‘खानाबारे मात्र होइन, त्यसको इतिहास पनि जान्नुपर्छ’

‘खानाबारे मात्र होइन, त्यसको इतिहास पनि जान्नुपर्छ’

Timmur Dekhi Aila Samma

पोखरा । नेपालमा अस्वस्थकर जंक फुडको प्रयोग बढ्दो छ । पोखरामा जारी नेपाल लिटरेचर फेस्टिबलको ‘टिमुरदेखि ऐलासम्म’ सेसनमा सोमबार यही विषयमा बहस भएको छ ।

फेवाताल किनारमा उक्त सेसनमा सेफ सन्तोष शाह र लेखक प्रशान्त खनालसँग सहजकर्ता रचना थापा थिइन् । सेफ शाह जंक फुडको प्रयोग घटाउन अभिभावक नै सचेत हुुनुुपर्ने देख्छन् । सेफ शाहले ढिँडो, गुन्द्रुकजस्ता खानेकुराको प्रयोग बढाएर पत्रु खाना प्रयोग घटाउन सकिने बताए । ‘जंक फुड हावा जसरी चलेको छ । जंक फुडको हावाको कुरामा स्वस्थ खानाको कुरा गर्ने हो भने त्यसको हावा कहाँ उडेर जान्छ–जान्छ,’ उनले भने, ‘सबैभन्दा पहिला स्वस्थ खानेकुरा खुवाउनु भनेर अभिभावकलाई भन्नुपर्छ । चाउचाउभन्दा ढिँडो, गुन्द्रुक मिठो हुन्छ भनेर शिक्षा दिनुपर्छ । यो विस्तारै परिवर्तन भएको छ ।’ आफ्नो संस्कृति बिर्सने, अर्काको अँगाल्ने संस्कृति छिटोछिटो आइरहेको भन्दै शाह निराश देखिए ।

लेखक खनालले खानालाई अघि बढाउने हो भने त्यसको ऐतिहासिक महत्व बुुझाउन आवश्यक रहेको बताए । सेफ खानाको ‘एमबेस्डर’मात्रै भएको र नेपाली खाना प्रवद्र्धन हरेक नागरिकले आ–आफ्नो ठाउँबाट सुनाउनुपर्ने उनले बताए । खानाको प्रवद्र्धनमा भूमिका खेल्न खनालले मिडियालाई आग्रह गरे ।

नेपाली खाना कसरी चिनाउने ?

लेखक खनाल पहिला नेपालीले नेपालकै खाना चिन्न आवश्यक रहेको बताउँछन् । खाना चिनाउँदा त्यसको इतिहास र धार्मिक सम्बन्ध जान्न जरुरी हुने उनका भनाइ थियो । ‘सबैभन्दा पहिला हामी नेपालीलाई हाम्रै खाना थाहा छैन । तराईलाई पहाडको समुदायले खाने, पहाडलाई तराईको समुदायले खाने खानेकुरा थाहा छैन । जबसम्म नेपाली खाना थाहा पाउँदैनौँ,’ खनालले थपे, ‘तबसम्म नेपाली खाना अघि बढ्दैन । खानेकुरा जान्ने भनेको बनाउने तरिका र सामग्री जान्ने होइन, त्यो पछाडिको कथा के छ जान्नुपर्छ ।’

खनालले खानाले समुदायलाई नै स्थापित गर्न सक्ने खनालले बताए । आफ्नो समुदायको खाना चिनाउन नसके संस्कृतिले नै परिचय गुमाउने उनको भनाइ थियो । ‘खानाले आफ्नो परिचय परिभाषित गर्छ । यदि तपाईंले आफ्नो खानाको संस्कृति गुमाउनुहुन्छ भने त्योसँगै तपाईंले आफ्नो परिचय पनि गुमाउनुहुन्छ । हाम्रो संस्कृति किन चासोपूर्ण छ भने फरकपनले गर्दा हो । फरकपनलाई हामीले उत्सव मान्नुपर्छ,’ उनले भने ।

सेफ शाह नेपाली खानाबारे पछिल्लो समय बहस सुुरु भएकाले १० वर्षमा विश्वभर फैलनेमा आशावादी छन् । उनले प्रवद्र्धन हुने भएकाले हतार गर्न नहुुने बताए । ‘छटोछिटो हुुने काम राम्रो हुुँदैन । खानाको प्रवद्र्धन गर्ने, खानाको कुुरा गर्ने भएन । विस्तारै यसले एकदमै राम्रो उचाइ लिन्छ,’ उनले थपे, ‘मलाई विश्वास छ ५ देखि १० वर्षमा विश्वको जुन शहरमा खोजे पनि नेपाली रेष्टुरेन्ट पाउँछ–पाउँछ । त्यति मलाई आशा छ ।’
उनले नेपालीले आफ्नै खानालाई विश्वास नगरेको टिप्पणी गरे । यही कारण नेपाली खानाको प्रचार नेपाल बाहिर हुन नसकेको उनको दाबी थियो । ‘आफ्नै खेतको बाली एकदमै तितो, हामीलाई नेपाली खानालाई विश्वास गरेका छैनौँ । यो नै नेपाली खानाको प्रचार हुुन नसक्नुको कारण हो,’ शाहले भने, ‘हाम्रो खाना अरुभन्दा ऐतिहासिक, स्वादिलो भयो भने हाम्रो खाना अर्को तहमा जान्छ । त्यसैले नेपालीले नै पहिला हाम्रो खाना राम्रो छ भनेर विश्वास गर्छ ।’

सरकारले नेपाली खाना बनाउने सामग्रीको सहज उपलब्धताको वातावरण सिर्जना गर्नुुपर्ने शाहले बताए । ‘सरकारले खाना, भान्सेमा प्राथमिकता दियो भने सरकार कसले बनाउला ? सरकारले प्रवद्र्धन गर्न सक्छ । प्रयोग हुने सामानलाई व्यवस्था मिलाउन सक्छ,’ सेफ शाहले भने, ‘सरकारले व्यवस्था मिलाइदियो भने विदेश पठाउने, काठमाडौँ, पोखरा पठाउने व्यवस्था होस् । जनकपुर, कर्णालीमा पाइने सामग्री सजिलै पाउने व्यवस्था होस् । त्यस्तो भए नेपाली खानाको प्रचार राम्रो हुुन सक्छ ।’ सेफ शाहले युुट्युब, टेलिभिजनबाट खानेकुराको रेसिपी सिकाउने योजना रहेको सुनाए ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ


This will close in 4 seconds