दुलेगौंडा । शुरुवातदेखि नै कालीगण्डकी डाइभर्सनको विपक्षमा उत्रिएका नेकपा एमालेका स्थायी कमिटी सदस्य एवम् तनहुँ क्षेत्र नं. २ का उम्मेदवार किरण गुरुङले घिरिङमा पुगेर पुनः कालीगण्डकीको बहावलाई परिवर्तन गर्न नहुनेमा जोड दिएका छन् ।
सोमवार घिरिङ गाउँपालिकाका विभिन्न वडामा भएको मतदाता भेटघाट एवम् कोणसभालाई सम्बोधन गर्दै नेता गुरुङले भौगोलिक, सांस्कृतिक, पर्यावरणीय, राजनैतिक, आर्थिक, सामाजिक ,ऐतिहासिक महत्व बोकेको कालीगण्डकी नदिलाई डाइभर्सन गरिए यस क्षेत्रको अस्तित्व समाप्त हुने प्रष्ट पारे । ‘यो नदि मात्र होइन एउटा सभ्यता पनि हो । जैविक विविधताको करिडोर पनि हो,’ उनले भने, ‘त्यसैले नदि यथास्थितिमा बग्न दिनुपर्छ ।’
गण्डकी प्रदेशका अर्थमन्त्री हुदा समेत नेता गुरुङले राष्ट्रिय योजना आयोगलाई गण्डकी प्रदेशसँगको सहमतिबिना डाइभर्सनको निर्णय गर्न नपाउने गरी दबाब दिएका थिए । कालीगण्डकी शीरदेखि तीरसम्म बग्न पाउनुपर्ने उनको जोड थियो । सरकारले कालीगण्डकी नदीको पानीलाई सुरुङमार्फत तिनाउँ नदीमा खसाली रुपन्देही र कपिलवस्तमा भरपर्दो सिञ्चाइ सेवा उपलब्ध गराउन कालीगण्डकी तिनाउँ डाइभर्सन बहुउद्देश्यीय आयोजना अगाडि सारेको छ । कालीगण्डकी तिनाउ डाइभर्सनका लागि पाल्पा र स्याङ्जाको सीमामा पर्ने राम्दीभन्दा केही किलोमिटर तलबाट सुरुङ बनाउने योजना छ । डाइभर्सनको सट्टा कालीगण्डकी उपत्यकाको एकीकृत विकासमा ध्यान दिन उनले आग्रह गरेका छन् ।
कार्यक्रममा बोल्दै नेता गुरुङले प्रदेशकै गौरवको आयोजना शालिग्राम करिडोरले समग्र घिरिङ गाउँपालिकाको समृद्धिको ढोका खुल्ने बताए । सो करिडोर तनहुँको देवघाटदेखि मुस्ताङसम्म जोड्ने छोटो दूरीको सडक हो । वर्षौं अघिदेखि यो लोकमार्गको चर्चा चलेपनि बजेट अभावले काम सुस्त गतिमा थियो । सङ्घीयता आएपछि प्रदेश सरकारको गौरवको योजनामा एमाले नेतृत्वको सरकारले शालिग्राम करिडोरलाई महत्वका साथ राखेर काम अगाडि बढाएको हो । करिडोर–१ मा २५ करोड ८ लाख रुपैयामा सम्झौता भई काम सम्पन्न भइसकेको छ भने करिडोर–२ मा १९ करोड ८५ लाख रुपैयामा सम्झौता भएको हो ।
नेता गुरुङले एमालेलाई आगामी ५ वर्षको जिम्मेवारी दिए विकास र समृद्धि जनताको चाहाना पुरा हुने प्रष्ट पारे । तनहुँ २ प्रदेश २ का उम्मेदवार केदार सिग्देलले ग्यारेन्टीका साथ जनताका आधारभूत विषय पुरा गर्ने वाचा गरे । ‘घोषणापत्रमै हामीले २० ग्यारेन्टी ल्याएका छौं,’ उनले भने, ‘पुरा भए नभएको जाँच्ने काम अर्को ५ वर्षपछि तपाईहरुको हो ।’ स्थानीय, प्रदेश, जिल्लाका नेताहरुको साथमा उम्मेदवारहरु सोमवार घिरिङ–१ बन्टार, जगौलिटार खुम्लिङटार ,पुट्टार, अत्रौली भन्टार बैडी, घिरिङ–४ को धाब्दी, पुर्कोट, थामडाँडा, फुला करुवाटार र वडा नं. ५ को भोक्टेनी, सभुङ्ग हटिया लगायतका क्षेत्रमा पुगेका थिए ।
सम्बन्धित खबर
अमेरिका बसाइपछि फर्किएका वडा अध्यक्ष मानव बेचबिखन आरोपमा पक्राउ
५० प्रतिशत अनुदानमा पुतलीबजारका किसानलाई उन्नत धानको बीउ वितरण
बिलभन्दा बढी सामान बोकेको बोलेरो स्याङ्जामा नियन्त्रणमा, डेढ लाख बराबरको सामग्री बरामद
जंगलमा लुकाइराखिएको भरुवा बन्दुक फेला
स्याङ्जामा आमाको दूधको विकल्प भन्दै बिक्री हुने सामग्रीमाथि कडाइ
स्याङ्जा चेम्बर अफ कमर्शको नेतृत्व श्रीबहादुर गुरुङलाई
यो पनि पढौँ
प्रतिभाका पाँच विद्यार्थीले ल्याए उच्चतम् ४ जीपीए
शान्ति निकेतनका तीन विद्यार्थीको ४ जीपीए
पोखरा विमानस्थल भ्रष्टाचार प्रकरणमा पूर्वमन्त्री कार्कीसहित १४ जनाविरुद्ध मुद्दा दायर
राष्ट्रिय सभामा अध्यादेश रोक्न विपक्षीको गृहकार्य