दलहरूले मंसिर ४ गते सम्पन्न प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनबाट आफ्नो पार्टीले समानुपातिक तर्फ पाएको सिट संख्याका आधारमा सांसद सिफारिस गरेका छन् ।
नेपाली कांग्रेसले समानुपातिकतर्फ ३२ जनाको नाम सिफारिस गरेको हो । यसमध्ये प्रतिनिधिसभातर्फ कांग्रेसले गण्डकी प्रदेशबाट ३ जनाको नाम सिफारिस गरेको छ । काँग्रेस प्रत्यक्षतर्फ पहिलाे र समानुपातिकतर्फ दाेस्राे बनेकाे हाे ।
प्रत्यक्ष निर्वाचनमा दोस्रो र समानुपातिक तर्फ पहिलो बनेको नेकपा एमालेले ३४ जनाको नाम सिफारिस गरेका छ । यसमध्ये प्रतिनिधिसभा तर्फ गण्डकी प्रदेशबाट २ जना सिफारिस भएका छन् ।
यस्तै, निर्वाचनबाट प्रत्यक्ष र समानुपातिक दुवै तर्फ तेस्रो बनेको माओवादी केन्द्रले पनि १४ जना सांसदको नाम निर्वाचन आयोगलाई सिफारिस गरेको छ । गण्डकीमा प्रतिनिधिसभा तर्फ माओवादीबाट १ जना सिफारिस भएका छन् ।
पहिलो पटक निर्वाचनबाट उदाएको राष्ट्रिय स्वतन्त्र पार्टीले पनि आफूले समानुपातिक तर्फ पाएको १३ जनाको नाम सिफारिस गरेको हो । यसमध्ये गण्डकीबाट २ जना जनाको नाम सिफारिस गरेको हो ।
यस्तै, पाँचौं दल बनेको राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले पनि आफूले पाएको ७ जना समानुपातिक सांसदको नाम सिफारिस गरेको हो । जसमध्ये गण्डकीबाट कोही पनि परेनन् । तर, गण्डकी प्रदेशसभामा भने २ जना सांसदका सात इन्ट्री गरेकाे छ ।
यस्तो छ गण्डकी प्रदेशबाट समानुपातिक सांसद
नेपाली कांग्रेस
प्रतिनिधिसभा तर्फ
१.जीवन परियार
२.कुसुम थापामगर
३.रेनुका काउचा
प्रदेश सभातर्फ
१. दिलमाया पौबी
२. टीकाकुमारी बस्याल
३. विमला गौचन
४. रेखा गुरुङ
५. सरस्वती गुरुङ
६. पार्वती तामाङ
७. सरस्वती अर्याल तिवारी
८. चम्पादेवी खड्का
९. कल्पना तिवारी
नेकपा एमाले
प्रतिनिधिसभा तर्फ
१.एकनाथ ढकाल
२.देवी भट्टचन
प्रदेशसभा तर्फ
१.यसोदा रिमाल
२. देवका पहारी त्रिपाठी
३.कृष्णप्रसाद पाठक
४.प्रकाश केसी
५.विना थापा
६.निर्मला थापा
७.राजकुमारी भुजेल
८.लिलाबहादुर थापा
९.नन्दकला दमाई
१०.गोविन्दबहादुर नेपाली
माओवादी केन्द्र
प्रतिनिधिसभा तर्फ
१. हितराज पाण्डे (पुरुष)
प्रदेशसभा तर्फ
१.दमयन्ती रुचाल
२. कुसुम बुढा मगर
३.सुशीला सिम्खडा
राष्ट्रिय स्वतन्त्र पार्टी
प्रतिनिधिसभातर्फ
१.डा.ढाकाकुमार श्रेष्ठ
२. शिव नेपाली
राप्रपा
प्रदेशसभातर्फ
१.पञ्चराम गुरूङ
२.बिन्दु पहाडी
सम्बन्धित खबर
एन प्याब्सनको बृहत् बाल प्रतिभा पहिचान महोत्सव तथा खेलकुद, १५ सय विद्यार्थी प्रतिस्पर्धा गर्दै
पोखराका मेयरको घरमा आगजनी र लुटपाट गर्ने रास्वपाका वडा सभापतिसहित ४ जना कारागार चलान
पश्चिमाञ्चल इन्जिनियरिङ क्याम्पसमा पहिलो सेमेस्टरका नयाँ विद्यार्थीलाई अभिमुखीकरण
पोखरा उद्योग व्यापार मेलाको आकर्षण: क्यान इन्फोटेक-२०८२, UNV ले गर्यो सहकार्य
पर्यटन प्रवर्द्धन गर्न पोखरामा दाइँ महोत्सव
शान्ति निकेतन विद्यालयमा वार्षिक खेलकुद महोत्सव सुरु
यो पनि पढौँ
पोखराका मेयरको घरमा आगजनी र लुटपाट गर्ने रास्वपाका वडा सभापतिसहित ४ जना कारागार चलान
कास्कीका प्रमोद ढकाललाई यौन दुरुपयोग गरेको अभियोगमा बेलायतमा २५ वर्षको जेल सजाय
प्रेमीको हत्या गरेपछि २० वर्षीया युवतीले गरिन् शवसँग बिहे
एभरग्रीन एकेडेमीका विद्यार्थीले प्रस्तुत गरे ‘कल्चरल शो’