पाेखरा । विज्ञान तथा प्रविधिमा रुची भएका विद्यार्थीको प्रतिभा प्रस्फुटन हेतु पोखराको अटोवेज प्रालिले ‘साइन्स फेयर’को आयोजना गरेको छ । आज सोमबारदेखि सुरु चार दिने फेयर पुस १४ गतेसम्म नयाँबजारस्थित अटोवेजकै हलमा चल्नेछ ।
फेयरमा कास्कीका विभिन्न १६ वटा सामुदायिक तथा संस्थागत विद्यालयका विद्यार्थीहरुको विज्ञान प्रदर्शनी राखिएको छ । गण्डकी विश्वविद्यालयमा स्थापित अनुसन्धान केन्द्रका प्रतिनिधिहरु निर्णायकका रुपमा रहेका छन् ।
फेयरमा सहभागी विद्यार्थीहरुमध्ये सर्वोत्कृष्ट हुनेलाई ५० हजार, दोस्रो हुनेलाई ३० हजार र तेस्रो हुनेलाई नगद १० हजार पुरस्कारको व्यवस्था पनि गरिएको छ । प्रत्येक विद्यालयबाट एक टीम सहभागी हुने प्रदर्शनीको अवलोकन निःशुल्क रूपमा विद्यार्थी तथा सर्वसाधारण सबैले गर्न पाउनेछन् ।
फेयरको अटोवेज प्रालिका अध्यक्ष नारायणप्रसाद पौडेलले एक समारोहका बीच उद्घाटन गरे ।

अध्यक्ष पौडेलले अटोवेजले विज्ञान प्रविधिमा रुची र प्रतिभा भएका विद्यार्थीका लागि उचित प्लेटफर्म प्रदान गरेको बताए । विद्यार्थीहरूको सिर्जनात्मक क्षमता अभिवृद्धि गर्दै र उनीहरूको आविष्कार र प्रतिभालाई उजागर गर्ने उद्देश्यले प्रदर्शनी आयोजना गरिएको उनको भनाइ छ ।
‘भविष्यका कर्णधार बालबालिका एवं विद्यार्थी र हामी ‘कनेक्ट’ हुने माध्यमका रुपमा यस्ता कार्यक्रम आयोजना गरेका हौं।’ अध्यक्ष पौडेलले भने– ‘अटोवेजले यसअघि पनि कला प्रदर्शनी लगायतका कार्यक्रम गरिसकेको छ । भविष्यमा पनि निरन्तरता दिनेछ । विद्यार्थीका लागि आवश्यक कुरामा सहयोगका लागि हामी जहिल्यै अग्रसर छौँ ।’

अटोवेजकी निर्देशक सन्ध्या पौडेलले प्रतिभावान बालबालिकाहरुले आफ्नो प्रतिभा देखाउने उचित स्थान नपाइरहेको हुनसक्ने भएकाले अटोवेजले त्यो अवस्थालाई मध्येनजर गर्दै फेयरको आयोजना गरेको बताइन् । फेयरको संयोजन समेत गरेकी उनले थपिन् – ‘युथ साइन्टिस्ट मोटिभेट गर्ने कार्यक्रमका रुपमा यस फेयरलाई लिन सकिन्छ । आर्ट एक्जिविशन लगायतका कार्यक्रमहरु गरिसकेका छौँ । हामी विद्यार्थीहरुसँग यस्तै कार्यक्रममार्फत् जोडिइरहेका छौँ ।’

फेयरमा पोखराका दर्जनौं विद्यालयलाई आमन्त्रण गरिएको निर्देशक पौडेलले जानकारी दिइन् । पहिलोदिन देखि नै विभिन्न विद्यालयका विद्यार्थीहरु फेयरमा सहभागी भएका छन् । विद्यार्थीहरुले निकै कौतुहलता र उत्सुकताका साथ साथीहरुले निर्माण गरेको विज्ञान प्रविधिका उपकरणहरुबारे जानकारी लिएका छन् ।

पोखरामा टोयटा र आइसर गाडीहरूको आधिकारिक विक्रेता अटोवेज प्रालिले गोविन्द कलावती फाउन्डेसन मार्फत गरीव तथा जेहेन्दार विद्यार्थीहरुलाई सहयोग गर्दै आएको छ । हालै अटोवेज व्यापार तर्फ उत्कृष्ट करदाताबाट आन्तरिक राजश्व कार्यालयबाट सम्मानित समेत भइसकेको छ ।

सम्बन्धित खबर
पोखराको फिर्केखोला अतिक्रमण मुक्त बनाउने अभियान बीचमै रोकेपछि महानगरलाई ध्यानाकर्षण
संघीय कानुनसँग बाझिएपछि गण्डकी प्रदेश प्रमुख भट्टले प्रमाणीकरण नगरी फिर्ता गरे गाँजा विधेयक
लोकगीतमै नेपालीपन देख्ने जनकविकेशरी थापाको योगदान अविष्मरणीयः प्रदेश प्रमुख भट्ट
पोखराको पालिखेचोकमा मोटरसाइकल दुर्घटना, पर्वतका २४ वर्षीय सुनारको मृत्यु
पत्रकार केशव पाठकसहित सात जना प्रदेश खेलकुद पदकबाट विभुषित
बाल यौन दुर्व्यवहार आरोपमा पोखरा १२ स्थित सरस्वती आविका प्रअ रानाभाट पक्राउ
यो पनि पढौँ
प्रतिभाका सबिन देशभरमै तेस्रो, गण्डकीमा पहिलो
दुई किशोरीलाई गेस्ट हाउसमा लगेर सामूहिक बलात्कार गरेको आरोपमा दुई जना पक्राउ
पाकिस्तानमा हिमपहिरोमा हराइरहेका निम्सदाइ सहित अन्य पाँच नेपाली जीवित भेटिने आशा कमजोर, युक्तको शव निकालियो
बसले ठक्कर दिँदा सुनकोशीमा खसेकाे कारभित्र ४ यात्रु रहेको खुल्यो