पोखरा । कास्कीमा रहेर बालअधिकारको क्षेत्रमा काम गर्नेहरुलाई बाल अधिकारको प्रभावकारी वकालत र त्यसको रणनीति निर्माणबारे तालिम दिइएको छ । बाल हितकारी परियोजना नेपालका आयोजना, बाल अधिकार मञ्चको सहआयोजना र किडासाको सहयोगमा दुई दिनको तालिम प्रदान गरिएको हो ।
तालिममा बालबालिकाको क्षेत्रमा काम गर्ने संस्थाका २८ जना सहभागी थिए । मानव अधिकारकर्मी एवं अधिवक्ता अच्युत आचार्यले तालिम दिएका हुन् । तालिमको शुक्रबार समापन भएको छ । सहभागीहरुले समस्यामा रहेकाको उद्दार संयन्त्र नहुुँदा, अभिभावकको सम्बन्ध विच्छेद, दीर्घकालीन संरक्षण संयन्त्र नहुँदा, सरकारी कार्यालयमा कर्मचारीबीचकै द्वन्द्वलगायत कारणले प्रभावकारी काम गर्न नसकेको अनुभव राखेका थिए ।
एउटै उद्देश्य भएका संस्था मिलेर काम गर्दा प्रभावकारी हुने उनीहरुको भनाइ थियो । एसओएस बालग्रामका प्रकाश भुुषालले भने, ‘एक्लो भएर काम हुँदैन । हाम्रो उद्देश्य एउटै हो । त्यसमा सफल हुुन संस्थागत समन्वय पनि आवश्यक छ । यस्ता बसाइँमा सिकेका कुुरा फलदायी हुन्छन् ।’ उनले सरकारी निकायले पनि बालबालिकाका समस्या लिएर जाँदा समाधान गर्न सक्रियता देखाउनुु पर्ने बताए ।
बाल हितकारी परियोजना नेपालका अध्यक्ष गोविन्दराज पहारीले सामाजिक विकृतिले गर्दा बालबालिका सडकसम्म आइपुगेको बताए । यकीन तथ्यांक नहुँदा काम गर्न पनि समस्या भएको उनको भनाइ थियो । ‘सडकमा आउनुको कारण के हो ? त्यसको मुख्य कारण परिवारभित्रकै समस्या हो । बहुविवाह, गरिबी र अशिक्षाले बालबालिका सडकमा आएका छन्,’ उनले भने, ‘हामीसँग यकीन तथ्यांक नहुँदा काम गर्न पनि समस्या छन् । तर, मानवरहित सडक बनाउने सरकारको अभियानमा हामीजस्ता संस्थाको महत्वपूर्ण भूमिका छ ।’
किडासाका नेपाल प्रतिनिधि जेरेमी साउथनले बनेका कानुुनको स्थानीय तहबाट प्रभावकारी कार्यान्वयन आवश्यक रहेको बताए । ‘बालबालिकाको क्षेत्रमा बन्नुुपर्ने कानुुन बनेका छन् । तर, स्थानीय तहमा त्यसको कार्यान्वय आवश्यक छ,’ उनले भने, ‘स्थानीय तहमा जनशक्ति र पूूर्वाधार कम छन् । त्यसले समस्या भएको छ ।’
पोखरा महानगरपालिकाकी बाल कल्याण अधिकारी विष्णुुमाया पौडेलले बालअधिकार संरक्षणमा गैरसरकारी संस्थाको भूूमिका प्रशंसायोग्य रहेको बताइन् । पर्याप्त पूूर्वाधार र जनशक्ति नहुुँदा सोचेजस्तो काम हुुन नसकेको उनको भनाइ थियो ।
समापन कार्यक्रममा राष्ट्रिय बालअधिकार परिषद् नेपालका गण्डकी प्रदेश समन्वय अधिकृत बद्री वाग्ले, बाल हितकारी परियोजनाका उपाध्यक्ष रामचन्द्र शर्मा, सचिव दिलबहादुुर भट्टराई, कार्यकारी निर्देशक ठाकुुर चापागाईंलगायतको उपस्थिति थियो । समापन समारोह सञ्चालन बाल हितकारी परियोजना नेपालको समुुदायमा आधारित बाल संरक्षण परियोजना प्रमुख केशव पौडेलले गरेका थिए ।
सम्बन्धित खबर
एन प्याब्सनको बृहत् बाल प्रतिभा पहिचान महोत्सव तथा खेलकुद, १५ सय विद्यार्थी प्रतिस्पर्धा गर्दै
पोखराका मेयरको घरमा आगजनी र लुटपाट गर्ने रास्वपाका वडा सभापतिसहित ४ जना कारागार चलान
पश्चिमाञ्चल इन्जिनियरिङ क्याम्पसमा पहिलो सेमेस्टरका नयाँ विद्यार्थीलाई अभिमुखीकरण
पोखरा उद्योग व्यापार मेलाको आकर्षण: क्यान इन्फोटेक-२०८२, UNV ले गर्यो सहकार्य
पर्यटन प्रवर्द्धन गर्न पोखरामा दाइँ महोत्सव
शान्ति निकेतन विद्यालयमा वार्षिक खेलकुद महोत्सव सुरु
यो पनि पढौँ
पोखराका मेयरको घरमा आगजनी र लुटपाट गर्ने रास्वपाका वडा सभापतिसहित ४ जना कारागार चलान
कास्कीका प्रमोद ढकाललाई यौन दुरुपयोग गरेको अभियोगमा बेलायतमा २५ वर्षको जेल सजाय
प्रेमीको हत्या गरेपछि २० वर्षीया युवतीले गरिन् शवसँग बिहे
एभरग्रीन एकेडेमीका विद्यार्थीले प्रस्तुत गरे ‘कल्चरल शो’