पोखरा । गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले पर्वसँग जोडिएका मूल्य, मान्यता एवं संस्कारहरुले मुलुकलाई समृद्धिको शिखरमा पु¥याउन सहयोग गर्ने बताएका छन् ।
विजयदशमी २०७९ का अवसरमा मंगलबार शुभकामना सन्देश जारी गर्दै उनले विविधताबीचको एकतालाई थप मजबुत बनाउन दसैं र यस्ता पर्वहरुले अभूतपूर्ण भूमिका निर्वाह गर्ने उल्लेख गरेका हुन् ।
उनले भनेका छन्, हाम्रो देश नेपाल बहुसांस्कृतिक, बहुजातीय, बहुभाषिक एवं बहुधार्मिक विविधताले भरिपूर्ण छ । विविधताबीचको एकता नै हामी नेपालीको विशेषता हो ।
मुलुकभित्र प्रचलित संस्कृति, परम्परा एवं सभ्यताको जगेर्ना गर्नु हामी नेपालीको साझा दायित्व रहेको उनले उल्लेख गरेका छन् । सञ्चार, प्रविधि र यातायात सेवाका कारण पर्व मनाउने शैली फेरिएको भन्दै उनले हाम्रा मौलिक पर्वसँग गाँसिएका वैज्ञानिक एवं मानवीय जीवनसँग जोडिएका सकारात्मक पक्षका बारेमा वर्तमान पुस्तालाई बुझाउन जरुरी रहेको बताएका छन् ।
स्वदेश तथा विदेशमा रहनुहुने नेपाली दाजुभाइ दिदीबहिनीहरुमा विजयादशमी २०७९ का अवसरमा सुस्वास्थ्य, समृद्धि तथा उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दै उनले यस पर्वलाई आपसी सद्भाव, भाइचारा र मित्रवत् सम्बन्ध विकास गर्ने अवसर प्रदान गर्ने पर्वका रुपमा मनाउन प्रदेशवासी, सम्पूर्ण नेपालीमा हार्दिक अनुरोध गरेका छन् । महामारीका रुपमा फैलिएको डेंगीबाट जोगिन आवश्यक मापदण्ड पूर्णरुपमा अवलम्बन गरी पर्वको खुसियाली साट्न उनले हार्दिक अपिल गरेका छन् ।
सम्बन्धित खबर
चाङ्गान नेभो Q05 पोखरामा सार्वजनिक, डीपल शोरुम पोखरामा ४ दिने टेस्ट ड्राइभ कार्यक्रम
कोरियाली कलाकार किमद्वारा बाढीपीडितलाई ५ हजार किलो चामल सहयोग
सुजल डेरीद्वारा पोखराको लेकसाइडमा ‘लभबर्ड्स प्रिमियम आइसक्रिम’ को चौथो पार्लर सञ्चालन
बाल दिवसमा ज्योति बाल क्लबका बालकहरूले पठाए बाढीपीडितलाई राहत
गण्डकी प्रदेश प्रमुख भट्टद्वारा हरितालिका तीजको शुभकामना
‘पेन्सन पट्टा’को दमदार सुरुवात: दुई दिनमै ४५ लाखभन्दा बढी, पोखराबाट मात्रै १५ लाख संकलन
यो पनि पढौँ
तीज मनाउन भदैसँग माइत हिँडेकी महिलाको दुपट्टा मोटरसाइकल चक्कामा बेरिएर बाटैमा ज्यान गयो
स्याङ्जामा गोठमा अचेत भेटिएकी महिलाको मृत्यु
अष्ट्रेलियामा अन्तर्राष्ट्रिय विद्यार्थीलाई थप कडाई, परिवार लैजान रोक !
सुजल डेरीद्वारा पोखराको लेकसाइडमा ‘लभबर्ड्स प्रिमियम आइसक्रिम’ को चौथो पार्लर सञ्चालन