पोखरा । फेवातालको ६५ मिटर मापदण्ड भित्र कुनै पनि नयाँ संरचना निर्माण नगर्न दिइएको महानगरको निर्देशन विपरीत पोखरा ६ खहरे स्थित दीपेन्द्र महर्जनको घरको तेस्रो तला ढलानमा प्रयोग भइरहेको ग१क ४८२२ नं. को रेडी मिक्स्चर महानगरपालिकाले नियन्त्रणमा लिएको छ ।
शनिवार पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्य स्वयम उपस्थित भएर सर्वोच्च अदालतको अन्तरिम आदेश बमोजिम फेवातालको ६५ मिटर मापदण्ड भित्र कुनै पनि नयाँ संरचना निर्माणमा रोक लगाएको विषय त्यस क्षेत्रका घरधनीहरूलाई जानकारी गराउनु भएको थियो । तर, त्यसको भोलि पल्ट नै स्थानीय दीपेन्द्र महर्जनले अदालत र महानगरको निर्देशन विपरीत नक्सा पास नै नगरी घरको तेस्रो तला ढलान गरेका छन् ।
महर्जनको घर ढलान भइरहेको सूचना प्राप्त भएपछि महानरका प्रहरीहरूले सई थापाको नेतृत्वमा सो स्थानमा पुगी फेवा रेडी मिक्स्चर प्रा.लिको मिक्स्चर सामान सहित नियन्त्रणमा लिएका हुन् । यस अधि पोखरा महानगरपालिकाले निर्माण व्यवसायीहरूलाई समेत कुनै पनि निर्माण कार्यमा सेवा प्रवाह गर्दै गर्दा त्यसको वैधता यकिन गर्न सूचना जारी गरेको थियो ।
सूचना अनुसार पोखरा महानगरपालिकाले तोकेका मापदण्ड विपरीत निर्माण भइरहेका कुनै पनि निर्माण कार्यमा संलग्न व्यवसायीहरूले त्यसको वैधता परीक्षण नगरी सेवा प्रवाह वा अवैध संरचना निर्माणलाई प्रोत्साहन गरेको पाइए निर्माणमा प्रयोग भैरेका निर्माण सामाग्री तथा सवारी साधनहरू जफत गर्नेछ ।
सम्बन्धित खबर
पोखराको फिर्केखोला अतिक्रमण मुक्त बनाउने अभियान बीचमै रोकेपछि महानगरलाई ध्यानाकर्षण
संघीय कानुनसँग बाझिएपछि गण्डकी प्रदेश प्रमुख भट्टले प्रमाणीकरण नगरी फिर्ता गरे गाँजा विधेयक
लोकगीतमै नेपालीपन देख्ने जनकविकेशरी थापाको योगदान अविष्मरणीयः प्रदेश प्रमुख भट्ट
पोखराको पालिखेचोकमा मोटरसाइकल दुर्घटना, पर्वतका २४ वर्षीय सुनारको मृत्यु
पत्रकार केशव पाठकसहित सात जना प्रदेश खेलकुद पदकबाट विभुषित
बाल यौन दुर्व्यवहार आरोपमा पोखरा १२ स्थित सरस्वती आविका प्रअ रानाभाट पक्राउ
यो पनि पढौँ
प्रतिभाका सबिन देशभरमै तेस्रो, गण्डकीमा पहिलो
दुई किशोरीलाई गेस्ट हाउसमा लगेर सामूहिक बलात्कार गरेको आरोपमा दुई जना पक्राउ
पाकिस्तानमा हिमपहिरोमा हराइरहेका निम्सदाइ सहित अन्य पाँच नेपाली जीवित भेटिने आशा कमजोर, युक्तको शव निकालियो
बसले ठक्कर दिँदा सुनकोशीमा खसेकाे कारभित्र ४ यात्रु रहेको खुल्यो