गण्डक न्युज । प्रदेश नं. ४ को मुख्य मन्त्री कार्यालय अगाडि र भुसंरक्षण कार्यालय अगाडि सडकमा राखिएको काँडेतार हटाइएको छ । यो हटाउन नागरिक अभियन्ताको खबरदारीबारे गण्डकन्युजले समाचार प्रकाशित गरेको थियो ।
नागरिक अभियन्ता रामबहादुर पौडेल, अर्जुन भण्डारी लगायतले निरन्तर आग्रह गरेका थिए ।
बुधबार दिउँसो उनीहरु प्रदेश प्रहरी प्रमुख डिआईजी दानसिंह बोहोरालाई भेटेर हटाउन आग्रह गरेका थिए । डिआईजी बोहोराले तुरुन्त कार्यक्षेत्र रहेको वडा प्रहरी कार्यालय बैदामका प्रमुख डिएसपी नविन कार्कीलाई हटाउन आदेश दिए । तुरुन्त काँडेतार हट्यो ।
‘आफ्नै कार्यालय अगाडि काँडेतार लगाएको प्रदेश प्रहरी प्रमुखलाई थाहा छैन । उहाँले मुख्यमन्त्रीसँग यस विषयमा कुरा गर्न चाहनुभयो । तर मुख्यमन्त्री बुधबार बैठकमा हुनुहुन्थ्यो । पछि निस्कने बेला वडा प्रहरीलाई हटाउन भन्नुभयो । ’ श्रोतले भन्यो – ‘ हट्यो तर फेरि राखिएछ । डिआईजीलाई नै मनोबल गिर्ने गरी दबाब दिने काम भएको छ ।
डिआईजीले हटाएपनि प्रमुख सचिवस्तरीय आदेशले फेरि काँडेतार राखियो । बुधबार राति साढे ७ बजे त्यही काँडेतारका कारण झ्याप्प ब्रेक लगाउँदा पोखरा विन्ध्यवासिनीका मनोज घिमिरे दुर्घटनामा परे । विहीबार अपरान्हदेखि मुख्यमन्त्री कार्यालय अगाडिको सडक साना सवारी पास हुने गरी खोलिएको छ भने विहीबार रातिदेखि नै भुसंरक्षण कार्यालय अगाडिको सडक खोलिएको छ । डिआईजी दानसिंह बोहोरासँग यस विषयमा कुरा गर्दा सुरक्षाको विषयमा आफूहरु गम्भिर रहेको बताए ।
उनले गण्डकन्युजसँग भने – ‘सिंहदरबार समेत चारैतिर घेरिदैंन । नारा जुलुस, हुलहुज्जत हुन लागे तत्कालका लागि सुरक्षा दिईने हो ।’ डिआईजी बोहोराले आफूलाई दबाब दिने को ? भन्ने बारे भने खुलाएनन् । तर उनले खुलिसकेको बताए ।
वडा प्रहरी कार्यालय बैदामका प्रमुख नविन कार्कीले पनि बुधबार नै आफूहरुले हटाएपछि भोलिपल्ट जस्ताको तस्तै अवस्थामा देखिएको तर यसबारे आफूले केहि बोल्न नमिल्ने बताएका थिए । हटाउने विषयमा विहीबार सिडिओ तारानाथ अधिकारी र कास्की प्रहरी प्रमुख ओमबहादुर रानाबीच छलफल भएको थियो । शुक्रबार बिहानदेखि दुवै ठाउँमा काँडेतार हटेको छ ।
विहीबार प्रकाशित समाचार
सम्बन्धित खबर
एन प्याब्सनको बृहत् बाल प्रतिभा पहिचान महोत्सव तथा खेलकुद, १५ सय विद्यार्थी प्रतिस्पर्धा गर्दै
पोखराका मेयरको घरमा आगजनी र लुटपाट गर्ने रास्वपाका वडा सभापतिसहित ४ जना कारागार चलान
पश्चिमाञ्चल इन्जिनियरिङ क्याम्पसमा पहिलो सेमेस्टरका नयाँ विद्यार्थीलाई अभिमुखीकरण
पोखरा उद्योग व्यापार मेलाको आकर्षण: क्यान इन्फोटेक-२०८२, UNV ले गर्यो सहकार्य
पर्यटन प्रवर्द्धन गर्न पोखरामा दाइँ महोत्सव
शान्ति निकेतन विद्यालयमा वार्षिक खेलकुद महोत्सव सुरु
यो पनि पढौँ
पोखराका मेयरको घरमा आगजनी र लुटपाट गर्ने रास्वपाका वडा सभापतिसहित ४ जना कारागार चलान
कास्कीका प्रमोद ढकाललाई यौन दुरुपयोग गरेको अभियोगमा बेलायतमा २५ वर्षको जेल सजाय
प्रेमीको हत्या गरेपछि २० वर्षीया युवतीले गरिन् शवसँग बिहे
एभरग्रीन एकेडेमीका विद्यार्थीले प्रस्तुत गरे ‘कल्चरल शो’