पाेखरा । पाेखरा महानगरपालिका उपभोक्ता हित संरक्षण समितिकाे नेतृत्वमा आज भेडा च्याङ्गाकाे अनुगमन गरिएको छ ।
पाेखराकाे याम्दिमा बेच्न का लागि मुस्ताङ, बाजुरा, बझाङ, दार्चुला, डाेल्पाबाट ल्याइएका भेडा र च्याङ्गा खानका लागि स्वस्थ र याेग्य भए नभएकाे जाँच गरिएको पाेखरा महानगरका उपभोक्ता हित संरक्षण समितिका सदस्यसचिव भरतराज पाैडेलले जानकारी दिए ।
अनुगमनमा अस्वस्थ देखिएका भेडा, च्याङ्गा बिक्री नगर्न ब्यवसायिलाई जानकारी गराइएकाे महानगर पशु शाखा प्रमुख नवराज अधिकारले बताए । उनले १५ वटा भेडा, च्याङ्गाकाे स्याम्पल लिइएकाे र त्यसबाट स्वस्थ पाइएकाे र खान याेग्य रहेकाे पाइएकाे बताए ।
उपभोक्ता मञ्च गण्डकी प्रदेशका अध्यक्ष कपिलनाथ काेइरालाले भेडा च्याङ्गकाे मूल्य निर्धारण गर्नसके उपभोक्ता महंगो नपर्ने सुझाव दिए । उनले उपभोक्ताले खरिद गर्दा स्वस्थ छ कि छैन भन्ने ख्याल गरेर किन्नुपर्ने सुझाव दिए । उनले मूल्य निर्धारण बैज्ञानिक नभएकाे बताउदै आगामी वर्षदेखि बैज्ञानिक मुल्य निर्धारणमा ध्यान दिन अनुराेध गरे ।
पाेखरा महानगरकाे उपभोक्ता हित संरक्षण समितिका संयाेजक एंव पाेखरा महानगरका उपप्रमुख मञ्जुदेवी गुरुङकाे नेतृत्वमा एक साता अघिदेखि अनुगमन सुरु गरिएको थियाे ।
पाेखराका मासु पसल र खाद्य पसलहरुमा अनुगमन सुरु गरिएकाे थियोे । अनुगमनका मुल्यसुचि नराखेकाे, ब्यवसाय दर्ता नचएकाे, दर्ता भएका पसलकाे नविकरण नभएकाे र किलाकाटा दर्ता नभएका तथा सरसफाइमा ध्यान नदिएकाे पाइएकाे कास्कीका सहायक प्रमुख जिल्ला अधिकार गुरुदत्त ढकालले बताए ।
एक सातामा २० ब्यवसायिलाई ५ हजारदेखि १० हजारसम्म जरिवाना गरिएकाे उनले बताए।
पाेखरा महानगरलाई अनुगमन गर्ने अधिकार भएपनि जरिवाना गर्न पाउने व्यवस्था नभएकाले जिल्ला प्रशासन कार्यालय मार्फत जरिवाना गरिएको हाे ।
अनुगमनमा पाेखरा महानगर, जिल्ला प्रशासन कार्यालय, खाद्य गुणस्तर तथा नापतौल, उपभोक्ता मञ्च, पत्रकार लगायतकाे सहभागीता रहेकाे थियाे ।
सम्बन्धित खबर
पोखरामा ग्यास लुकाउने व्यापारीलाई ५० हजार जरिवाना
एमाले नेता एवं पोखराका पूर्वमेयर कृष्ण थापाको हृदयघातले निधन
फुटपाथमा किताब नबेच्न महावीर पुनलाई पोखराका मेयरको अनुरोध
रास्वपालाई कास्कीमा प्रत्यक्षभन्दा पनि समानुपातिकमा बढी मत
भायानेटद्वारा फेवा डुंगा व्यवसायी र बैदाम प्रहरीलाई २ सय लाइफ ज्याकेट प्रदान
आयोजक सहाराले १२ वर्षपछि जित्यो आहा ! रारा पोखरा गोल्डकपको उपाधि
यो पनि पढौँ
मनकामना दर्शन गरी फर्केको ईभी माइक्रो गोरखामा दुर्घटना, ७ जनाको मृत्यु
रास्वपाका नवनिर्वाचित दुई सांसदविरुद्ध सर्वोच्चमा रिट
राजस्व अनुसन्धान विभागका तत्कालीन महानिर्देशक झलकराम अधिकारीसहित तीन जनाविरुद्ध आरोपपत्र दायर
आगामी तीन दिन भारी वर्षा र हुरीको सम्भावना, सचेत रहन आग्रह