गण्डकी प्रदेश सभामा निर्विराेध चयन भएका स्वतन्त्र सांसद राजिव गुरुङ (दीपक मनाङे) नेकपा एकीकृत समाजवादीमा प्रवेश गरेका छन् । सोमवार दिउँसो पार्टी अध्यक्ष माधवकुमार नेपालले उनलाई पार्टी प्रवेश गराएका हुन् ।
मंसिर ४ गते सम्पन्न निर्वाचनमा मनाङे मनाङबाट प्रदेश सभामा निर्विरोध चुनिएका थिए । मनाङेले नेकपा एसको नीति र सिद्धान्त आफ्नो नीति र सिद्धान्तसँग मेल खाएकाले पार्टी प्रवेश गरेको उल्लेख गरेका छन् ।
मनाङले पार्टी प्रवेश गरेसँगै गण्डकी प्रदेश सभामा नेकपा एसको पनि एक सिट भएको छ । उक्त पार्टीले प्रदेश सभातर्फ एउटा पनि सिट जित्न सकेको थिएन । अघिल्लो कार्यकालमा पनि स्वतन्त्र सांसद रहेका मनाङे प्रदेशका खेलकुद मन्त्री पनि हुन् ।

गठबन्धनकै सरकार बन्ने निश्चित भएकाले एसबाट मनाङे मन्त्री बन्ने चर्चा छ । नेकपा टुक्रने समयमा पृथ्वीसुब्बा गुरूङ नेतृत्वकाे क्याबिनेटमा खेलकुद मन्त्री भएका मनाङे एमालेकाे साथ छाड्दै काँग्रेस नेतृत्वकाे सरकारमा पनि मन्त्रीमा निरन्तर रहे । अब बन्ने नयाँ सरकारमा पनि मन्त्री बन्ने निश्चित गरेर नेकपा एस प्रवेश गरेकाे टिप्पणी भइरहेकाे छ ।
सम्बन्धित खबर
चाङ्गान नेभो Q05 पोखरामा सार्वजनिक, डीपल शोरुम पोखरामा ४ दिने टेस्ट ड्राइभ कार्यक्रम
कोरियाली कलाकार किमद्वारा बाढीपीडितलाई ५ हजार किलो चामल सहयोग
सुजल डेरीद्वारा पोखराको लेकसाइडमा ‘लभबर्ड्स प्रिमियम आइसक्रिम’ को चौथो पार्लर सञ्चालन
बाल दिवसमा ज्योति बाल क्लबका बालकहरूले पठाए बाढीपीडितलाई राहत
गण्डकी प्रदेश प्रमुख भट्टद्वारा हरितालिका तीजको शुभकामना
‘पेन्सन पट्टा’को दमदार सुरुवात: दुई दिनमै ४५ लाखभन्दा बढी, पोखराबाट मात्रै १५ लाख संकलन
यो पनि पढौँ
तीज मनाउन भदैसँग माइत हिँडेकी महिलाको दुपट्टा मोटरसाइकल चक्कामा बेरिएर बाटैमा ज्यान गयो
स्याङ्जामा गोठमा अचेत भेटिएकी महिलाको मृत्यु
अष्ट्रेलियामा अन्तर्राष्ट्रिय विद्यार्थीलाई थप कडाई, परिवार लैजान रोक !
सुजल डेरीद्वारा पोखराको लेकसाइडमा ‘लभबर्ड्स प्रिमियम आइसक्रिम’ को चौथो पार्लर सञ्चालन