अश्विन दानी, गोरखा (नारेश्वर) । प्रचारप्रसारको अभावले गोरखा नगरपालिका ३ कान्थेँ स्वाँरामा रहेको बिन्दवासिनीमाई मन्दिरको पहिचान लोभ हुने अबस्थामा छ । शाहवंशी पालादेखि पूजाआजा गर्ने गरिएको उक्त मन्दिर संरक्षणको अभावले लोप हुने अबस्थामा पुगेको स्थानीयहरु बताउँछन् ।
केही बर्ष अघिसम्म यहाँ पूजागर्न आउने भक्तजनहरुको भिड लाग्ने गरेपनि आजभोली अत्यन्तै कम भक्तजनहरु आउने गरेको स्थानीय मैयामायाँ श्रेष्ठले बताईन् । ‘म यो ठाउँमा बिहे गरेर आएको पनि ७० साल नाघि सक्यो’ उनले भनिन् ‘मलाई सासु ससुराले भन्नु भएको यो मन्दिरमा राजा सावहरु आएर पूजा गर्नु हुन्थ्योँ रे । मैले राजाहरुलाई त देखिन तर केही बर्ष पहिले यहाँ पूजा गर्नलाई लाइन नै बस्नु पर्ने हुन्थ्यो ।’ किन हो खै आजभोली त धेरै मान्छे नै आउँदैनन् यहाँ, उनले भनिन् ।
यस मन्दिरमा गरेका सबै भाकलहरु बिन्दावासिनी माइले पूरा गर्दिनुु हुन्छ भन्ने आम भक्तजनहरुमा बिश्वास रहेको पाइन्छ । पहिले दैनीक भक्तजनहरुको भिड लाग्ने कुरा स्थानियले बताउने गरेपनि अहिले यहाँ त्यस्तो पाईदैन् ।
‘आजभोली यहाँ बिवाह, ब्रतबन्ध तथा भाकलका बलि चढाउन आएका मान्छे बाहेक अन्य दिन दुई तीन जना मात्रै भक्तजनहरु आउने गरेको अर्का स्थानीय मंगलप्रसाद श्रेष्ठ बताउँछन् । ‘यो मन्दिरको बारेमा धेरैलाई थाहै छैन्’ उनी भन्छन् ‘पहिले राजाका पाला हुँदासम्म यहाँ दिनकै सयौँ मान्छेहरु आउने गर्थेँ । तर, आजभोली त्यती धेरै मान्छे आउँदैनन् ।’

यस मन्दिरमा भाकल गर्ने सबै भक्तजनहरुको मनोकांक्षा पूरा हुने गरेको स्थानीयहरु बताउँछन् । यस मन्दिरमा राँगा, बोका, कुखुरा, हाँस, भेडा आदिको भाकल दिने गरिन्छ । मन्दिरको धार्मिक मूल्य मान्यता भएपनि संरक्षण र प्रचारप्रसारको कमिले यसबाट सरकारले पर्याप्त लाभ लिन नसकेको देखिन्छ ।
राजा राम शाहाले तत्कालिन नारेश्वरका काशिनाथ तिवारी उपाध्यायलाई त्यस मन्दिरको दैनीक पूजा गर्ने जिम्मा दिएको बर्तमान पूजारी होमनाथ तिवारी पूजारी बताउँछन् । ‘त्यतिबेलादेखि अहिलेसम्म यहाँ तिवारीहरुले नै दैनीक पूजा गर्छन्’ उनले भने ‘मेरो जीजुवाहरुलाई त्यतीखेर ४० मुरी माटो जग्गा दिएर राजाले दैनीक पूजागर्न लगाएका थिए रे । अहिले हामी चार जना तिवारीहरु १५÷१५ दिनको पालो लगाएर पूजा गर्ने गर्छैँ ।’
यस मन्दिर भित्र सानो गुफा पनि छ र यहाँबाट पानी बगिरहन्छ जुन पानी देवीको नाबिबाट आएको भन्ने मान्यता रहेको पाइन्छ । मन्दिर मर्मत गरेर संरक्षण गर्न नसकेकाले भक्तालुहरु कम आउने गरेको उनले दाबी गरे । मन्दिरका लागि पर्याप्त बजेट नआएको र आएपनि सदुपयोग नभएको उनको भनाई छ । ‘यहाँको मन्दिर मर्मतका लागि भनेर दुई बर्ष अघि पाँच लाख बजेट आएको थियो’ उनले भने ‘पूजारीहरु कसैलाई थाहै नदिई समिति बनाएर काम गरे । त्यो पाँच लाख बजेटले मन्दिरमा टिनको छानो हाल्ने र एउटा ढोका बनाउने बाहेक अरु केही काम भएन् ।’
सम्बन्धित खबर
सडकबाट ट्रिपर खस्दा एक जनाको मृत्यु, चालक फरार
श्याम स्मृति फुटबल प्रतियोगिता २६ वर्षपछि पुनः सञ्चालनमा
सरकारी विज्ञापन नीतिविरुद्ध स्याङ्जाका पत्रकारको दबाब, प्रधानमन्त्रीलाई हस्ताक्षरसहित मागपत्र
पूर्वविद्यार्थीको पहलमा भीरकोटका दुई विद्यालयमा कम्प्युटर सहयोग
बेगनास तालमा पौडी खेल्ने क्रममा डुबेर युवकको मृत्यु
नेपाल पत्रकार महासंघ स्याङ्जाद्वारा तीन पूर्व अध्यक्षलाई सम्मान
यो पनि पढौँ
उच्चतम् ४ जीपीए ल्याउने २८ जना विद्यार्थीले रोजे प्रतिभा मावि
शान्ति निकेतनमा कक्षा ११ का पहिलो ब्याचका विद्यार्थीलाई स्वागत र अभिमुखीकरण
प्रतिभाले नयाँ विद्यार्थीलाई सपथ खुवाउँदै गर्यो स्वागत
बेगनास तालमा पौडी खेल्ने क्रममा डुबेर युवकको मृत्यु