पोखरा । आत्महत्या न्यूनीकरण तथा रोकथामका लागि राज्यको रणनीति र जनमानसमा सचेतनाको आवश्यक रहेको पोखरामा आज आयोजित कार्यक्रममा बताइएको छ । कोशिश (राष्ट्रिय मानसिक स्वास्थ्य स्वावलम्वन संगठन) को आयोजना तथा सिबिएमको समन्वयमा मनोसामाजिक सुस्वास्थ्य तथा आत्महत्या रोकथाम सम्वन्धि परियोजना माथी लक्षित समूहसँग समिक्षा गरिएको कार्यक्रममा सरोकारवालाहरुले बताएका हुन् ।
कार्यक्रममा गण्डकी प्रदेशमा मानसिक स्वास्थ्य समस्याको अवस्था, स्थानीय निकायहरुमा आत्महत्या रोकथामका लागि भएको रणनीति तथा आत्महत्या न्यूनीकरणलाई प्रभावकारी बनाउन कस्ता कदम आवश्यक रहनेछ भन्ने विषयमा समिक्षा गरिएको छ । गण्डकी प्रदेशमा आत्महत्याको घटनाहरु दिनप्रतिदिन बढ्दै गएको हुँदा सन्तोषजनक नभएको वक्ताहरुले बताएका छन् । मानसिक स्वास्थ्य समस्या समाधान र आत्महत्या रोकथामका लागि कोशिशले दिँदै आएको गेट किप्पर तालिम प्रभावकारी भएको कार्यक्रममा बताइएको छ । परियोजनाले आत्महत्या न्यूनीकरणमा खेलेको भुमिका र अव कस्तो भुमिका खेल्नुपर्ने विषयमा समेत समिक्षा गरिएको छ ।
कार्यक्रममा मानव अधिकारकर्मी, सामाजिक अभियन्ता, स्वास्थ्यकर्मी, जनप्रतिनिधि, सुरक्षाकर्मी, सम्वन्धित सरकारी निकायका कर्मचारी, पत्रकार, शिक्षकलगाएतको प्रतिनिधिमूलक सहभागिता रहेको थियो । साथै कोशिशका अनुगमनकर्ता नबराज गौतम, सिबिएमकी वरिष्ठ कार्यक्रम अफिसर रिता गौतम, कोशिश मनोपरामर्शकर्ता शैलेन्द्र शर्मा र दुर्गाबहादुर थापाको उपस्थितिमा सम्पन्न भएको थियो ।
सम्बन्धित खबर
बेगनास तालमा पौडी खेल्ने क्रममा डुबेर युवकको मृत्यु
उच्चतम् ४ जीपीए ल्याउने २८ जना विद्यार्थीले रोजे प्रतिभा मावि
पोखरामा फोहोर फाल्ने ठाउँमा विष्फोटक पद्धार्थ भेटियो
पोखरा र गौतमबुद्ध विमानस्थल सञ्चालनको जिम्मा निजी क्षेत्रलाई दिने
फुस्रे खोलाले फेरि लियो ज्यान, १४ वर्षीय नेपालीको मृत्यु
प्रथम पिसिएम कप प्लस टु फुटसल टुर्नामेण्ट हुँदै
यो पनि पढौँ
उच्चतम् ४ जीपीए ल्याउने २८ जना विद्यार्थीले रोजे प्रतिभा मावि
शान्ति निकेतनमा कक्षा ११ का पहिलो ब्याचका विद्यार्थीलाई स्वागत र अभिमुखीकरण
प्रतिभाले नयाँ विद्यार्थीलाई सपथ खुवाउँदै गर्यो स्वागत
बेगनास तालमा पौडी खेल्ने क्रममा डुबेर युवकको मृत्यु