स्याङ्जामा चितुवाको आक्रमणबाट तीन जना घाइते

स्याङ्जामा चितुवाको आक्रमणबाट तीन जना घाइते

chituwa-1 (1)

स्याङ्जा । स्याङ्जामा चितुवाले आक्रमण गर्दा तीन जना घाइते भएका छन्।

वालिङ नगरपालिका– १४ कफ्लेटीमा आज बिहान चितुवाले आक्रमण गर्दा ६४ वर्षीय कृष्णलाल न्यौपाने, ६८ वर्षीया तुलसी पराजुली र २४ वर्षीया लक्ष्मी पराजुली घाइते भएका हुन्।

खेतमा काम गरिहेका कृष्णलाललाई आक्रमण गरेपछि नजिकै पुगेका तुलसी र लक्ष्मीलाई पनि चितुवाले झम्टिएको थियो।

घाइते तीन जनालाई वालिङमा सामान्य उपचार गरी थप उपचारका लागि पोखरा पठाइएको छ। उनीहरु सबैको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ।

चितुवालाई अहिले चण्डीप्रसाद पराजुलीको घरभित्र एउटा कोठामा थुनेर राखिएको बताइएको छ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ