पोखरा । पढ्नकै लागि ट्युशन सेन्टर धाउनुपर्ने बाध्यता अब रहेन । जागिरका कारण नियमित कक्षामा उपस्थित हुन नसक्नेका लागि पनि पढाइमा सहयोगी हुनेछ ई–लर्निङ प्लेटफर्म ‘मेरो पढाइ’ ।
प्लस टुु र स्नातक अध्ययनत विद्यार्थी लक्षित गरी पोखराका युवाहरुले सञ्चालन गरेको क्लिन्च टेक प्रालिले अनलाइन टिचिङ प्लेटफर्म ‘मेरो पढाइ डटकम’ सोमबारदेखि सञ्चालनमा ल्याएको हो ।
अब जस्तोसुकै परिस्थितिमा पनि पढाइलाई सम्भव बनाउन सकिने उद्देश्यका साथ ‘पढाइ, सम्भव छ’ थिमका साथ आएको ‘मेरो पढाइ ‘ मोबाइल भर्सन (प्लेस्टोर, आईओएस) मा एक साताभित्रमा उपलब्ध हुनेछ । प्रारम्भिक चरणमा मूख्य विषयहरुका कोर्स उपलब्ध छन् भने निकट भविष्यमै अध्यापकसँग प्रत्यक्ष कक्षा लिने वातावरण पनि मिलाइँदैछ ।

अहिले बीबीएस पहिलो वर्षको मूख्य विषय र कक्षा ११ र १२ का केहि विषय सार्वजनिक गरिएको छ । एक महिनापछि अन्य संकायको पनि भिडियो कक्षा चलाउने क्लिन्च टेकका सीइओ मानवकल्याण पराजुलीले बताए ।
‘हामीले अध्ययन गर्दा ब्याचलर पहिलो वर्षदेखि दोस्रो वर्ष जाँदा आधा विद्यार्थी कक्षामा नआएको अनुभव छ । त्यस्ता विद्यार्थीले आफ्नो पढाइ पूरा गर्न हामीसँग जोडिँदा लाभदाक हुन्छ,’ उनले भने ।
मेरो पढाइसँग जोडिन ‘मेरो पढाइ डटकम’ लग इन गर्न सकिन्छ भने गुगल र एप्पल स्टोर्सबाट एप डाउन्लोड गर्न सकिन्छ । आफ्नो अकाउण्ट खोलेपछि कुन विषय पढ्ने हो अनलाइन शुल्क तिरेर हेर्न, पढ्न सकिनेछ । ‘छिट्टै विषयगत प्राध्यापकहरुसँग प्रत्यक्ष कक्षा पनि सञ्चालनमा ल्याउने तयारी तयारी छ ।’ – सिईओ पराजुलीले भने । मेरो पढाइको सामग्री प्रयोग गर्दा प्रति विषय मासिक ५ सय रुपैयाँ शुल्क लाग्छ ।
विद्यार्थीले गाह्रो मान्ने म्याथ, एकाउन्ट, फाइनान्स, अंग्रेजीजस्ता विषयका सामग्रीलाई अझ जोड दिइने सीइओ पराजुलीले बताए । मेरो पढाइमार्फत विदेशमा रहेका नेपालीका बच्चालाई नेपाली भाषा सिकाउने योजना सञ्चालकहरुको छ । त्यसबाहेक कोरियन, जापानिज लगायत देशका भाषा पनि अनलाइनमार्फत सिकाउने योजना छ ।
प्रोजेक्ट म्यानेजर प्रेम रेग्मीले ३२ जनाको टीमले वर्षभर मेहनत गरेर लञ्च गरेको बताए । निकै सहज तरिकाले एप् चलाउन सकिने उनले बताए ।

सञ्चालककै अभिभावहरुबाट मेरो पढाई शुभारम्भ गराइएको थियो । सोमबार आयोजित कार्यक्रममा प्रा.डा. विश्वकल्याण पराजुली र रामप्रसाद तिमिल्सिनाले संयुक्त रुपमा प्लेस्टोरमा एप् अपलोड गरी कार्यक्रम शुभारम्भ गरे । कार्यक्रममा सिईओ पराजुलीसहित को–फाउण्डरहरु विन्दुराज तिमिल्सिना, सचिन गिरीले बोलेका थिए ।
सम्बन्धित खबर
छैटौं टाइगर कपमा २२ लाख ६५ हजार रुपैयाँ बचत
आलु महोत्सव सकियाे, ५ करोडको कारोबार
यसरी फेरिँदैछ रुपाको रुप
१० औं पोखरा स्पोर्ट्स अवार्डको टाइटल स्पोन्सर ‘रारा तयारी चाउचाउ’
गण्डकीमा मन्त्रिमण्डल पुनर्गठनः एमाले र कांग्रेसबाट यी हुन् नयाँ मन्त्री
गण्डकी मन्त्रिपरिषद् हेरफेरः मुख्यमन्त्रीबाहेक सबै मन्त्री फेरिए
यो पनि पढौँ
ओली र लेखकलाई पक्राउ गर्न ‘हतार’ भएको गृहमन्त्री सुधन गुरुङद्वारा स्वीकार
सुदनले साधारण सदस्य समेत नरहने गरी पार्टी छाडे
सरकारले फेरि बढायो डिजेल र इन्धनको मूल्य, कति पुग्यो ?
शेखरले गगनलाई स्वीकार्दै , शशांक र धनराजसहितले छोडे देउवा समूह