पोखरामा एटिएम मेसिन फुटाउँदै गरेको अवस्थामा एक जना पक्राउ

पोखरामा एटिएम मेसिन फुटाउँदै गरेको अवस्थामा एक जना पक्राउ

Atm-Thif

सांकेतिक तस्बिर

पोखरा।  पोखराको लेकसाइडमा एटिएम मेसिन फुटाउँदै गरेको अवस्थामा प्रहरीले  एक जनालाई पक्राउ गरेको छ।

सोमबारराति पोखरा महानगरपालिका -६ लेकसाईड वाराही चोकस्थित एनएमबी बैंकको एटिएम फुटाउँदै गरेको अवस्थामा धादिङ त्रिपुरा सुन्दरी गाउँपालिका-५ सल्यानटार घर भएका २५ वर्षीय मनोज कुमाललाई प्रहरीले पक्राउ गरेको हो ।

प्रहरीका अनुसार एक युवकले एटिएम फुटाइरहेको भन्ने खबर प्राप्त हुनासाथ वडा प्रहरी कार्यालय बैदामबाट खटिएको प्रहरीले एटिएम फुटाउँदै गरेको अवस्थामा १ थान खुकुरी सहित कुमाललाई पक्राउ गरेको हो ।

उनीमाथि आवश्यक अनुसन्धान भइरहेको  जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ जनाएको छ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ