लमजुङ । विश्वव्यापी अभियान चलाइरहेको डेज् फर गर्ल्स लमजुङको किशोरीमाझ पनि पुगेको छ । मध्यनेपाल नगरपालिका ८, डडुवा गाउँस्थित करापु स्वास्थ्य चौकीमा एक कार्यक्रमको आयोजना गरी ४० जना किशोरीलाई डेज् फर गर्ल्सको किट् वितरण गरिएको छ ।
चाइल्ड वेलफेयर एण्ड एजुकेशन (बालगृह), कास्की र डेज् फर गर्ल्स लमजुङ ईन्टरप्राइजको आयोजना, डायन बर्च, अष्ट्रेलियाको विशेष सहयोगमा भएको कार्यक्रमको स्थानीय सहकार्य मध्यनेपाल नगरपालिका ८ नं. वडा कार्यालय र करापु स्वास्थ्य चौकीले गरेको थियो ।
डेज् फर गर्ल्स अभियान अन्तर्गत पुनःप्रयोग गर्न मिल्ने सेनेटरी प्याड रहेको ४० वटा झोला वितरण गरियो । जसमा, दुई वटा अन्डरवयर, दुईटा प्याड होल्डर, ८ वटा लाईनर, सानो फेस टावेल, साबुनसमेत रहेको सीडब्लूईका डाइरेक्टर दीपक गुरुङले जानकारी दिए ।

उक्त प्याड धुँदै पुनः प्रयोग गर्न मिल्ने, वातावरणमैत्री, स्वास्थ्यलाई कुनै असर नगर्ने, करिब ४ वर्षसम्म किफायती रहने विशेषता छ । खर्चिलो बजारीया प्याड नचाहिने भएकाले किशोरीहरुलाई लाभ पुग्ने विश्वास गरिएको छ । करीब ४० हजार रुपैंया बराबरको प्याड वितरण गरिएको गुरुङले बताए ।
वडा अध्यक्ष चन्द्रसुब्बा गुरुङले अष्ट्रेलियाबाट आई गाउँमा जनचेतनामुलक कार्यक्रमसहित स्वास्थ्य सामाग्री प्रदान गरेकोमा खुशी व्यक्त गर्दै धन्यवाद व्यक्त गरे । यसले किशोरीहरुलाई ठूलो फाइदा पुग्ने पनि बताए ।
सीडब्लूईका डाइरेक्टर दीपक गुरुङ, डेज फर गर्ल्स लमजुङ ईन्टरप्राइजका अनिता गुरुङ, स्वास्थ्य चौकीका सिनियर आईतकुमारी गुरुङले महिनावारीका बारेमा डेज् फर गर्ल्सको फ्लिप चार्ट प्रस्तुत गरी सचेतना प्रदान गरेका थिए ।
सम्बन्धित खबर
खेलकुदले राष्ट्रको गौरव, शान, मान, पहिचान स्थापित गरेको छः प्रदेश प्रमुख भट्ट
लमजुङमा जिप दुर्घटना हुँदा दुई महिलाको मृत्यु, १२ जना घाइते
जिप अचानक गुड्दा चालकको च्यापिएर मृत्यु
लमजुङमा आफैले चलाएको ट्याक्टर पल्टिँदा च्यापिएर मृत्यु
पृथ्वीसुब्बा गुरुङको चुनावी प्रचारप्रसार अभियान दोर्दीबाट सुरु
लमजुङको दूधपोखरीमा डुबेका १८ वर्षीय मनोजको शव डेढ महिनापछि सशस्त्रले निकाल्यो
यो पनि पढौँ
सुदनले साधारण सदस्य समेत नरहने गरी पार्टी छाडे
शेखरले गगनलाई स्वीकार्दै , शशांक र धनराजसहितले छोडे देउवा समूह
कैलालीमा मरेको ब्रोइलरको मासु खाँदा दुई दाजुभाइको मृत्यु, आमा र भाइ अस्पतालमा
यी सहकारीमा ऋण तिर्नुछ ? १५ दिनभित्र नतिरे सम्पत्ति लिलाम हुने (सहकारीको सूचीसहित)