पोखरा । पोखरा महानगरपालिकामा अब पार्किङ शुल्क नलाग्ने भएको छ। पोखराका मेयर धनराज आचार्यले गत असारमा घोषणा गरेअनुसार अब पार्किङ शुल्क नलाग्ने भएको हो।
विभिन्न क्षेत्रमा पार्किङबापत् शुल्क उठाउन महानगरले निजी कम्पनीसँग गरेको ठेक्का आज मङ्गलबार सकिएकाे छ । मेयर आचार्यले यस ठेक्काको म्याद सकिएपछि पार्किङ निःशुल्क हुने गत असारमै घोषणा गरेका थिए ।
महानगरले यसअघि वि.सं २०७७ सालको मंसिर १४ गते महानगर भित्रको पार्किङ व्यवस्थापन संकलनका लागि निजी कम्पनी फेवा सावित्री जोइन्ट भेन्चरसँग ठेक्का सम्झौता गरेको थियो । २ वर्षका लागि भएको उक्त ठेक्का सम्झौतामार्फत महानगरले तीन करोड १६ लाख ७० हजार रुपैयाँ प्राप्त गरेको थियो ।
सोही सम्झौताअनुरुप कम्पनीले २०७७ सालको मंसिर २८ देखि २०७९ सालको मंसिर २७ गतेसम्म पोखराका विभिन्न क्षेत्रमा पार्किङ व्यवस्थापन भनेर शुल्क उठाउँदै आएको छ । कम्पनीले हाल प्रतिदिन पार्किङ शुल्क भनेर मोटरसाइकल र स्कुटरलाई १० रुपैयाँ उठाउँदै आएको छ ।
यसैगरी, ठूला सवारी साधनलाई प्रति घन्टा ३० रुपैयाँ उठाइएको थियो भने कम्पनीले मझौला सवारी साधनलाई मुख्य सडक क्षेत्रमा ३० रुपैयाँ प्रतिघन्टा, हलुका सवारी साधनमा २० रुपैयाँ प्रति घन्टा शुल्क उठाउँदै आएको थियो ।
सम्बन्धित खबर
चाङ्गान नेभो Q05 पोखरामा सार्वजनिक, डीपल शोरुम पोखरामा ४ दिने टेस्ट ड्राइभ कार्यक्रम
कोरियाली कलाकार किमद्वारा बाढीपीडितलाई ५ हजार किलो चामल सहयोग
सुजल डेरीद्वारा पोखराको लेकसाइडमा ‘लभबर्ड्स प्रिमियम आइसक्रिम’ को चौथो पार्लर सञ्चालन
बाल दिवसमा ज्योति बाल क्लबका बालकहरूले पठाए बाढीपीडितलाई राहत
गण्डकी प्रदेश प्रमुख भट्टद्वारा हरितालिका तीजको शुभकामना
‘पेन्सन पट्टा’को दमदार सुरुवात: दुई दिनमै ४५ लाखभन्दा बढी, पोखराबाट मात्रै १५ लाख संकलन
यो पनि पढौँ
तीज मनाउन भदैसँग माइत हिँडेकी महिलाको दुपट्टा मोटरसाइकल चक्कामा बेरिएर बाटैमा ज्यान गयो
स्याङ्जामा गोठमा अचेत भेटिएकी महिलाको मृत्यु
अष्ट्रेलियामा अन्तर्राष्ट्रिय विद्यार्थीलाई थप कडाई, परिवार लैजान रोक !
सुजल डेरीद्वारा पोखराको लेकसाइडमा ‘लभबर्ड्स प्रिमियम आइसक्रिम’ को चौथो पार्लर सञ्चालन