आहा ! रारा गोल्डकप २२ औँ संस्करणमा आइपुग्दा नाममा परिवर्तन गरिएको छ । वि.सं. २०५८ मा क्याराभान गोल्डकप फुटबल प्रतियोगिताबाट सुरू भएकाे गोल्डकप अर्काे वर्ष २०५९ सालबाट ‘आहा गोल्डकप’ काे नाममा सुरू भएकाे थियाे । समग्रमा २२ औँ संस्करणमा आइपुग्दा मोफसलकै बहुप्रतिष्ठित प्रतियोगिता भएको ठहर गर्दै ‘पाेखरा’ थपिएकाे हाे । २०६९ सालमा ११ औँ संस्करणमा आहा पछि ‘रारा’ थपिएकाे थियाे ।
सहारा क्लबका अनुसार अब उक्त प्रतियोगिताको नाम ‘आहा ! रारा पोखरा गोल्डकप फुटबल प्रतियोगिता’ भएको छ । क्लबका अध्यक्ष हरिराम गुरुङ (सुरज)ले आन्तरिक तथा बाह्य पर्यटन प्रवद्र्धन गरि पोखरालाई स्पोर्टस् हबको रुपमा परिचित गराउने उद्देश्यसहित ब्राण्डमा ‘पोखरा’ थप गरिएको स्पष्ट पारे ।
हिमश्री फुड्स प्रालिले १० वर्ष मुख्य प्रायाेजकमा निरन्तरता दिएकाे छ । दुवै पक्षबीच आपसी सम्झौता गरेका छन् । उक्त क्लवले प्रत्येक वर्ष आयोजना गर्दै आएको आहा ! रारा गोल्डकपको मुख्य प्रायोजक हिमश्री फुड्स प्रालिले आगामी १० वर्षका लागि आपसी सम्झौता गरेको हो ।
आज (मंगलबार) पोखरामा आयोजित हस्ताक्षर कार्यक्रममार्फत २०५८ सालदेखि मुख्य प्रायोजन गर्दै आएको हिमश्री फुड्स प्रालिका अध्यक्ष प्रेमकुमारी केसी र क्लबका अध्यक्ष हरिराम गुरुङ (सुरज)ले हस्ताक्षर गर्दै सम्झौता समयावधि १० वर्षका लागि बढाइएको हो ।
उक्त सम्झौताअनुसार सहारा क्लब पोखरालाई हिमश्री फुड्स प्रालिले पहिलो ३ वर्षमा १८ लाख, दोस्रो ३ वर्षमा २१ लाख, तेस्रो ३ वर्षमा २४ लाख र २०८८ सालमा २७ लाख रकम सहयोग गर्नेछ भने पहिलो २ वर्षको किस्ता स्वरुप ३० लाख प्राप्त भइसकेको छ ।
प्रालिका निर्देशक किरण केसीले उत्पादनसँगै सहारा क्लबको समाजसेवमा थप १० वर्ष जोडिन पाएकोमा खुशी व्यक्त गरे । सहारा क्लब प्रतियोगिता मात्र होइन समाजसेवामा पनि जोडिएको छ । त्यसैले सकारात्मक काममा हाम्रो उत्पादनसँगै जोडिन पाएकोमा हामी केसी परिवार हर्षित छौँ र यो साथ १० वर्षका लागि थप गरेका छौँ ।
राष्ट्रिय खेलकुद परिषद्का सदस्य राजेश गुरुङले सहारा क्लबलाई सदैव सहयोग गर्ने प्रतिवद्धता जनाए । ‘रंगशालामा प्रतियोगिता गर्न चाहाने सबै संस्थालाई स्वागत छ’ उनले भने, ‘नाफामूलक गर्छु भन्नेलाई सहयोग गर्न सकिँदैन । तर समाजसेवाका लागि खेलकुद विकासको लागि काम गर्नेहरुका लागि रंगाशालाको गेट सधै खुल्ला छ । तर सरसफाई र संरक्षणमा ध्यान दिनुपर्छ ।’
सम्बन्धित खबर
पोखराका मेयरको घरमा आगजनी र लुटपाट गर्ने रास्वपाका वडा सभापतिसहित ४ जना कारागार चलान
पश्चिमाञ्चल इन्जिनियरिङ क्याम्पसमा पहिलो सेमेस्टरका नयाँ विद्यार्थीलाई अभिमुखीकरण
पोखरा उद्योग व्यापार मेलाको आकर्षण: क्यान इन्फोटेक-२०८२, UNV ले गर्यो सहकार्य
पर्यटन प्रवर्द्धन गर्न पोखरामा दाइँ महोत्सव
शान्ति निकेतन विद्यालयमा वार्षिक खेलकुद महोत्सव सुरु
एभरेस्ट एफएमको पाचौं वार्षिकोत्सवको अवसरमा मानव सेवा आश्रमलाई थप १ लाख प्रदान
यो पनि पढौँ
पोखराका मेयरको घरमा आगजनी र लुटपाट गर्ने रास्वपाका वडा सभापतिसहित ४ जना कारागार चलान
कास्कीका प्रमोद ढकाललाई यौन दुरुपयोग गरेको अभियोगमा बेलायतमा २५ वर्षको जेल सजाय
प्रेमीको हत्या गरेपछि २० वर्षीया युवतीले गरिन् शवसँग बिहे
एभरग्रीन एकेडेमीका विद्यार्थीले प्रस्तुत गरे ‘कल्चरल शो’