पोखरा । कोलपाटन आमा समूह पोखरा १५ ले श्री सिद्ध मावि अक्षयकोषमा अक्षरुपी तीस हजार एक सय पचपन्न रकम सहयोग गरेको छ ।
आमा समूहले नेपालीहरुको महान् पर्व तिहारको अवसरमा देउसी भैलो खेलेको केही रकम हस्तान्तरण गरेको समूहकी अध्यक्ष सावित्री पौडेलले बताइन् । पौडेलले आफूहरुले एकएक गरि जम्मा गरेको रकम शिक्षाको पवित्र स्थानमा सहयोग गर्न पाएकोमा खुसी व्यक्त गर्दै आमा समूहले अर्को वर्ष पनि रकम सहयोग गरी अक्षयकोषमा रु ५० हजार पुर्याउने लक्ष्य रहेको बताइन् ।
कार्यक्रमका प्रमुख अतिथि पोखरा महानगरपालिका वडा नम्बर १५ का वडाध्यक्ष तोरणबहादुर बानियाँले कोलपाटन आमा समूहलाई धन्यवाद दिँदै शिक्षा क्षेत्रमा गरेको लगानी र सहयोग कहिल्यै खेर नजाने बताए । बानियाँले अक्षयकोषको स्थापनाले विद्यालयको आर्थिक पाटो मजबुत हुँदै गएकोले अब विद्यालय सुधारका लागि वडा, विद्यालय प्रशासन, स्थानीय तथा सरोकारवालाहरु मिलेर लाग्नुपर्ने बताए ।
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष गणेशबहादुर आलेले अक्षयकोष दाता समूहलाई धन्यवाद दिँदै सहयोग रकम विद्यालयले उचित समयमा उचित प्रयोजनका लागि प्रयोग गर्ने र अक्षयकोषको रकम सही सदुपयोग गरिने प्रतिज्ञा व्यक्त गरे ।
विद्यालयका प्रधानाध्यापक गुरुदत्त कोइरालाले वि.सं. २०७५ मा स्थापित अक्षयकोषमा हालसम्म रु ४५ लाख रकम जम्मा भएको र अक्षयकोष स्थापनाको औचित्यका बारेमा प्रष्ट पारेका थिए ।
सम्बन्धित खबर
छैटौं टाइगर कपमा २२ लाख ६५ हजार रुपैयाँ बचत
आलु महोत्सव सकियाे, ५ करोडको कारोबार
यसरी फेरिँदैछ रुपाको रुप
१० औं पोखरा स्पोर्ट्स अवार्डको टाइटल स्पोन्सर ‘रारा तयारी चाउचाउ’
गण्डकीमा मन्त्रिमण्डल पुनर्गठनः एमाले र कांग्रेसबाट यी हुन् नयाँ मन्त्री
गण्डकी मन्त्रिपरिषद् हेरफेरः मुख्यमन्त्रीबाहेक सबै मन्त्री फेरिए
यो पनि पढौँ
सुदनले साधारण सदस्य समेत नरहने गरी पार्टी छाडे
शेखरले गगनलाई स्वीकार्दै , शशांक र धनराजसहितले छोडे देउवा समूह
कैलालीमा मरेको ब्रोइलरको मासु खाँदा दुई दाजुभाइको मृत्यु, आमा र भाइ अस्पतालमा
यी सहकारीमा ऋण तिर्नुछ ? १५ दिनभित्र नतिरे सम्पत्ति लिलाम हुने (सहकारीको सूचीसहित)