आर्चरीः स्टान्डर्ड एकल फाइनल समिकरण पूरा

आर्चरीः स्टान्डर्ड एकल फाइनल समिकरण पूरा

Archery (1)

पोखरा । नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत आर्चरी खेलमा स्टान्डर्ड (३० मिटर) विधाको एकल पुरुष र महिलातर्फ फाइनल समिकरण पूरा भएको छ । स्टान्डर्ड एकल पुरुषतर्फ नेपाल पुलिसका नगेन्द्र आचार्य र गण्डकीका दुर्गा घर्ती मगर फाइनलमा प्रतिष्पर्धा गर्नेछन् ।

पहिलो सेमिफाइनलमा पुलिसका नगेन्द्रले गण्डकीका कृष्ण भण्डारीलाई ७–३ सेटमा हराए । यस्तै, दोस्रो सेमिफाइनलमा गण्डकीका दुर्गा घर्ती मगरले बाग्मतीका फारमसेन शेरचनलाई ६–४ को सेटमा पराजित गरेका हुन् ।

महिला एकलतर्फ प्रदेश १ की योगिता कामवाङले नेपाल आर्मीकी खड्गकुमारी थापा मगर विरुद्ध ७–३ को सेटमा जीत दर्ता गरेकी हुन् । यस्तै, अर्को सेमिफाइनलमा एपीएफकी सोनुजया राईले नेपाल आर्मीकी शारदा विकलाई ६–४ सेटमा पराजित गर्दै फाइनल प्रवेश गरेकी हुन् ।

शनिबार ¥याङकिङ राउण्ड स्पर्धामा पुरुषतर्फ पहिलो स्थानका दुर्गा घर्ती मगर र दोस्रो स्थानका नगेन्द्र आचार्य दुवै फाइनल पुगे भने महिलातर्फ पहिलो अनुश्का शेरचन र दोस्रो भएकी शारदा विक अन्तिम दुईको यात्रा तय गर्न सकेनन् । तेस्रो स्थानकी सोनु जया र चौथो स्थानकी योगिता फाइनल पुगेका हुन् ।

रिकर्भ मेन र कम्पाउण्ड वुमनतर्फ वरियता निर्धारण

आइतबार रिकर्भ मेन र कम्पाउण्ड वुमनतर्फको ¥याङकिङ राउण्ड सकिएको छ । रिकर्भ (७० मिटर) पुरुषतर्फ गण्डकीका गंगा बहादुर कुँवर पहिलो वरियतामा रहेका छन् । ६५४ स्कोर ल्याएका कुँवरकोे १ स्कोर कम हुँदा रेकर्ड भेट्न सकेनन् । सन् २०१० मा बैंककको एशियन गेममा प्रेमप्रसाद पुनको नाममा रहेको नेपाली खेलाडीको उच्च रेकर्ड ६५५ स्कोर हो ।

यस्तै, पुलिसका तिलक पुन ६३५ स्कोर र गण्डकीका असिम शेरचन ६३० अंकका साथ तेस्रो स्थानमा रहन सफल भए ।

कम्पाउण्ड (५० मिटर) महिलातर्फको विधामा एपीएफी पार्षदा आचार्य ६६१ अंकका साथ वरियताको शीर्ष स्थानमा रहिन् । १३ औं सागमा इमायुङ राईले गरेको ६३४ स्कोरको उच्च रेकर्ड पार्षदाले तोडिन् । आर्मीकी इमायुङ भने अहिले ६२७ स्कोरका साथ दोस्रो वरियतामा रहिन् । यस्तै, ६११ स्कोरका साथ निर्मला राई कामवाङ तेस्रो स्थानमा रहिन् ।

सोमबार विहान रिकर्भ वुमनका वरियता निर्धारण, रिकर्भ मेनको इलिमिनेशन राउण्डका खेल हुनेछन् भने रिकर्भ मेन र कम्पाउण्ड वुमनका सेमिफाइनल खेल पनि हुनेछन् । यस्तै विभिन्न विधाका क्वार्टर तथा सेमिफाइनल खेल पनि सोमबार नै हुनेछन् । स्टान्डर्ड विधामा कास्य पदकका लागि पनि सोमबार नै खेल हुने नेपाल आर्चरी संघका अध्यक्ष दीपकराज गुरुङले जानकारी दिए ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ


This will close in 4 seconds