इन्फर्मेटिक्स कलेज पोखराका १८१ जना विद्यार्थी दीक्षित भएका छन् । उत्कृष्ट नतिजा र व्यवसायिक शिक्षा दिँदै आएको यो कलेजले दीक्षान्त समारोहको आयोजना गरेर विद्यार्थीहरूलाई दीक्षित गरेको हो ।
दीक्षित हुनेमा बिए (अनर्स) बिजनेस प्रशासन विषयमा स्नातक तह गर्ने १३ जना र बिएस्सी (अर्नस) कम्प्युटिङ तह पूरा गर्ने १६८ विद्यार्थी छन् । आइतबार आयोजित दीक्षान्त समारोहमा विश्वविद्यालयका हेड अफ एकेडेमिक पार्टनरसिप डा.वेन्डी ब्लोइसीले विद्यार्थीलाई दीक्षान्तको प्रमाणपत्र प्रदान गरेका थिए ।
समारोहमा विद्यार्थीका अभिभावकहरुको समेत उपस्थिति रहेको थियो । बेलायतको लन्डन मेट्रोपोलियन युनिभर्सिटीबाट सम्बन्धन प्राप्त सो कलेज इनोभेट नेपाल ग्रुप (आइएनजी)द्वारा सञ्चालित छ ।
आइएनजीका संस्थापक अध्यक्ष शुलभ बुढाथोकीले विद्यार्थीले नेपालको सरकारी निकाय, उत्कृष्ट व्यापारिक प्रतिष्ठानहरुमा रोजगार पाइरहेको बताए । बेलायती विश्वविद्यालयको डिग्री विश्वकै उत्कृष्ट रहेको दाबी गर्दै उनले यहाँ पढ्ने विद्यार्थीहरू सूचना प्रविधि क्षेत्रमा अग्र स्थानमा रहेको धारणा राखे । अध्यक्ष बुढाथोकीले नेपालमा बेलायती शिक्षाले गर्दा विद्यार्थीमा स्वअध्ययन बढेको धारणा समेत व्यक्त गरे ।
इन्फर्मेटिक्स कलेज पोखराले बिजनेश र आइटी कोर्षअन्तर्गत रहेर बिआइटी तथा बिबिए प्रोग्राम अध्यापन गराएर विद्यार्थीलाई उपयुक्त मार्गनिर्देश गर्दै आएको छ। यस्तै, डिजिटल बिजनेश म्यानेजमेन्ट र इभेन्ट्स तथा टुरिजम म्यानेजमेन्ट बिजनेश तर्फ तथा आईटीमा बिएससी कम्प्युटिङ कोर्षलाई विशिष्टिकृत गरेर अध्यापन गराउँदै आएको यो कलेज उपयुक्त शैक्षिक गन्तव्य रुपमा इन्फर्मेटिक्स कलेजले आफ्नो पहिचान बनाएको छ।
यस्तै, कलेजले आफ्नो लामो शैक्षिक यात्राका क्रममा पाठ्यक्रममा मात्र नभएर अतिरिक्त क्रियाकलापमा समेत जोड दिँदै विद्यार्थीको क्षमता अभिवृद्धिमा जोड दिएको छ।
कलेजले अन्तर्राष्ट्रिय एक्सपोजर कार्यक्रम, इन्डष्ट्री एक्सपोजर तथा विभिन्न कार्यक्रमहरू समेत समावेश गरेको छ। इन्फर्मेटिक्स कलेज पोखराले जेहेनदार विद्यार्थीका लागि एएए छात्रवृत्तिको व्यवस्था समेत गरेको छ। यो कलेजले उत्र्तीण भएका आफ्ना विद्यार्थीमार्फत विभन्न क्षेत्रमा नेतृत्वदायी भूमिका निर्वाह गर्ने विश्वास लिएको छ।
Video:
https://www.facebook.com/informaticscollegepkr/videos/687062942978208
सम्बन्धित खबर
अपिहिमाल र अर्जुनचौपारीबीच विकास साझेदारी : पाँच वर्षीय भगिनी सम्बन्ध सम्झौता
एन प्याब्सनको बृहत् बाल प्रतिभा पहिचान महोत्सव तथा खेलकुद, १५ सय विद्यार्थी प्रतिस्पर्धा गर्दै
‘प्रथम वालिङ सडक खाना महोत्सव’ भोलि एक दिन थपिने
बिरुवा राष्ट्रपति रनिङ शिल्डको उपाधि भुरुङचौकी माविलाई
फेदीखोलामा नदीजन्य पदार्थ उत्खनन र ओसारपसार गर्ने दुई ट्याक्टर नियन्त्रण
सडक खाना महोत्सवका अवसरमा वालिङमा सार्वजनिक बिदा
यो पनि पढौँ
पोखराका मेयरको घरमा आगजनी र लुटपाट गर्ने रास्वपाका वडा सभापतिसहित ४ जना कारागार चलान
कास्कीका प्रमोद ढकाललाई यौन दुरुपयोग गरेको अभियोगमा बेलायतमा २५ वर्षको जेल सजाय
प्रेमीको हत्या गरेपछि २० वर्षीया युवतीले गरिन् शवसँग बिहे
एभरग्रीन एकेडेमीका विद्यार्थीले प्रस्तुत गरे ‘कल्चरल शो’