पोखरा । युवाहरुमाझ चर्चित रक व्याण्ड अल्बाट्रोसले पोखरामा आफ्नो प्रस्तुती दिने भएको छ।
पोखराको लेकसाइडमा रहेको प्याराडिसो स्पोर्ट्स बार एन्ड ग्रिलमा कात्तिक १२ गते साँझ लाइभ कन्सर्ट हुँदैछ।
मध्यरातसम्म चल्ने कार्यक्रमको टिकट अग्रिम बुकिङका १ हजार, डोरसेलमा १५ सय रहेको प्याराडिसो स्पोर्ट्स बार एन्ड ग्रिलका म्यानेजर हरी पौडेलले जानकारी दिए। उनले क्युआरकोड प्रयोग गरेर इसेवाबाटै अग्रिम टिकट लिन सकिने बताए। उनले अग्रम टेबल बुकिङ समेत गर्न सकिने बताए।
‘अल्बाट्रोस निकै चर्चित व्याण्ड हो’ उनले भने, ‘धेरैको चाहाना उनीहरुको प्रस्तुती हेर्ने हुन सक्छ, त्यसै बेलैमा टिकट नलिनेले नपाउन पनि सक्छ।’ प्रस्तुती हेर्न करिब एक हजार जना भन्दा बढि आउने उनले बताए।
अहिले प्याराडिसोको क्षमता बढाएर अझ आक्रषक बनाएको बताए। अल्बाट्रोसको रक म्यूजिकमा झुम्मिने दर्शक रोजाइमा पर्ने गर्दछ।
प्याराडिसोमा जुनसुकै ठाउँमा बसेर पनि टेलिभिजनमा महत्वपूर्ण खेलकुद प्रतिस्पर्धाका प्रत्यक्ष प्रसारण हेर्न पाइन्छ। ‘फुड, ड्रिङ तथा म्युजिक’ लाई प्रथामिकता दिए सेवा प्रदान गर्दै आएको पौडेलले बताए। बारमा हरेक दिन फरक÷फरक ब्यान्डले लाइभ प्रस्तुति दिँदै आएका छन्।
सम्बन्धित खबर
पोखराका मेयरको घरमा आगजनी र लुटपाट गर्ने रास्वपाका वडा सभापतिसहित ४ जना कारागार चलान
पश्चिमाञ्चल इन्जिनियरिङ क्याम्पसमा पहिलो सेमेस्टरका नयाँ विद्यार्थीलाई अभिमुखीकरण
पोखरा उद्योग व्यापार मेलाको आकर्षण: क्यान इन्फोटेक-२०८२, UNV ले गर्यो सहकार्य
पर्यटन प्रवर्द्धन गर्न पोखरामा दाइँ महोत्सव
शान्ति निकेतन विद्यालयमा वार्षिक खेलकुद महोत्सव सुरु
एभरेस्ट एफएमको पाचौं वार्षिकोत्सवको अवसरमा मानव सेवा आश्रमलाई थप १ लाख प्रदान
यो पनि पढौँ
पोखराका मेयरको घरमा आगजनी र लुटपाट गर्ने रास्वपाका वडा सभापतिसहित ४ जना कारागार चलान
कास्कीका प्रमोद ढकाललाई यौन दुरुपयोग गरेको अभियोगमा बेलायतमा २५ वर्षको जेल सजाय
प्रेमीको हत्या गरेपछि २० वर्षीया युवतीले गरिन् शवसँग बिहे
एभरग्रीन एकेडेमीका विद्यार्थीले प्रस्तुत गरे ‘कल्चरल शो’