पोखरा । आगामी मंसिर ४ गते हुने प्रदेश सभा सदस्य निर्वाचनमा गण्डकी प्रदेशका लागि नेकपा एमालेको तर्फबाट कास्की निर्वाचन क्षेत्र नम्वर २ (क) का प्रत्यासी उम्मेदवार भिमबहादुर कार्कीले जनता र पाटीले गरेको अपार विश्वास र माया माथि आफुले कहिल्यै घात नगर्ने बताएका छ्न् ।
नेकपा एमाले पोखरा वडा न ३३ को निर्वाचन परिचालन कमिटिको कार्यालयको उद्घाटन गद कार्कीले आफ्नो क्षेत्रका जनताले निरन्तर विश्वास गरेर आफ्नो पाटीलाई विजयी गराएको र निर्वाचित जनप्रतिनिधिहरूले उदाहरणीय कार्य गरेको बताए । विगतमा आफ्नो पाटीका कार्यहरूको विवरण प्रस्तुत गर्दै कार्कीले अबको ५ वर्ष जनताको शिर अझै उचो हुने गरि काम गर्ने प्रतिवद्धता व्यक्त गरे।
नेकपा एमालेका केन्द्रिय सदस्य तथा भुमी व्यवस्थापन विभाग उपप्रमुख समेत रहेका कार्कीले एमाले नेतृत्वको सरकारका पालामा आफू सदस्य रहदा आम भुमिहिन तथा अव्यवस्थित बसोबास गर्ने जनताको पक्षमा काम गर्दा गर्दै वर्तमान सरकारले हटाएको स्मरण गर्दै अव बन्ने एमालेको सरकारले उनिहरूलाई जग्गाको मालिक बनाउने गरी काम गर्ने हुँदा सोको लागि बहुमत सहितको सरकार निर्माण गर्न सबैलाइ आव्हान गरे ।
एमाले सधै राष्ट्रहित र समृद्धिका लागि अहोरात्र खटेको भन्दै उनले अवको ५ वर्ष खेर नजाने गरी आफू जनताको काममा खट्ने बताए ।
कार्यक्रममा एमाले जिल्ला कमिटिका कार्यवाहक अध्यक्ष तेजनारायण अधिकारीले विगतको इतिहासलाई झन उचाइ दिने गरी निर्वाचनको मैदानमा उत्रिन आग्रह गर्दै कास्कीमा एक मात्रै विकासको नायक एमाले भएको जिकिर गरे । अधिकारिले सो क्षेत्रका आफ्नो पाटीको सरकारले संचालन गरिरहेका अधिकांश योजनाको बजेट कटौती र रकमान्तरण गर्ने काम वर्तमान सरकारले गरेको तर्फ जानकार हुन जनतालाई आग्रह गरे।
कार्यक्रममा एमाले प्रदेश कमिटी सदस्य केशव आचार्य , जिल्ला कमिटी सचिवालय सदस्य शिवप्रसाद आचार्य, एमाले पोखरा ३३ का अध्यक्ष दिपकराज लामिछाने, उपसचिव शंकरबहादुर अधिकारी,अनेम संघ क्षेत्र २ (क) का संयोजक पार्वती कार्की लगाएतले बोलेका थिए ।
सम्बन्धित खबर
चाङ्गान नेभो Q05 पोखरामा सार्वजनिक, डीपल शोरुम पोखरामा ४ दिने टेस्ट ड्राइभ कार्यक्रम
कोरियाली कलाकार किमद्वारा बाढीपीडितलाई ५ हजार किलो चामल सहयोग
स्याङ्जामा चिप्लिएर नहरमा खसेका वृद्धको मृत्यु
माइक्रो बस र मोटरसाइकल ठोक्किँदा दुई जना घाइते
१८ वर्षअघि गर्भवती महिलाको मृत्यु प्रकरणमा एक महिला थुनामा, अर्की धरौटीमा छुटिन्
बालिका बेचबिखनको आरोपमा एक जना कारागार चलान
यो पनि पढौँ
तीज मनाउन भदैसँग माइत हिँडेकी महिलाको दुपट्टा मोटरसाइकल चक्कामा बेरिएर बाटैमा ज्यान गयो
स्याङ्जामा गोठमा अचेत भेटिएकी महिलाको मृत्यु
अष्ट्रेलियामा अन्तर्राष्ट्रिय विद्यार्थीलाई थप कडाई, परिवार लैजान रोक !
सुजल डेरीद्वारा पोखराको लेकसाइडमा ‘लभबर्ड्स प्रिमियम आइसक्रिम’ को चौथो पार्लर सञ्चालन