैठकबाट निस्किएलगत्तै समातिए किस्पाङ गाउँपालिका अध्यक्ष तामाङ
बाढीका मृतकको गहना लुट्नेहरू पक्राउ, हुनसक्छ ७ वर्षसम्म जेल
गरिमा चौधरीको हत्याका मुख्य अभियुक्त नाबालकको बयान भिडियो बाहिरिएपछि तरङ्ग
दुई किशोरीलाई गेस्ट हाउसमा लगेर सामूहिक बलात्कार गरेको आरोपमा दुई जना पक्राउ
यो पनि पढौँ
तीज मनाउन भदैसँग माइत हिँडेकी महिलाको दुपट्टा मोटरसाइकल चक्कामा बेरिएर बाटैमा ज्यान गयो
स्याङ्जामा गोठमा अचेत भेटिएकी महिलाको मृत्यु
अष्ट्रेलियामा अन्तर्राष्ट्रिय विद्यार्थीलाई थप कडाई, परिवार लैजान रोक !
सुजल डेरीद्वारा पोखराको लेकसाइडमा ‘लभबर्ड्स प्रिमियम आइसक्रिम’ को चौथो पार्लर सञ्चालन