पोखरा । युवा स्टार खेलाडी प्रिन्स दाहालले प्रथम राष्ट्रिय खुल्ला व्याडमिन्टन प्रतियोगितामा खुल्ला पुरुष तर्फ सहित तीन विधामा प्रथम हुदै स्वर्ण पदक जितेका छन्।
शनिबार भएको पुरुष एकलको फाइनल खेलमा नेपाल पुलिस क्लवका दाहालले युवा खेलाडी त्रिभुवन आर्मी क्लवका प्रफुल महर्जनलाई १९–२१, २१—१२ र २१—१४ को सेटमा पराजित गरी उपाधि जितेका हुन्। उनले मिक्स डवल र पुरुष डवल तर्फको विधामा समेत स्वर्ण पदक जितेका हुन्।
शनिबार पोखरा रंगशालाको व्याडमिन्टन कोर्टमा भएको महिला एकल तर्फको बिधामा आर्मीकी रशिला महर्जनले महिला तर्फ नेपालको नम्बर १ र्याङकीङ खेलाडी भोजपुरी निवासी नङसाल तामाङलाई २४–२२ र २१–१३ को सोझो सेटमा पराजित गर्दै स्वर्ण पदक जितेकी हुन्।
पुरुष डवल ३५ बर्ष माथि उमेर समुहमा कास्कीका बिशाल खड्का र आर्मीका सुरज महर्जनको जोडीले स्वर्ण पदक जितेका छन्। शनिबारको फाइनल खेलमा खड्का र महर्जनको जोडीले कास्कीका होम गुरुङ र पुलिसका बिष्णु कटुवालको जोडीलाई २१—१९ र २१—१४ को सोझो सेटमा पराजित गरी प्रथम हुदै स्वर्ण पदक हात पारेका हुन्।
१७ बर्ष मुनिका खेलाडीहरु सहभागि (यू—१७) पुरुष तर्फको खेलमा आर्मीका डेभिड थापा मगरले स्वर्ण पदक जितेका छन्। फाइनल खेलमा मगरले एपिएफका रोशन साउदलाई २१—९, र २१—१९ को सेटमा पन्छाउदै उपाधि जिते । १७ बर्ष मुनिका खेलाडीहरु सहभागि (यू—१७) महिला तर्फको खेलमा आर्मीकी शेश्ना र्शीपालीले स्वर्ण पदक जितिन । फाइनल खेलमा र्शीपालीले आर्मीकै रेहाना शेरचनलाई २१—८, र २१—१७ को सेटमा पन्छाउदै उपाधि जितिन्।
१२ बर्ष मुनिका खेलाडीहरु सहभागि (यू—१२) पुरुष तर्फको खेलमा आर्मीका सुदेश राजकोटीले स्वर्ण पदक जिते । उनले शनिबार भएको फाइनल खेलमा तनहुँका सफल भुजेललाई २२—२०, र २१—१६ को सेटमा पन्छाउदै स्वर्ण पदक जिते ।
महिला डवल तर्फको विधामा शनिबार भएको फाइनल खेलमा एपिएफकी पुजा श्रेष्ठ र भोजपुरकी नङसाल तामाङको जोडीले आर्मीकी प्राथना देउवा र आर्मीकी अनु माया राईको जोडीलाई २१—१७, र २२—२० को सेटमा पराजित गरी स्वर्ण पदक जितेका हुन्।
त्यसै गरी पुरुष डवल ५५ बर्ष माथि उमेर समुहमा वुटवलका नारायण घिमिरे र धादिङका बिष्णुलाल श्रेष्ठको जोडीले स्वर्ण पदक जिते । धिमिरे र श्रेष्ठको जोडीले फाइनल खेलमा काठमाण्डौंको ग्लेक्सि स्कुलका सुरेश वंम र पुर्णसिंह जोशीको जोडीलाई १९–२१, २१—१३, र २१—१० को सेटमा पराजित गरी स्वर्ण पदक जितेका हुन्।
पुरुष डवल ४५ बर्ष माथिको उमेर समुहमा कास्कीका राजेश गुरुङ र शम्भु कुमार श्रेष्ठको जोडीले स्वर्ण पदक जितेका छन्। फाइनल खेलमा गुरुङ र श्रेष्ठको जोडीले कास्कीकै नर बहादुर गुरुङ र बिशाल हिराचनको जोडीलाई २१–१०, २१–१८ को सोझो सेटमा पराजित गर्दै स्वर्ण पदक जितेका हुन्।
१२ बर्ष मुनिका खेलाडीहरु सहभागि (यू—१२) महिला तर्फको खेलमा नेक्सश इन्टरनेश्नल स्कुलकी र्शोलिन श्रेष्ठले स्वर्ण पदक जितेकी छन्। उनले वेल्टर व्याडमिन्टर एकेडेमीकी नितसा रैका मगरलाई फाइनल खेलमा २१–१७, १७–२१ र २२–२० को सेटमा पराजित गर्दै उपाधि जितेकी हुन्।
मिक्स डवल तर्फको खेलमा पुलिका प्रिन्स दाहाल र निता लम्सालको जोडीले स्वर्ण पदक जितेका छन्। शनिबार भएको फाइनल खेलमा दाहाल र लम्सालको जोडीले आर्मीका पविन लिङथेप र अनुमाया राईको जोडीलाई २१—१७, र २१—१४ को सोझो सेटमा पराजित गर्दै उपाधि जितेका हुन्।
त्यसै गरी पुरुष डवल तर्फको विधामा पुलिसकै प्रिन्स दाहाल र बिष्णु कटुवालको जोडीले स्वर्ण पदक हात पार्न सफल भयो । शनिबार भएको फाइनल खेलमा दाहाल र कटुवालको जोडीले कास्कीका विधान अधिकारी र आर्मीका पविन लिङथेपको जोडीसंग २१–१६, २३–२५ र २१–१९ को सेटमा पराजित गर्दै उपाधि जितेका हुन्।
प्रतियोगितामा काठमाण्डौं, कन्चनपुर, सुर्खेत, उदयपुर, धादिङ, ललितपुर, भोजपुर, सर्लाही लगायतका २५ जिल्लाबाट ३ सय बढी खेलाडीहरु सहभागि भएको कोषाध्यक्ष हुम बहादुर गुरुङले बताए ।
प्रतियोगिताको खुल्ला पुरुष एकल तथा डवल तर्फको विधामा विजेता खेलाडीको टोलीलाई जनही ५० हजार उक्त इभेण्टमा दोश्रो हुनेलाई ३० हजार र तेश्रो हुनेलाई २० हजार नगदको साथमा शिल्ड मेडल र प्रमाणपत्र वितरण गरिएको थियो । त्यसै गरी प्रतियोगिता अन्र्तगत महिला एकल तथा डवल, मिक्स डवल, ३५ बर्ष माथिको डवल पुरुष उमेर समुह, ४५ बर्ष माथि डवल पुरुष, ५५ बर्ष माथि डवल पुरुष तर्फको बिधामा विजेता टोलीहरुले जनही ३० हजार, उपविजेताले जनही २० हजार र तेश्रो हुनेले जनही १० हजारको साथमा शिल्ड मेडल र प्रमाणपत्र वितरण गरिएको कास्की जिल्ला व्याडमिन्टन संघ कास्कीका अध्यक्ष शुसिल कुमार श्रेष्ठले बताए । जुनियर खेलाडीहरुको प्रोत्साहन गर्ने उद्धेश्यले १२ बर्ष मुनिका खेलाडीहरु सहभागि (यु—१२) र १७ बर्ष मुनिका खेलाडीहरु सहभागि (यु—१७) पुरुष तथा महिला तर्फको विधाका विजेता खेलाडीले जनही १५ हजार, दोश्रो हुनेले १० हजार र तेश्रो हुनेले भने ५ हजार नगदको साथमा शिल्ड मेडल र प्रमाणपत्र वितरण गरिएको अध्यक्ष श्रेष्ठले जनाए ।
विजयी खेलाडीहरुलाई गण्डकी प्रदेशका युवा तथा खेलकुद मन्त्री राजिव गुरुङ (दीपक मनाङ्गे), प्रदेश खेलकुद परिषद गण्डकीका उपाध्यक्ष, का.वा.सदस्य सचिव घनश्याम पौडेल, जिल्ला खेलकुद विकास समिति कास्कीका अध्यक्ष तोरण बहादुर बानिया, संघका अध्यक्ष श्रेष्ठ लगायतले पुरस्कार वितरण गरेका थिए ।
प्रदेश खेलकुद परिषद, गण्डकीको आयोजनामा कास्की जिल्ला व्याडमिन्टन संघको संचालन तथा व्यबस्थापनमा पोखरा रंगशालामा पुष १३ देखि सुरु भएको प्रतियोगितामा विभिन्न १२ इभेन्टमा प्रतिष्प्रर्धा भएको संघका सचिव फणिन्द्र प्रसाद तिमिल्सिनाले बताए
सम्बन्धित खबर
गण्डकी प्रदेशको मुख्यमन्त्रीमा अधिकारी नै, नियुक्ति विरूद्धको रिट सर्वोच्चद्वारा खारेज
पोखरामा कक्षा १२ को परिक्षाको प्रश्नपत्र आउट गर्ने कार्यमा संलग्न रहेको आरोपमा २ जना पक्राउ
कैदी बन्दी न्यायिक सरोकारमा नल बहादुर मनोनित
बागलुङ कालिका दर्शन गरी तनहुँ फर्कँदै गर्दा पोखराको हेम्जामा बस दुर्घटना
लेकसाइडमा स्कुटरलाई ठक्कर दिएर भागेका कुशल पक्राउ
गण्डकी प्रहरी प्रमुख बनिन् डीआईजी दुर्गा
यो पनि पढौँ
स्याङ्जामा विवाहकै दिन बेहुलाबेहुली पक्राउ
आँखामा राख्दा पनि नबिझाउने ‘बिनोद सर’ अब सम्झनामा
जनकपुरको होटलमा बेहोस भेटिएकी पोखराकी युवतीको मृत्यु, सँगै बसेका २ युवक फरार
बालकुमारीमा मारिएकाका परिवारलाई कोरियाबाट आर्थिक सहयोग