पोखरा । आत्महत्या न्यूनीकरण तथा रोकथामका लागि राज्यको रणनीति र जनमानसमा सचेतनाको आवश्यक रहेको पोखरामा आज आयोजित कार्यक्रममा बताइएको छ । कोशिश (राष्ट्रिय मानसिक स्वास्थ्य स्वावलम्वन संगठन) को आयोजना तथा सिबिएमको समन्वयमा मनोसामाजिक सुस्वास्थ्य तथा आत्महत्या रोकथाम सम्वन्धि परियोजना माथी लक्षित समूहसँग समिक्षा गरिएको कार्यक्रममा सरोकारवालाहरुले बताएका हुन् ।
कार्यक्रममा गण्डकी प्रदेशमा मानसिक स्वास्थ्य समस्याको अवस्था, स्थानीय निकायहरुमा आत्महत्या रोकथामका लागि भएको रणनीति तथा आत्महत्या न्यूनीकरणलाई प्रभावकारी बनाउन कस्ता कदम आवश्यक रहनेछ भन्ने विषयमा समिक्षा गरिएको छ । गण्डकी प्रदेशमा आत्महत्याको घटनाहरु दिनप्रतिदिन बढ्दै गएको हुँदा सन्तोषजनक नभएको वक्ताहरुले बताएका छन् । मानसिक स्वास्थ्य समस्या समाधान र आत्महत्या रोकथामका लागि कोशिशले दिँदै आएको गेट किप्पर तालिम प्रभावकारी भएको कार्यक्रममा बताइएको छ । परियोजनाले आत्महत्या न्यूनीकरणमा खेलेको भुमिका र अव कस्तो भुमिका खेल्नुपर्ने विषयमा समेत समिक्षा गरिएको छ ।
कार्यक्रममा मानव अधिकारकर्मी, सामाजिक अभियन्ता, स्वास्थ्यकर्मी, जनप्रतिनिधि, सुरक्षाकर्मी, सम्वन्धित सरकारी निकायका कर्मचारी, पत्रकार, शिक्षकलगाएतको प्रतिनिधिमूलक सहभागिता रहेको थियो । साथै कोशिशका अनुगमनकर्ता नबराज गौतम, सिबिएमकी वरिष्ठ कार्यक्रम अफिसर रिता गौतम, कोशिश मनोपरामर्शकर्ता शैलेन्द्र शर्मा र दुर्गाबहादुर थापाको उपस्थितिमा सम्पन्न भएको थियो ।
सम्बन्धित खबर
एन प्याब्सनको बृहत् बाल प्रतिभा पहिचान महोत्सव तथा खेलकुद, १५ सय विद्यार्थी प्रतिस्पर्धा गर्दै
पोखराका मेयरको घरमा आगजनी र लुटपाट गर्ने रास्वपाका वडा सभापतिसहित ४ जना कारागार चलान
पश्चिमाञ्चल इन्जिनियरिङ क्याम्पसमा पहिलो सेमेस्टरका नयाँ विद्यार्थीलाई अभिमुखीकरण
पोखरा उद्योग व्यापार मेलाको आकर्षण: क्यान इन्फोटेक-२०८२, UNV ले गर्यो सहकार्य
पर्यटन प्रवर्द्धन गर्न पोखरामा दाइँ महोत्सव
शान्ति निकेतन विद्यालयमा वार्षिक खेलकुद महोत्सव सुरु
यो पनि पढौँ
पोखराका मेयरको घरमा आगजनी र लुटपाट गर्ने रास्वपाका वडा सभापतिसहित ४ जना कारागार चलान
कास्कीका प्रमोद ढकाललाई यौन दुरुपयोग गरेको अभियोगमा बेलायतमा २५ वर्षको जेल सजाय
प्रेमीको हत्या गरेपछि २० वर्षीया युवतीले गरिन् शवसँग बिहे
एभरग्रीन एकेडेमीका विद्यार्थीले प्रस्तुत गरे ‘कल्चरल शो’