गण्डक न्युज । नागरिक अभियन्ता रामबहादुर पौडेलले सडकमा काँडेतारले बाटो छेकिएको तस्विर फेसबुकमा शेयर गरे । नौ घण्टा नबित्दै त्यही कारण मोटरसाईकल दुर्घटना भयो । यसमा सम्बन्धित निकाय चुक्यो ।
दुर्घटनास्थल हो प्रदेश नं. ४ को सिंहदरबार अगाडिको सडक । रातो भवनमा मुख्यमन्त्रीको कार्यालय, आन्तरिक मामिला, आर्थिक मामिला, कानुन मन्त्रालय मात्र होईन अगाडि भर्खरै बनेको प्रदेश प्रहरी कार्यालय पनि छ । पहिले त्यहाँको सडकखण्ड खुल्ला थियो । मुलुकमा संघीयता कार्यान्वयनसँगै यस प्रदेशको सिंहदरबार यहीं रह्यो । त्यहाँको सडकखण्ड सहिदचोक–रत्नचोक भित्री बाटोका लागि प्रयोग हुने सडक हो ।
नागरिक अभियन्ता पौडेलले बुधबार बिहान १०ः४२ बजे (काँडेतारका) विरुद्ध) नागरिक खबरदारी भन्दै फेसबुकमा फोटो सहित पोष्ट गरेका थिए । उनले लेखे – ‘लामो समयदेखि उक्त सडक प्रयोग गर्ने सर्वसाधारण जनता र विभिन्न कार्यालयमा कार्यरत कर्मचारीलाई समेत सास्ती दिएर मुख्यमन्त्रीज्यू लगायत मन्त्रीज्यूहरुको सुरक्षाको ग्यारेन्टी होला जस्तो हामीलाई लाग्दैन । आवश्यक परेमा कडा सुरक्षा जाँचका लागि अस्थायी चेकपोस्ट राखेमा हाम्रो कुनै आपत्ति हुनेछैन तर नागरिकको आवतजावतमा बाधा अड्चन पु¥याउनु भनेको नागरिकको मौलिक हकको हनन गर्नु नै हो ।’

पौडेलले असुविधा भएकोबारे स्टाटस लेखेको ९ घण्टा नबित्दै त्यहीं मोटरसाइकल दुर्घटना भयो । ग १२ प ५५५८ मोटरसाइकलमा सवार बिन्दबासिनीका २५ वर्षीय किरण घिमिरे सोहि ठाउँमा दुर्घटनामा परे । राति साढे ८ बजे रक्ताम्ये हुने गरी घाईते उनको गण्डकी मेडिकल कलेजमा उपचार भईरहेको छ । विहीबार बिहानै ८ बजे अर्जुन भण्डारीले सोहि ठाउँमा दुर्घटना भएको तस्विर पोष्ट गरे ।

अहिले भाडाका सवारी प्रवेश निषेध अंकित बोर्ड छ । प्रवेश विन्दुमा नछेकिएकाले सो सडकमा साना सवारी गुड्छन् । ठ्याक्कै मुख्यमन्त्री कार्यालय गेट नजिकै बाटो छेक्दा सवारी चालक झुक्किन्छन् । कि त त्यो सडकखण्डमा सुरुमै सवारी रोक्नुपर्दछ कि त निर्वाध रुपमा सवारी सञ्चालन गर्न दिनुपर्दछ । राजधानीमा सिंहदरबार झैं परिसर घेर्ने र गेट बनाएर सवारी आवत जावत रोक्ने हो भने यस्तो समस्या निम्तदैन । सिधा सडकमा एकैपटक काँडेतार देख्दा किरण झैं झुक्किन्छन् । यसमा सम्बन्धित पक्षको ध्यान जाओस् ।
सम्बन्धित खबर
चाङ्गान नेभो Q05 पोखरामा सार्वजनिक, डीपल शोरुम पोखरामा ४ दिने टेस्ट ड्राइभ कार्यक्रम
कोरियाली कलाकार किमद्वारा बाढीपीडितलाई ५ हजार किलो चामल सहयोग
सुजल डेरीद्वारा पोखराको लेकसाइडमा ‘लभबर्ड्स प्रिमियम आइसक्रिम’ को चौथो पार्लर सञ्चालन
बाल दिवसमा ज्योति बाल क्लबका बालकहरूले पठाए बाढीपीडितलाई राहत
गण्डकी प्रदेश प्रमुख भट्टद्वारा हरितालिका तीजको शुभकामना
‘पेन्सन पट्टा’को दमदार सुरुवात: दुई दिनमै ४५ लाखभन्दा बढी, पोखराबाट मात्रै १५ लाख संकलन
यो पनि पढौँ
अष्ट्रेलियामा अन्तर्राष्ट्रिय विद्यार्थीलाई थप कडाई, परिवार लैजान रोक !
रवि लामिछानेको मुद्दा फिर्ता गर्न अनुमति दिने न्यायाधीश अवकासको चार दिनअघि बढुवा
सुजल डेरीद्वारा पोखराको लेकसाइडमा ‘लभबर्ड्स प्रिमियम आइसक्रिम’ को चौथो पार्लर सञ्चालन
ट्राफिकसँगकाे विवादपछि त्रिपुरेश्वरमा चालकले बसमा आगो लगाए