पोखरा । फेवातालको ६५ मिटर मापदण्ड भित्र कुनै पनि नयाँ संरचना निर्माण नगर्न दिइएको महानगरको निर्देशन विपरीत पोखरा ६ खहरे स्थित दीपेन्द्र महर्जनको घरको तेस्रो तला ढलानमा प्रयोग भइरहेको ग१क ४८२२ नं. को रेडी मिक्स्चर महानगरपालिकाले नियन्त्रणमा लिएको छ ।
शनिवार पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्य स्वयम उपस्थित भएर सर्वोच्च अदालतको अन्तरिम आदेश बमोजिम फेवातालको ६५ मिटर मापदण्ड भित्र कुनै पनि नयाँ संरचना निर्माणमा रोक लगाएको विषय त्यस क्षेत्रका घरधनीहरूलाई जानकारी गराउनु भएको थियो । तर, त्यसको भोलि पल्ट नै स्थानीय दीपेन्द्र महर्जनले अदालत र महानगरको निर्देशन विपरीत नक्सा पास नै नगरी घरको तेस्रो तला ढलान गरेका छन् ।
महर्जनको घर ढलान भइरहेको सूचना प्राप्त भएपछि महानरका प्रहरीहरूले सई थापाको नेतृत्वमा सो स्थानमा पुगी फेवा रेडी मिक्स्चर प्रा.लिको मिक्स्चर सामान सहित नियन्त्रणमा लिएका हुन् । यस अधि पोखरा महानगरपालिकाले निर्माण व्यवसायीहरूलाई समेत कुनै पनि निर्माण कार्यमा सेवा प्रवाह गर्दै गर्दा त्यसको वैधता यकिन गर्न सूचना जारी गरेको थियो ।
सूचना अनुसार पोखरा महानगरपालिकाले तोकेका मापदण्ड विपरीत निर्माण भइरहेका कुनै पनि निर्माण कार्यमा संलग्न व्यवसायीहरूले त्यसको वैधता परीक्षण नगरी सेवा प्रवाह वा अवैध संरचना निर्माणलाई प्रोत्साहन गरेको पाइए निर्माणमा प्रयोग भैरेका निर्माण सामाग्री तथा सवारी साधनहरू जफत गर्नेछ ।
सम्बन्धित खबर
एन प्याब्सनको बृहत् बाल प्रतिभा पहिचान महोत्सव तथा खेलकुद, १५ सय विद्यार्थी प्रतिस्पर्धा गर्दै
पोखराका मेयरको घरमा आगजनी र लुटपाट गर्ने रास्वपाका वडा सभापतिसहित ४ जना कारागार चलान
पश्चिमाञ्चल इन्जिनियरिङ क्याम्पसमा पहिलो सेमेस्टरका नयाँ विद्यार्थीलाई अभिमुखीकरण
पोखरा उद्योग व्यापार मेलाको आकर्षण: क्यान इन्फोटेक-२०८२, UNV ले गर्यो सहकार्य
पर्यटन प्रवर्द्धन गर्न पोखरामा दाइँ महोत्सव
शान्ति निकेतन विद्यालयमा वार्षिक खेलकुद महोत्सव सुरु
यो पनि पढौँ
पोखराका मेयरको घरमा आगजनी र लुटपाट गर्ने रास्वपाका वडा सभापतिसहित ४ जना कारागार चलान
कास्कीका प्रमोद ढकाललाई यौन दुरुपयोग गरेको अभियोगमा बेलायतमा २५ वर्षको जेल सजाय
प्रेमीको हत्या गरेपछि २० वर्षीया युवतीले गरिन् शवसँग बिहे
एभरग्रीन एकेडेमीका विद्यार्थीले प्रस्तुत गरे ‘कल्चरल शो’