राष्ट्रिय खेलकुदमा प्याराग्लाइडिङ दुर्घटना, आर्मीबाट सहभागी पोखराका निसिमको ज्यान गयो

राष्ट्रिय खेलकुदमा प्याराग्लाइडिङ दुर्घटना, आर्मीबाट सहभागी पोखराका निसिमको ज्यान गयो

Nissim Thapa `1

पोखरामा जारी नवौं राष्ट्रिय खेलकुदमा सहभागी एक खेलाडीको ज्यान गएको छ । प्याराग्लाइडिङ खेलको क्रममा दुर्घटनामा परी नेपाल आर्मी टोलीका निसिम थापाको ज्यान गएको हो ।

पोखरा १०, हस्पिटलचोक घर भएका २६ वर्षीय निसिमलाई उपचारका लागि सिर्जनाचोक स्थित मेट्रोसिटी अस्पताल लगिएकोमा पौने १ बजे चिकित्सकले उनलाई मृत घोषणा गरेको हो ।

प्रतियोगिता अन्तर्गत क्रस कन्ट्री प्याराग्लाईडिङ खेलमा सहभागी निसिमले ब्लु स्काई कम्पनीको प्याराग्लाइडिङ उडाइरहेका थिए । पोखरा १८ सराङकोट माथिको आकाशबाट उनी पूर्वान्ह साढे ११ बजेतिर अन्दाजी १०० मिटर माथिबाट अनियन्त्रित भई भुुईंमा खसेको कास्की प्रहरीले जनाएको छ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ


This will close in 4 seconds