पोखरा । निर्वाचनको सम्मुखमा जनता समाजवादी पार्टी (जसपा) का उम्मेदवार पार्टी परित्याग गरी नेकपा एमाले प्रवेश गरेका छन् । कास्की क्षेत्र नं. २ (ख) प्रदेश सभा निर्वाचनमा उम्मेदवार रहेका जसपा कास्की जिल्ला कमिटि वरिष्ठ उपाध्यक्षसमेत रहेका धनबहादुर परियार बुधबार एमाले प्रवेश गरेका हुन् ।
नेकपा एमालेका केन्द्रीय सदस्य एवं कास्की ईञ्चार्ज कृष्ण थापा, केन्द्रीय सचिवालय सदस्य एवं सभासद् डिबि नेपाली, गण्डकी प्रदेशकी निवर्तमान उपसभामुख सिर्जना शर्मा, कास्की २ (ख) की उम्मेदवार मीना गुरुङ, कास्की कमिटि कार्यवाहक अध्यक्ष तेजनारायण अधिकारी, सचिव बैनबहादुर अधिकारी क्षेत्री, उपसचिव नवराज ओझा लगायतले परियारलाई माला लगाई पार्टीमा स्वागत गरे ।
यससँगै परियारले छाता चिन्हबाट प्रस्तुत आफ्नो उम्मेदवारी निस्क्रिय पारेका छन् । र, सम्पूर्ण समर्थक, शुभेच्छुकलाई नेकपा एमालेलाई समर्थन गरी सूर्य चिन्हमा मतदान गर्न अपिल गरेका छन् । पोखरामा पत्रकार सम्मेलन गर्दै परियारले दशक बढि समय जसपामा बिताउँदा देशका लागि केही गर्न नसकेको भन्दै अब समृद्ध नेपाल, सुखी नेपालीको अभियान बोकेको एमाले पार्टीमा समाहित भएको उद्घोष गरे ।
पत्रकार सम्मेलनमा जारी गरिएको विज्ञप्तिमा उल्लेख छ – ‘एमाले र जसपा बीचमा भएको गठबन्धनको मर्मलाई वयवहारिक रुपमा आत्मसाथ गर्दै नेकपा एमालेले सारेको समृछ नेपाल, सुखी नेपालीको राष्ट्रिय लक्ष्य प्राप्त गर्न, बाह्य र आन्तरिक राष्ट्रियता मजबुद र सुदृढ पार्न, राजनीतिक स्थिरता कायम गर्नका साथ समाजमा रहेको विद्यमान विभेद र असमानतलाई समुल रुपमा अन्त्य गर्नका लागि यो देशले फेरि एकपटक एमालेको नेतृत्व खोजेको छ ।’ उनले थपेका छन्– ‘मेरो उम्मेदवारी आजकै मितिबाट निस्क्रिय बनाई म र मेरा शुभेच्छुक शुभचिन्तकको समथृन सिंगो नेकपा एमालेलाई रहेको उद्घोष गर्दै र नेकपा एमालेका कास्की २(ख) का प्रत्यक्ष तर्फका उम्मेदवार मीना गुरुङसहित सूर्य ध्वजाबहाक सबै उम्मेदवारहरुलाई विजयी बनाएर गण्डकी प्रदेशसभाको नेतृत्व नेकपा एमालेले गर्नुपर्छ भन्ने सन्देशसहित निर्वाचन अभियानमा लाग्ने सबैमा जानकारी गराउँदछु ।’

समर्थन प्राप्त उम्मेदवार एवं एमाले नेतृ मीना गुरुङले परियारको समर्थनप्रति आभार प्रकट गर्दै अब सँगसँगै अघि बढ्ने बताए । ‘यो हाम्रो लागि, हाम्रो पार्टीको लागि खुशी र सफलताको सन्देश हो । यसरी नै एकीकृत भएर अघि बढे हामी सफल हुन्छौँ ।’ गुरुङले भनिन् । पत्रकार सम्मेलनमा परियारले भोलिदेखि नै गुरुङसहित एमाले सूर्य ध्वजाबाहक उम्मेदवारलाई जिताउने अभियानमा निस्कने उद्घोष पनि गरे ।

सम्बन्धित खबर
छैटौं टाइगर कपमा २२ लाख ६५ हजार रुपैयाँ बचत
आलु महोत्सव सकियाे, ५ करोडको कारोबार
यसरी फेरिँदैछ रुपाको रुप
१० औं पोखरा स्पोर्ट्स अवार्डको टाइटल स्पोन्सर ‘रारा तयारी चाउचाउ’
गण्डकीमा मन्त्रिमण्डल पुनर्गठनः एमाले र कांग्रेसबाट यी हुन् नयाँ मन्त्री
गण्डकी मन्त्रिपरिषद् हेरफेरः मुख्यमन्त्रीबाहेक सबै मन्त्री फेरिए
यो पनि पढौँ
सुदनले साधारण सदस्य समेत नरहने गरी पार्टी छाडे
शेखरले गगनलाई स्वीकार्दै , शशांक र धनराजसहितले छोडे देउवा समूह
अनुभवहीन नयाँ पात्रको उदयले लोकतन्त्र र राष्ट्रिय स्वाभिमानमाथि प्रश्न उठ्यो: पूर्वराष्ट्रपति भण्डारी
कैलालीमा मरेको ब्रोइलरको मासु खाँदा दुई दाजुभाइको मृत्यु, आमा र भाइ अस्पतालमा