कास्की । कास्कीकोट दरवारमा रहेको गुप्तकालीका मन्दिरमा घटस्थापनाको विशेष साइतमा मन्दिर प्रवेश गरिएको छ । गुप्तकालीका मन्दीरमा सधै जस्तै यस वर्षपनि विजया दशमीको अवसरमा नव दुर्गा उत्सव हुने भएको छ ।
तान्त्रीक र वैदीक तरिकाले पुजा हुने गुप्तकालीका मन्दिरमा घस्थापना देखी दशमीसम्म पाणा पुजारीहरु मन्दीरमा नै वसेर गुप्तकालीकाको पूजा गर्ने प्रचलन रहेको छ ।
वडा दशैंमा यहाँ नेपालमा नै लोपोन्मुख सरुङ खेल र मालश्री धुन प्रस्तुत गरीने गुप्तकाली काश्यप धार्मिक क्षेत्र विकास समितिका सचिव ठाकुर प्रसाद त्रिपाठीले बताए। कास्कीकोटमा दशैको वेलामा वजाइने नगरा , सत्रौ शताव्दीका ढाल तरवारहरु लगाएत धोपहरुको समेत प्रर्दशन गरिने भएको छ । “संस्कृतीको संरक्षण सगै धार्मीक पर्यटनको प्रवर्दनमा सहयोग गरौ भन्ने नारा सहित दशै उत्सव गर्न लागीएको गुप्तकाली काश्यप धार्मीक क्षेत्र विकास समितिले जनाएको छ ।

कास्की दरवारमा घटस्थापनाको दिन विधिवध तरिकाले मन्दिरमा प्रवेश गरिन्छ। सप्तमीको दिन पोखराको रामघाट वाट ल्याइएको फूल पत्र र कुँवर जातिको सरुङ खेलसंगै मन्दिरमा भित्र्याइने प्रचलन रहेको छ ।
अष्ठमीका दिन राती काल रात्रीको पुजा गरेर नवमीका दिन पञ्चवली दिने र दशमीको दिन गुप्तकालीका मन्दीरमा टिका लगाएपछि विधिवतरुपमा फूल वास्पानीमा लगेर विसर्जन गर्ने गरिन्छ।
दशै उत्सवमा भक्तजनहरुको सजिलोको लागि विभिन्न उपसमिती गठन गरिएको छ । गुप्तकालीका मन्दीरमा दशैंको दश दिन दैनिक विभिन्न देवीको पूजा हुने गर्दछ । गुप्तकालीको दर्शन गर्नाले मनको इच्छा पुराहुने जन विश्वास रहेको छ ।
यहाँ पूजा गर्न तथा पञ्चवली भाकलहरु गर्नेहरुको दैनिक भीड लाग्ने गर्छ । गुप्तकालीका मन्दिरमा कास्की राज्यको स्थापनासंगै यहाँ हरेक दशैंमा विषेश पूजा हुँदै आएको छ । यस ठाउँवाट नै कास्की जिल्लाको नामाकरण भएको मान्ने गरिन्छ ।
लामो सयसम्म कोरोना कहरका कारण मन्दिरमा दर्शनार्थीहरुले दर्शन समेत गर्न पाएका थिएनन् । यसपटकको पुजालाई व्यवस्थित वनाउन पोखरा महानगरपालिका – २४ को वडा कार्यालयले कास्कीकोट दरवारलाई आर्थिक सहयोगसंगै प्रर्वद्धनात्मक सहयोग गरेको वडा अध्क्षय भरत वहादुर अधिकारीले बताए ।
सम्बन्धित खबर
पुस्तकालय व्यवस्थापन सम्बन्धी तालिम सम्पन्न
‘निट पत्रकारिता पुरस्कार’बाट कोइराला पुरस्कृत
पोखरामा सँगै मदिरा पिएपछि विवाद हुँदा साथीको हत्या, दुई जना पक्राउ
चरक मेमोरियल हस्पिटलको १३ औं वार्षिकोत्सवमा विविध कार्यक्रम
एन प्याब्सनको बृहत् बाल प्रतिभा पहिचान महोत्सव तथा खेलकुद, १५ सय विद्यार्थी प्रतिस्पर्धा गर्दै
पोखराका मेयरको घरमा आगजनी र लुटपाट गर्ने रास्वपाका वडा सभापतिसहित ४ जना कारागार चलान
यो पनि पढौँ
चरक मेमोरियल हस्पिटलको १३ औं वार्षिकोत्सवमा विविध कार्यक्रम
‘पोखरा विन्टर फेष्ट’ आगामी शनिबार, चर्चित भारतीय कलाकार सञ्जु राठोडको प्रस्तुती रहने
इन्धनबाट चल्ने गाडीहरु विस्थापन हुँदा सयौँ मजदुरहरु पलायन हुने स्थिति आयोः श्रेष्ठ
पोखरेललाई फकाउँदै ओली- घच्चमच्च भएको भए सरी, विरोधीले लखेटेका बेला साथ खोजेको हुँ